Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

नेपालमा पूर्व-पश्चिम रेल कुदाउने तयारी, रेलमार्ग विस्तारका लागि कपिलबस्तुक्षेत्रमा माटो परिक्षण

rail-nepal-1522252221.jpg

काठमाडौं । नेपालमा रेल सपना खुब उठिरहेको छ आजभोली । यो सपना साकार पार्न नेपाल सरकार नै लागिपर्ने भएको छ । सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज-१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ । माटो परीक्षण प्रत्येक ५०० मिटरमा गर्ने गरिएको छ । पानी जम्ने खाल्ढा नालामा ३०० मिटरमा परिक्षण गर्ने गरेको कालिका ड्रिलिङ प्रालिका प्राविधिक शिवराम रिजालले जानकारी दिए । 
पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराइमा पुगी नमूना संकलन गरिएको जनाइएको छ । प्राविधिक टोलीले नमूना संकलन गरेको छ । संकलित नमूनालाई परीक्षणका लागि काठमाडौँ लगिनेछ । नमूना संकलनका लागि रोटरी रिभर्स र जिओ कोर सिस्टम नामक दुई यन्त्र प्रयोगमा ल्याइएको छ ।
रोटरी रिभर्स फराकिलो सडक भएको ठाउँमा प्रयोग हुन्छ । यो बोरिङ खन्नसमेत प्रयोग गरिन्छ । जियो कोर सिस्टम वन क्षेत्र र साँघुरो बाटो भएका ठाउँमा प्रयोग गरी माटो संकलन भइरहेको जनाइएको छ । चन्द्रौटाबाट शुरु गरिएको माटो संकलन कार्य अन्तर्गत शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको नमूना संकलन भइसकेको छ । वैशाखभित्र नमूना संकलनको काम पूरा हुने बताइन्छ । 
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg