Monday, 26th February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मनोरञ्जन

नेपाल आइडलको सबै भन्दा अभागी गायक बने सागर आलेमगर जसले गुमाए यस्तो मौका !

sagar-aale-1504941403.jpg

नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे ।

उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट गर्न पाउँथे । ती क्षणहरू टेलिभिजनमार्फत लाखौं दर्शकमाझ पुग्थ्यो । अन्तिम प्रतिस्पर्धाका लागि कतार यात्रा सुनिश्चित हुन्थ्यो । तर यी अवसर बुद्ध लामा, प्रताप दास र निशान भट्टराईले मात्र पाएका छन् ।

अघिल्लो साता प्राप्त एसएमएस भोटका आधारमा सागर उत्कृष्ट चारबाट बाहिरिएका हुन् । प्रिमेन्टल मिडिया र १९ टीभी लिमिटेडको अन्तर्राष्ट्रिय फरम्याटअनुसार नै निर्णायकले भिटो प्रयोग गरी अघिल्लो साताको एपिसोडलाई ‘नो इलिमिनेसन एपिसोड’ घोषणा गरेका हुन् । चारैजना प्रतियोगी एक सातासँगै रहन पाउँदा खुसी भए । यस विषयलाई लिएर सामाजिक सञ्जाल एवं विभिन्न माध्यममा भएका नकारात्मक टिप्पणीप्रति उनीहरूले गुनासोसमेत गरेका छन् ।

नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडल उपाधिका लागि बुद्ध लामा, प्रताप दास र निशान भट्टराई अब केवल एक कदममात्रै पछि छन् । नेपाल आइडलको सान र मान कसले पाउने हो सेप्टेम्बर २२ मा कतारमा हुने अन्तिम प्रतिस्पर्धाका दिन घोषणा गरिँदै छ ।

तापनि फाइनलमा पुगेका तीनैजना खाली हात फर्कनु पर्दैन । तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछ ।

फाइनलमा पुगेका तीनैजना प्रतियोगीहरूले लगभग चार महिनापछि यो साता आआफ्नो परिवार, आफन्त एवं शुभचिन्तकसँग प्रत्यक्ष भेटघाट एवं खुसीयाली साट्दै छन् । फाइनलअघि उनीहरूलाई उच्च सुरक्षाका साथ आआफ्नो घरपरिवारमा भ्रमण गराइँदैछ ।

प्रतियोगिताका लागि अडिसन दिँदाको एउटा सामान्य व्यक्ति चार महिनापछि सेलिब्रेटीका रूपमा गृहनगर पुग्दैछन् । प्रहरीसँग समन्वय गरी एयरपोर्टदेखि नै उनीहरूको सुरक्षा व्यवस्था मिलाइने एपीवान एचडी टेलिभिजनका अपरेसन डाइरेक्टर सुरेश पौडेलले जानकारी दिएका छन ।

नेपाल आइडलको सुरुवातसँगै हजारौं संगीतप्रेमीहरूको सपना चल्मलाउन थालेको छ । ‘सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई नेपाल आइडलले ऊर्जा दिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्ने साझा सो बनेको छ’, निर्णायक न्ह्यु बज्राचार्यले भने, ‘प्रतियोगीहरू कोहीभन्दा कोही कम छैनन तर विधागत रूपमा नेपाली संगीत सम्पन्न भएकाले प्रतिस्पर्धा पनि सजिलो छैन ।’ नेपाल आइडलमा सँगालेका अनुभव अविस्मरणीय रहनुका साथै देशभर भेटिएका नवप्रतिभा देखेर आफू उत्साहित भएको उनको भनाइ छ ।

एपीवान एचडी टेलिभिजनले पहिलो पटक नेपाल भित्र्याएको अन्तर्राष्ट्रिय फ्रेन्चआइच आइडलको नेपाली संस्करणलाई लाखौं दर्शकले अत्यधिक रुचाएका छन् । पहिलो पटक आफ्नै भाषाको एचडी च्यानलमा अन्तर्राष्ट्रियस्तरको रियालिटी सोले देशविदेशमा रहेका करोडौं दर्शकलाई आकर्षित गरेको छ । एउटै सोबाट अनेक रसका मनोरञ्जन दिन सक्नु नेपाल आइडलको विशेषता बनेको छ । अन्नपूर्ण

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुर प्रहरीमाथि यस्तो गम्भीर आरोप, खानी विरुद्द आन्दोलित स्थानीयलाई लछारपछार पारेको भनाई । 

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीका प्रभावितलाई दुव्र्यबहार गरेको मकवानपुर...

लेकाली बसिफाटले यसरी मनाउदैछ रजत जयन्ती 
lekali-basiphat-mavi-1519605156.png

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष...

इन्द्रसरोवरमा काव्य महोत्सवको तयारी, देशभरका साहित्यकारको जमघट हुने
Indrasarowar-1519604748.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा काव्य उत्सवको तयारी गरिएको छ ।  यहि फागुन १८ गतेबाट दुई दिनसम्म...

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !
shivam-khani-1519447823.jpg

देवराज पन्त मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट...

जनसरोकार केन्द्रको सार्वजनिक हित अभियान सुरु
jana-sarokar-kendra-1519436381.jpg

मकवानपुर । जन सरोकार केन्द्र मकवानपुरको बैठकले बैठकले जनसरोकार केन्द्र बनाउन सहयोग गर्ने सबै राजनितीक पार्टी...

प्रदेश ३ को संसद बैठक भोली, नियमावली मस्यौदा पेश हुने 

मकवानपुर । तीन नम्बर प्रदेश सरकारको आइतबार संसद बैठक बस्ने भएको छ । भोलीको बैठकमा मस्यौदा समितिले तयार पारेको...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै 

मकवानपुर । कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । संसदीय दलको बैठक बस्ने भएपछि संसदीय दलको नेताको खोजी...

शिवम् सिमेन्टद्वारा अवैध खानी सञ्चालन, स्थानीय जनप्रतिनिधी समेत मिलेको आरोप
aabaid-khani-1519344457.jpg

कृष्ण सारुमगर, एपिवन टिभी मकवानपुर । हेटौंडाको हटियामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले बिगत चार वर्षदेखि...

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...