सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

समाचार

बालअधिकार अनुगमन समितिको अनुगमन : बालबालिका प्रयोग भएका छैनन्

child-final-1512664240.jpg

अनुगमनमा सहभागी बालअधिकारकर्मीको टोली ।

मकवानपुर । निर्वाचनका दिन मकवानपुरमा बालबालिका प्रयोग कतै पनि नभएको पाइएको  छ । जिल्ला बालकल्याण समिति मकवानपुर नेतृत्वमा आज मकवानपुरका विभिन्न मतदान केन्द्रमा गरिएको अनुगमनमा चुनावका दिन बालबालिका प्रयोग नभएको पाइएको हो । बालबालिकाका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधी सहभागी बालअधिकार अनुगमन  समितिले अनुगमन गरेको हो ।
अनुगमनमा केन्द्रिय बाल कल्याण समितिका आत्मराम थापा, बाल कल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमाल, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरी, एस्थर बेञ्जामिनका केदार आचार्य, सहास नेपालका प्रताप श्रेष्ठ, माधव न्यौपाने, सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, जिल्ला बालक्लव सञ्जाल मकवानपुरकी रोनिशा फुयाल सहभागी थिए । दुई वटा टोलीले २२ वटा मतदान केन्द्रको अनुगमन गरेको हो ।
विगतका चुनावमा बालबालिका झण्डा बोकेर प्रचार प्रसारमा हिडेको धेरै ठाउँमा देखिने गरेपनि सामाजिक संस्थाको जागरण तथा राज्यले विशेष ध्यान गरेकाले अहिले त्यस्तो अवस्था नरहेको अनुभव आफूसंग रहेको बालअधिकारकर्मी सुशीलराज गिरीसंग छ । अहिले चुनावमा बालअधिकार–बालसंरक्षण अनुगमनमा सहभागी भइरहँदा पनि बालबालिकालाई प्रयोग गर्नु हुन्न भन्ने सबै दलमा आएको उनको विश्लेषण छ । भन्छन्, ‘बालबालिकालाई चुनाव प्रचारप्रसार देखि विभिन्न गतिविधीमा सामेल गराएका छन् की भन्ने आशङ्का सहित हामी अनुगमनमा निस्कँदा कतै पनि त्यस्तो पाइएन, हाम्रो लक्ष्य सफल हुदै गइरहेको छ भन्ने लाग्छ ।’
जिल्ला बालकल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमाल पनि पछिल्लो समय बालबालिकालाई चुनावमा प्रयोग गर्ने क्रम घटेको पाइएको बताए । चुनावका दिन बालबालिका प्रयोग नभएको पाइएपनि केही दिन अघि एक चुनावी कार्यक्रममा बालबालिका प्रयोग गरेर आफ्नै प्रतिबद्दता आफैंले तोडेको पाउँदा भने दुःख लागेको बताए । बालबालिकाको अधिकार पूर्ण रुपमा प्रत्याभूत गर्नका लागि सबै निकाय जिम्मेवार हुनुपर्ने उनको धारणा छ । चुनावमा राज्यले जारी गरको आचारसंहिताको पूर्ण पालना गर्नका लागि सबै पक्ष जिम्मेवार बनाउँन आफूहरुले निगरानी गरेको उनले बताए ।
निर्वाचन आयोगले जारी गरेको  आचारसंहितामा निर्वाचनका बेलामा कुनै पनि बालबालिका प्रयोग गर्न नपाइने उल्लेख छ । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधन २०७४ मा बालबालिकासंग प्रत्यक्ष संशोधित बुँदा नम्बर ४ (ड) मा उल्लेखित ‘निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउँन नहुने’ प्रावधान छ ।

 

anugaman-child-1512664855.jpg
siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...