Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

नारायणी यातायातमा अध्यक्षका दाबेदार पराजुलीको यस्तो छ भिजन

parajuli-1515511617.jpg


मकवानपुर । दुर्घटना हुँदा व्यवसायीले ऋण गरेर गाडी बनाउने, घाइते र मृतकलाई क्षतिपूर्ति दिनु पर्ने अहिलेको अन्यायपूर्ण अवास्थाको अन्त्य गरिने नारायणी यातायात व्यावासायी सघका अध्यक्षका उम्मेदवार गोकर्ण पराजुलीले बताएका छन् । देशकै ठुलो गातायात नारायणी यातायात व्यवसायी संघको आसन्न निर्वाचनमा संघका पुर्ब अध्यक्ष समेत रहेका पराजुली पुन : नेतृत्वको लागि अघि चुनावी अभियानमा छन् । संस्थाको साखलाई उच्च बनाउन आफू पुन : संघमा आएको उनको भनाई छ ।
राजनैतिक आस्था र विस्वास भन्दा माथि उठेर यातायात व्यवसायीहरुको हकहित र संरक्षणका लागी नेतृत्व तहमा जानुपर्ने मुख्य आवश्यक रहेको भन्दै अघि बढेको पराजुलीको भनाई छ ।
संघमा देखिएका विकृति, विसंगति र भ्रष्टाचारको विरुद्धमा सशक्त रुपमा प्रस्तुत हुँदै, विगत २ दशकदेखि क्रियाशील छन् । पछिल्लो समय संघको काम गर्ने शैली व्यावासायीमुखी भन्दा पनि नजिककालाई पोस्ने काममा सघ लागेको उनको आरोप छ । अब फेरि आफू संघमा आएपछि यस किसीमको गतबिधी रोकिने उनले बताए । दुर्घटना हुँदा व्यवसायीले ऋण गरेर गाडी बनाउने, घाइते र मृतकलाई क्षतिपूर्ति दिनुपर्ने सघको अन्यायपूर्ण व्यवहारवाट हजारौं यातायात व्यवसायी हाफ्नो पेशाबाटै हात धुनुपर्ने वाध्यता रहेकोमा अब आफुले जितेपछि तेसको अन्त्य गरिने आफूसंग भिजन भएको उनको भनाई छ ।
सवारी मर्मतमा पेश्की, बिमामा आवश्यक सहजिकरण र घाइते वा मृत्यू हुँदा लाग्ने सबै खर्च संघले नै व्यहोर्ने व्यवस्था मिलाइने तथा हाल  दिँदै आएको धन दायित्व तर्फको सुविधालाई प्रत्येक वर्ष बृद्धि गर्दै लग्ने र दररेट समेत समय सापेक्ष वृद्धि गरिने उनको योजना छ ।
यात्रुबाहक सेक्टरलाई नमूनाको रुपमा लिई पहिलो चरणमा यात्रुबाहक सवारीको कर, परमिट, बिमा लगायतका सबै कागजात संघबाटै तयार गरिदिने र दुर्घटनाको अवस्थामा संघले नै सवारी मर्मत गरिदिने गरी आवश्यक व्यावस्थापन गरिनेछ,यो कार्यक्रमलाई ३ वर्षभित्र सबै सवारीमा लागू गरी दुर्घटना हुँदा सवारीधनीलाई हुने आर्थिक र मानसिक तनावबाट मुक्त पारिने छ ।
खास मेरो काम भनेकै सस्था व्यवसायीमूखि बनाउने,दुर्घटना हितकोषको कार्यक्रम सञ्चालन गर्ने,अस्पतालहरुमा पारदर्शि ढंगले उपचार व्यावस्था मिलाउने,ट्रक, बस र ट्याङ्कर क्षेत्रमा आवद्ध व्यावसायीका समस्यालाई छुट्टा छुट्टै ढंगले सम्बोधन गर्ने व्यवस्था गर्ने, कर्मचारीहरुलाई जिम्मेवार बनाउने, शाखा कार्यालयहरुलाई अधिकार सम्पन्न बनाउने जस्ता महत्वपुर्ण कामहरुलाई चुस्त दुरुस्त बनाउने पराजुलीको भनाइ छ ।
यातायात व्यावसायीको अभिभावक नारायणी संघ  हो भन्ने धारणा स्थापित गर्ने र कसैले पनि यो पेशाबाट विस्तापित हुनु नपरोस साथै लगानीको उचित प्रतिफल आउने वातावरण अव बनाउन जरुरी भएको उनले बताए । विस्थापित हुने सवारी धनीलाई विशेष सुविधा र राहतका प्याकेज लागू एवम पुराना सवारी विस्थापित गर्ने व्यवसायीको मात्र नयाँ गाडी दर्ता गरिने व्यवास्था गर्ने काम अव अघी वढाउन जरुरी छ उनले भने ।
तौलपुलमा भइरहेको अपारदर्शितालाई हटाउन, आम व्यावसायीको प्रतिनिधित्व राख्ने, र सूचना, सञ्चारको माध्यम समय अनुकूल व्यवस्था गरी ढुवानी तथा ओभरलोडलाई निरुत्साहित गरिनेछ । लामो गाडीहरुको तौल गर्न मिल्ने गरी तौलपुलको पुनः संरचना गरिनेछ । दुर्घटनाको न्यूनिकरणका लाागि नियमित रुपमा दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
यात्रुवाहक क्षेत्रमा नयाँ–नयाँ रुट बृद्धि गरी देशव्यापी रुपमा यात्रुबाहक सेवा सञ्चालन गरिनेछ ।
संघको मुख्य कार्यालय एवं शाखाहरुलाई सुचना प्रविधिमा चुस्त दुरुस्त बनाउने, र व्यवासयीको संख्या र दुर्घटनाको जोखिमका आधारमा नयाँ शाखा तथा सम्पर्क कार्यालयहरु खोलिनेछ । यसका लागि तत्काल धादिङ र कोशी पूर्व १, १ जना आरक्षण कोटासहित कार्यालय स्थापना गरिनेछ । साथै क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुको अधिकार बृद्धि गरी सम्बिन्धत क्षेत्रका व्यावसायीले सोही शाखाबाटै सबै सुविधाहरु पाउने वातावरण बनाइनेछ ।
आर्थिक पारदर्शितालाई अत्यन्तै प्राथमिकता दिइनेछ । अनावश्यक खर्च कटौती गरिनेछ । अतिरिक्त भत्ता, सुविधा, इन्धन लगायत्का अनावश्यक लाभ र विकृतिमा हाम्रो टीम कदापि लाग्ने छैन । कार्यसमितिबाट भए गरेका आर्थिक खर्च र निर्णयहरु व्यवसायीले चाहे अनुरुप हेर्न सक्ने व्यवस्था मिलाइनेछ । मुख्य कार्यालयको भवन स्थानान्तरण गरी थानाभर्याङ्मा सुविधा सम्पन्न भवन बनाइने छ । त्यहाबाट धनदायित्व मूल्याङ्कनको काम विहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने व्यवस्था मिलाउने र विदेशी मालबाहक सवारीहरुको निर्वाध नेपाल प्रवेशमा निषेध गर्न नेपाल सरकारसँग समन्वय र प्रभावकारी पहल गर्ने उनले बताए । आफु सस्थाको गिर्न लागेको शाख जोगाउन पुन : उम्मेदवारी दिएको कारण सबैले सहयोग गर्न आग्रह गरे ।

 

parajuli-add-1515511654.jpg
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...