Wednesday, 20th February, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

धमाधम बनाइदै बाल संरक्षण नीति 

indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति निर्माणको कार्य यतिबेला धमाधम भइरहेको छ । जिल्लाको विभिन्न गाउँपालिकामा बाल संरक्षण नीति निर्माणका लागि बाल कल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोगमा लैङ्गिक रुपान्तरण, बाल संरक्षण र बालिका शक्ति’ परियोजना सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत गाउँपालिकामा बाल संरक्षण नीति निर्माण कार्यले तिब्रता पाएको हो । बाल संरक्षण नीति निर्माणका लागि आजबाट मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा कार्यशाला सुरु भएको छ । 
आगामी दुई वर्षभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी सहित सुरु कार्यशालामा गाउँपालिका अध्यक्ष जीवन लामाले आफूहरु बालमैत्री गाउँपालिका बनाउने अभियानमा रहेकाले प्लान तथा बाल कल्याण समाजबाट सहयोग पाउँदा खुशी लागेको बताए । ‘हामी सरोकारवाला सबै मिलेर गाउँपालिकाका लागि आवश्यक बाल संरक्षण नीति बनाउन लागिपरेका छौं ।’ अध्यक्ष लामाले भने,‘सहयोगीहरुबाट नीति निर्माणका लागि सहयोग पाउँदा काम प्रभावकारी हुने अपेक्षा छ ।’ अध्यक्ष लामाले सबै सरोकारवालासंग मिलेर गाउँपालिकालाई बालमैत्री बनाउन प्रतिबद्घ रहेको बताए । 
दुई दिनसम्म चल्ने कार्यशालामा गाउँपालिकाका जन प्रतिनिधी, कार्यपालिका सदस्य, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका शिक्षक, बालक्लवका प्रतिनिधि, स्वास्थ्यचौकीका प्रतिनिधी, प्रहरी लगायत सरोकारवालाको सहभागिता छ । कार्यशालामा केन्द्रिय बाल कल्याण समितिका बालअधिकार स्रोत व्यक्ति हाल प्रदेश ३ स्थित सामाजिक विकास मन्त्रालयमा कार्यरत बद्री वाग्लेले सहजीकरण गरिरहेका छन् । 
बाल कल्याण समाजले प्लानको सहकार्यमा यसअघि मकवानपुरको मनहरी र भीमफेदी गाउँपालिकामा बाल संरक्षण नीति निर्माण गरिसकेको छ । परियोजना अन्तर्गत अब राक्सिराङ् गाउँपालिकाका लागि बाल संरक्षण नीति निर्माण गरिने बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए । बालमैत्री स्थानीय शासनका लागि आवश्यक ३९ वटा सूचकांकमध्ये बाल संरक्षण नीति पनि महत्वपूर्ण भएकाले आफूहरुले परियोजनामापःर्mत गाउँपालिकामा बाल संरक्षण नीतिका लागि सघाउ पु¥याउने परियोजना सञ्चालन गरिरहेको कार्यक्रम प्रबन्धक फुयालले जानकारी दिए ।  
  
 

indrasarobar-pic-1544104418.jpg
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg