Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सबैको चासो : मेरो गुनासो

नयाँ वर्षकै दिन ठगीनुको पीडा कसले सुन्ने ?


मकवानपुरको मध्यस्थता डटकमले अटो र इ रिक्साले सर्वसाधारण यात्रु ठगीहेको समाचार उजागर गरिदिएर हामीजस्ता धेरै पीडितलाई केही हदमा भनेपनि सान्त्वना मिलेको छ । तर यी सवारीसाधनले अब यात्रुलाई ठग्न छाड्नु त कहाँ हो कहाँ झन् ठगीरहेको हामी पाउँन सक्छौं । यसको प्रत्यक्ष पीडा भोग्ने म आफैं पनि एक हुँ । कुरा यहि २०७४ साल वैशाख १ गतेको कुरा हो । समय यस्तै मध्यान्ह १२ बजेतिरको कुरा हो, म हेटौंडा बजारतर्फ जानका लागि हेटौंडा ५, पिप्लेचोकमा सवारी साधन कुरेर बसिरहेको थिए । त्यसैबेला  पहेलो रङ्को एउटा अटो आयो र अगाडी रोकियो । अटोमा दुई जना हेर्दा श्रीमान्श्रीमान झैं लाग्ने र अर्को एक जना बच्चा पहिल्यै चढेर आएका रहेछन् । मैले हेटौंडा बजार बुद्घचोकसम्म जाने हो ? भनेर सोधे । अटोवालाले जान त जाने तर रु.५० लाग्छ भन्यो । मैले अघिपछि त रु ३० हो नि आज किन बढी भने । उसले भनेजति नदिने भए लान्न भन्यो त्यसपछि उसले भनेकै जति दिने भनेर म पनि अटोमा चढे । ना. १ ह. ५०३३ नम्बरको अटोवालाले नयाँ वर्षकै पहिलो दिन नै ठगी गरे । बजार आउँनुको मेरो बाध्यतासंग उनले राम्ररी खेले । अघिपछि जहिल्यै रु.३० तिरेर म कयौं पटक अटोमा आवत जावत गरेको छु । एक्लै रिजर्भ गर्नु परेको अवस्थामा ठिकै हो, तर यात्रु चढाएर बजारतर्फ गइरहेको अटोमा चढ्दा ठगिनुपर्दा साहै्रै पीडा महसुस भएको छ । १ गते पछाडी कयौं पटक म सो बाटो हिडेको छु । मौका पाउँनासाथ फेरी पनि ठग्न पाए हुन्थ्यो भन्ने सोचमा अटोवाला तथा मयूरीवाला रहने गरेको मैले पाएको छु । यस्ता ठगी कार्यमा संलग्न हुनेलाई कारवाही गर्ने कसले हो ?
एक पीडित, हेटौंडा  
        

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...