Sunday, 21st January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह बैठक शुरु

prabudda-meeting-1507371234.png

काठमाडौँ/नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक  शुरु भएको छ  ।बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्तप्रसादले अघिल्लो बैठकमा प्रस्तुत गरेको सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा नेपालले आफ्नो प्रतिक्रियासहित राय पेश गरिरहेको छ ।बैठकमा नेपाली प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले नेपाल–भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने समूहका एक सदस्यले राससलाई जानकारी दिए ।

त्यसैगरी बैठकमा सीमा व्यवस्थापनबारेमा पनि छलफल हुने जानकारी दिँदै ती सदस्यले स्थलमार्ग भएर आवातजावत गर्ने दुवै देशका नागरिकमा परिचयपत्र लागू गर्ने विषयमा विचारविमर्श हुने बताए । हाल हवाईजहाजबाट यात्रा गर्ने भारतीय र नेपाली नागरिकलाई मात्र परिचयपत्र अनिवार्य गरिएको छ ।

सतहमार्ग भएर नेपालबाट भारत प्रवेश गर्ने र भारतीय भूमिबाट नेपाल आउनेको अभिलेख राख्ने विषयलाई पनि समूहले छलफलको सूचीमा समावेश गरेको ती सदस्यले बताए ।

बैठकमा भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सहभागी भएका छन् । समूहका एक सदस्य जयन्तप्रसाद भने अनुपस्थित भएका छन्  । उन्को अनुपस्थितिमा बैठक भएकामा यसलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा लिइएको छ ।

नेपाली समूहका संयोजक पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा, सांसद राजन भट्टराईं पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय रहेका छन्  । द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५०मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, व्यवस्थित एवं सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न नेपाल र भारतका प्रधानमन्त्रीबीच सहमति भएपछि उक्त समूह बनेको हो ।

तीन वर्षअघि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला उक्त सहमति भएको थियो । त्यसअघि २३ वर्षपछि काठमाडौँमा नै सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुवै देशका परराष्ट्र सचिवलाई प्रबुद्ध व्यक्ति समूह गठनका निम्ति आवश्यक गृहकार्य गर्न निर्देशन दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भारत भ्रमणका बेला परिवर्तित परिस्थितिअनुरुप बहुआयमिक नेपाल–भारत सम्बन्धलाई प्रगतिशील एवं अग्रगामी तुल्याउन प्रबुद्ध व्यक्ति समूह गठनको आवश्यकतामा जोड दिइएको थियो जसलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वीकार गरेका थिए ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...