Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

धार्मिक अगुवा बालविवाह विरुद्द अभियानमा

indrasarobar-news-1541493044.jpg

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २, खानीखेतमा आयोजित बाल विवाह विरुद्द अभिमुखीकरणमा सहजीकरण गर्दै बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा ।

मकवानपुर  । बालविवाह विरुद्द अभियान यतिबेला मुलकका विभिन्न ठाउँमा छ । प्रदेश ३ सरकारले आगामी २०७८ भित्र बाल विवाह मुक्त प्रदेश बनाउने लक्ष्य अघि सारेको छ । सरकारको यो योजनामा विभिन्न सरोकारवालाको प्रतिबद्दता आउन थालेका छ । बालबालिकालाई विवाह गराइदिने गुरु, पुरोहित पनि बाल विवाह विरुद्द अभियानमा सहभागी हुन थालेका छन् । 
मकवानपुरको ईन्द्रसरोवर गाउँपालि वडा नम्बर २, खानी खेतबासी बाल विवाह विरुद्द अभियानमा लाग्न प्रतिबद्द  बनेका हुन् । पञ्चकन्या माविमा आयोजित अभिमुखीकरणमा सहभागी बनेका धार्मिक अगुवा, शिक्षक, सहकारी प्रतिनिधि तथा गाउँपालिकाका जन प्रतिनिधी बाल विवाह विरुद्द लाग्ने भएका हुन् । इन्द्रसरोबर गाउँपालिकाको समन्वयमा सञ्चालित अभिमुखीकरण प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाल कल्याण समाज मकवानपुरले सहजीकरण गरेको थियो । 
अभिमुखीकरणमा बाल कल्याणका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, सुपरिवेक्षक खोमराज श्रेष्ठले बालविवाह, बाल विवाहका कारण, बालविबाहले उत्पन्न हुनसक्ने समस्या, बालविवाहको घटना अध्ययन, बालविवाह सम्बन्धि कानुनी प्रावधान, बालविवाह रोकथाममा बालबालिका लगायत विषयमा छलफल गरिएको थियो । बाल विवाह सम्बन्धि विभिन्न सरोकारमाथि सम्बन्धित क्षेत्रका प्रतिनिधीको सहभागितामा गरिएको छलफल सकारात्मक बनेको हो । छलफलमा सहभागी बनेका सरोकारवाला आफ्नो ठाउँमा बाल विवाह अन्त्यका गर्नका लागि योजनाबद्द  रुपमा लागिपर्ने भएका हुन् । छलफलमा सहभागी विभिन्न क्षेत्रका ३० जना प्रतिनिधीले आफ्नो कार्यक्षेत्रमा बालविवाह विरुद्ध आवश्यक जागरणमूलक कार्य गर्ने प्रतिबद्दता जनाए । 
टोल सुधार समितीका अध्या एवम् पूर्व वडा अध्यक्ष वीरबहादुर थिङले बालबालिकाले आफूखुशी विवाह गर्ने समस्या स्थानीय रुपमा रहेकाले आवश्यक कार्यक्रम सञ्चालनका लागि सरोकारवाला निकायलाई आग्रह गरे । प्रदेश सरकार बाल विवाह विरुद्घ अभियानमा लागि सकेकाले आफूहरु पनि योजनाबद्द रुपमा लाग्ने गाउँपालिकाका जनप्रतिनिधीले  बताए । 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg