Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यनजर

पढ्न मन लागेन ? यसो गर्नुहोस्

Yadu-Nepal-1505114383.jpg
 
यदु नेपाल

पढ्ने कुरा नितान्त प्राबिधिक तथा मनोवैज्ञानिक कुरा हो भन्ने जान्दा जान्दै पनि हामी बलपूर्वक पढ्न खोज्छौं । बलपूर्वक पढ्दा पनि केही कुरा तत्कालका लागि याद त हुन सक्छ । तर यसले दिगोपना दिन नै सक्दैन । अर्को कुरा, बलपूर्वक पढ्दा हाम्रा अगाडि किताब त हुन्छ, तर मन हामीसँग हुँदैन । अन्तै विचरण गरिरहेको हुन्छ । त्यस समय न पढाइ राम्रोसँग हुन्छ, न त अन्य कार्य नै । हाम्रो अधिकांश समय ब्यर्थमा गैरहेको हुन्छ ।

अर्कोतर्फ, मन नलागी नलागी कुनै काम गर्दा सो काम पीडादायी पनि हुन जान्छ । त्यसले चैनले बस्न पाउने अधिकार खोस्छ र अन्तमा पढाइ भन्ने विषयप्रति नै नकारात्मक धारणा पैदा गराउँछ । सबैभन्दा खतरनाक पक्ष त बलजफ्ती पढ्दा सिर्जनशीलता नष्ट हुँदै जान्छ ।

यसै पढाइलाई पढुँपढुँ लाग्ने, पढेर छिटो बुझिने र दीर्घकालसम्म सम्झिरहने बनाउन पाए बिद्यार्थी जीवन कति सुन्दर हुँदो हो ? कति आनन्ददायी हुँदो हो ?

असाध्यै खुसीको कुरा सुनाउँ । यो सम्भव छ । यो सब हामी आफैं नै गर्न सक्छौं । प्रत्येक व्यक्तिले गर्न सक्छ । यसका लागि हाम्रो मनका केही स्वभावहरुका बारेमा जानकारी हुनै पर्दछ ।

हाम्रो मस्तिष्क शरीरको एक अंग हो भने मन त्यसको अपरेटिङ्ग सिस्टम हो । यसै मनको सहायताले हामीले हाम्रो शरीरलाई डुलाउन, नचाउन, स्थिर राख्न, रुवाउन, हँसाउन सक्छौं । अनि यी सब क्रियाकलापको असर हाम्रो शरीरमा पर्छ । मनले कल्पना गरेर कागती खानुस् मुखमा पानी आउँछ । आफूलाई डरलाग्दो जनावर भालुले लखेटेको कल्पनामा ल्याउनुस् तपाईंको शरीरमा साँच्चैको भालुले लखेट्दा हुने परिवर्तन आउन थाल्छ । यी सबको सार के हो भने मनको प्रयोगले हामीले मष्तिष्क लगायत सम्पूर्ण शरीरमा प्रभाव पार्न सक्दछौं ।

मनको यो स्वाभाव तथा शरीर र मनवीचको सम्बन्धको रहस्यलाई बुझेर त्यसलाई पढाइमा प्रयोग गर्न सकिन्छ ।

रुचीपूर्ण अध्ययनका सात रहस्यहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।

मनलाई अाफ्नो गन्तव्य स्पष्ट भन्नुहोस्

अरुलाई भन्नुस्/ नभन्नुस् तर अाफ्नो मनलाई अाफ्नो गन्तव्यका बारेमा स्पष्ट पार्नै पर्छ । गन्तव्य प्रष्ट छैन भने पढ्नमा अल्छी लाग्ने, विषय कठिन लाग्ने कुनै पनि बहानामा पढाइ छोड्न खोज्छ मनले । मैले आज के पढ्नुछ र कति पढ्नु छ ? सो प्रष्ट हुनै पर्छ । अनि आज मैले यति पढें भने के हुन्छ ? मेरो जीवनको लक्ष्यमा यसले के प्रभाव पार्दछ, सो पनि जोड्न सके अझ राम्रो ।

लक्ष्य स्पष्ट हुनुले कार्यमा अलमल हुँदैन । भीरमा अल्झेको मानिसले त्यहाँबाट मुक्ति पाउनु बाहेक केही सोच्नै सक्दैन । चोकमा तरकारी किन्न निस्केको कुनै व्यक्तिले बाटोमा भेटिएका हरेक ब्यक्तिलाई त्यतिकै महत्व दिएको हुन्छ । तर, सोही व्यक्ति निर्धारित समयमा एयरपोर्ट पुग्दै गरेको अवस्था छ भने बाटोमा कोही नभेटिए हुन्थ्यो भन्ने हुन्छ । पढ्ने कुरालाई यसै गरी स्पष्ट पार्नु पर्छ । आवश्यक र अनावश्यक विषयका आधारमा प्राथमिकता निर्धारण गरी तत्काल अध्ययन गर्नैपर्ने विषयलाई प्रष्ट पार्नु पर्छ । यो पढुँ कि त्यो पढुँ भन्ने दुविधा हुन दिनु हुँदैन ।

अर्को कुरा, महान लक्षले महान कार्य गराउँछ हामीसँग । जब जीवन बचाउन भूकम्प आएका बेला दौडिनुपर्छ, त्योबेला आफू खासै पैदल हिँडनमा रुची नराख्ने वा खुट्टामा घाउ लागेको वा अन्य केही बाहानाहरु सबै ओझेलमा पर्छन् ।

कुनै कुरा पढ्नुको कारण पुष्ट्याइँ गर्नुहोस्

यो पाठ किन पढ्ने ? अहिले नै किन पढ्ने ? यी सवै प्रश्नको स्पष्ट जवाफ हुनुपर्छ तपाईसँग । अन्यथा तपाईको मनले तपाईलाई पत्याउँदैन । जसको परिणाम पढ्नमा रुची रहँदैन । कुनै काम गर्नैपर्ने बाध्यता किन पर्‍यो, त्यसको जवाफ दिनुपर्छ मनलाई । गरे पनि हुने र नगरे पनि हुने सुविधा भएसम्म पढाइ लगायत कुनै पनि कार्यहरु प्रभावकारी हुँदैनन् । यी सबैकुरा प्रष्ट पार्न सक्नुभयो भने मात्र तपाईंको मनले विश्वास गर्छ । पढ्नमा सहयोग गर्छ ।

परिणाम मापन गर्ने आधार तयार पार्नुहोस्

परिणाम प्रष्ट नहुने कार्यप्रति निरन्तर लगाव लागिरहन सक्दैन । जति पढे पनि कति जानेको छु नै थाहा नहुने, आफ्नो अवस्था जाँच गर्न नसकिने, कति अध्ययन गर्दा के हुन्छ सो परिणाममा नदेखिने भयो भने पढाइ प्रभावकारी हुन सक्दैन । हरेक कार्यको परिणाम खोज्छ हाम्रो मनले । परिणाम नदेखिने र निरन्तर प्रयास मात्र गरिने कुनै पनि काम रुचीपरक हुन सक्दैन ।

मानौं तपाईं कुनै यात्रामा निस्कनुभयो, आˆनो गन्तव्य अझ कति टाढा छ र म हालसम्म कति किलोमिटर हिँडिसके भन्ने केही थाहा भएन भने त्यो यात्रा निकै कष्टकर बन्नेछ । जति नै लामो यात्रा भएता पनि मैले यति हिडें र अब यति बाँकी छ भन्ने प्रष्ट छ भने मनले शरीरलाई थप अगाडि बढाउनमा आदेश गर्छ । यही कुरा पढाइमा पनि लागू हुन्छ । आफूले कति पढ्दा के नतिजा पाएको छु सो थाहा पाउनुपर्छ । यो पाठ पढेर मैले यो यो कुरा जानेँ र यो यो अझै जान्न बाँकी छ भन्ने हुनु पर्दछ ।

समयको सीमा निश्चित गरौं

कति समयभित्र के पढ्नै पर्ने भन्ने स्पष्ट समयसीमा नभइकन पढाइले प्राथमिकता पाउँदैन । अन्य कुरा हावी हुन्छन् । परीक्षाको २/४ महिना अगाडि र परीक्षाको २/४ दिन अगाडिको पढाइमा फरक हुनुको कारण पनि यही हो ।

मैले यो च्याप्टर राम्रोसंग अध्ययन गरिसक्नका लागि आज १ दिनको मात्र समय छ भन्ने स्पष्ट किटान हुनुपर्छ । त्यसो नभै जति पनि समय छ भन्ने म्यासेज तपाईंको मनले पायो भने अनावश्यक कुरालाई प्राथमिकतामा ल्याइदिन्छ । अहिले नपढेमा फेरि पढ्न समय पाउँदिन भन्ने स्पष्ट नपार्दासम्म पढाइ प्राथमिकतामा नै पर्दैन । पढाइमा मात्र नभै अन्य कार्यमा पनि सोही नियम लागू हुन्छ ।

मानौं कि तपाईं घनघोर जंगलको वीच बाटोबाट हिँडिरहनु भएको छ । साँझ पर्न लागिसकेको छ । एक घण्टाभित्र सो जंगल पार नगर्ने हो भने बस्ती भएको ठाउँमा नपुग्दै जंगलमा नै रात पर्दछ । यस्तो अवस्थामा हाम्रो हिँडाइको गति कस्तो होला ? बाटोमा दायाँ बायाँ रहेका मन लोभ्याउने कुराहरुले तान्लान् या नतान्लान् ? यस्ता अन्य कुराहरुले महत्व पाउलान् या नपाउलान् ? अवश्य नपाउलान् । किन यस्तो भयो भने यहाँ लक्ष्य प्रष्ट छ । समयसीमा निश्चित छ । यसै रहस्यलाई पढाइमा लगाउनुपर्छ ।

जिज्ञासा (खुल्दुली)को सिर्जना गरी पढौं

सक्रिय पढाई गर्नका लागि जिज्ञासा जगाउनैपर्छ । जब कुनै विषयवस्तुप्रति जिज्ञासा जाग्छ, अनि जिज्ञासा शान्त पार्न मनले नै आफै खोजी गर्छ ।

जस्तो-मानौं, तपाईको कुनै साथीहरुसँग पाठ्यक्रमको कुनै विषयवस्तुमा छलफल भयो । कुनै कुरामा तपाईंको चित्त बुझेन भने अब पुस्तक पाउने वित्तिकै त्यो विषय हेरुँ हेरुँ भैहाल्छ । पढाइले मनलाई तान्ने भनेको यही हो ।

हाम्रो मन, दिमाग र शरिरको रहस्यलाई बुझेर नै एफ पी रविन्सले पढाएका पाँच चरणहरु प्रचलनमा ल्याएका थिए ।
पढ्नु अगाडि जिज्ञासा सिर्जना गर्न निम्न प्रयत्न गर्न सकिन्छ :

छलफल गर्ने: कुनै पनि जान्नुपर्ने विषयमा साथीभाइ बीच छलफल चलाउने, छलफलमा खड्केका विषयहरु जान्न परीक्षण गर्न खोज्छ मनले । त्यसका लागि पुस्तक वा सामग्री पढ्न आफैं खोज्छ ।

प्रश्न/उत्तर: विषयवस्तुका बारेमा आफै विभिन्न प्रश्न निर्माण गर्ने र सो को उत्तर दिने प्रयत्न गर्ने । आफूले दिएको उत्तर मिल्यो कि मिलेन भनेर तपाईको मनले खोजी गर्छ ।

परीक्षाहरु दिइरहने: औपचारिक परीक्षा होस् वा स्वेच्छाले दिइने नमूना परीक्षा होस्, परीक्षा दिँदा परीक्षा दिइएको प्रश्नको विषयमा आफै खुल्दुली सिर्जना हुन्छ र सो विषयको अध्ययनमा भोक जाग्छ ।

आत्म विश्वास कहिल्यै घट्न नदिउँ

म यो गर्न सक्छु भन्ने नभै कुनै पनि कार्यहरु सम्पन्न हुँदैनन् । उपलब्धि हासिल हुँदैनन् । सजिल्यै गर्न सकिने कार्य पनि आत्मविश्वास कमजोर हुँदा राम्रोसंग गर्न सकिँदैन । जस्तो-कुनै एकै व्यक्ति भूईमा राखिएको एक फिट चौडा २० मिटरको फलेकमा सजिलै हिँड्न सक्छ । तर, सोही एक फिट चौडा फलेक केही मिटर १०/१५ माथि आकासमा फिट गरियो र सोही ब्यक्तिलाई त्यहाँ हिड्न लगाइयो भने कति सजिलो गरी हिँड्न सक्ला ? अवश्य पनि असजिलो हुन्छ । यहाँ डरले तान्छ । असफल भैहाल्यो भने त जिन्दगी खत्तम ! साच्चिँकै उ सफल हुने सम्भावना कम हुन्छ । आफैंप्रतिको अविश्वासले गर्दा सो कार्य गर्न सकिँदैन ।

सजिलै जानिएका कुराहरु परीक्षाको सिटिङ्गमा बिर्सिएको, राम्रो तयारी गरेर जाँदा पनि भाषण गर्दा अक्मकाएको, सजिलै प्वालमा छिराउने क्यारेमबोर्डको गोटी गेमको समयमा असजिलो भएको आदि घटनाहरु सामान्य जीवनमा घट्ने घटना हुन् । कतै विगि्रन्छ कि, बिराइन्छ कि भन्ने डरका कारण, आत्मविश्वास नहुनुका कारण यस्ता घटनाहरु घट्छन् ।

आत्मविश्वास बढाउनका लागि आफैंले आफ्ना सकारात्मक पक्षहरुलाई हाइलाइट गर्दै जाने हो अरुले वाह वाह गरेर सिर्जना भएको आत्मविश्वास भन्दा यो दिगो हुन्छ । आफ्ना सफलताका नजिरहरुलाई अगाडि बढाउँदै, तिनीहरुलाई सिंढी मान्दै अगाडि बढ्ने हो ।
साइको साइबरनेटिक्सका जन्मदाता प्लाष्टिक सर्जन म्याक्सवेल माल्जले लामो समयसम्म आफूले प्लाष्टिक सर्जरी गरी अनुहार बनाएका हजारौं ब्यक्तिहरुको त्यस पश्चातको जीवन सफल रहनुको कारण खोजी गर्दा भेटिएको रहस्य यो थियो कि ती हरेक ब्यक्तिहरुले प्लाष्टिक सर्जरी पश्चात म कमजोर भन्ने कुरा नै बिर्सिए ।

आनन्द, मस्ती र मनोरञ्जनसँग पढाइलाई जोडौं

आनन्द/ मनोरञ्जन/मस्तीले तान्छ मनलाई । जाँचैको अघिल्लो दिन नै भए पनि पार्टी/पिकनिक/ सिनेमा/डेटिङ्ग आदि प्राथमिकतामा पर्नुको कारण पनि यही हो । यस्तै कुनै योजना बनाउन पर्‍यो, जसले पढाइमा मस्ती आओस । मस्ती जोडियोस् ।

पढाइमा मस्ती जोड्ने दुई तरिका छन्ः

(क) पढाइलाई नै तत्काल आनन्द, मस्ती वा रमाइलो कुरा प्राप्तिसँग जोड्ने

बच्चालाई कुनै पाठ पढ्नुपूर्व चक्लेटको लोभ देखाएर पढाएझै हामीले आफैले आफ्नो मनलाई पनि लोभ्याउन सकिन्छ । यति सके भने अनि यस्तो यस्तो रमाइलो गर्ने । यो जानें भने मात्र पिकनिकमा जाने । पार्टीमा जाने । फिल्म हेर्न जाने आदि आदि । पढाइ सकेपछि साँच्चै नै रमाइलो पनि गर्ने । नियमित रुपमा यसरी मनलाई बानी नै पार्न सकियो भने पढाइ रमाइलो प्राप्तिको कारण बन्दछ ।

(ख) पढाइलाई लक्ष्य प्राप्ति हुँदाको रमाइलो कल्पनासँग जोड्ने

काल्पनिक उपलब्धिबाट पनि बास्तविक आनन्द पाउन सकिन्छ । अझ भनौं आनन्दलाई भविष्यदेखि वर्तमानमा इम्पोर्ट गर्न सकिन्छ । लक्ष्य प्राप्ति हुँदाको रमाइलो कल्पनामा डुब्दै त्यो कल्पनामा भएको रमाईलो महशुस गर्दै त्यसको कारक तत्वको रुपमा आजको पढाईलाई जोड्न सकिन्छ ।

एकैछिन त्यो महान लक्ष्य जसका लागि तपाईं आज मेहनत गरिरहनु भएको छ, त्यो प्राप्ति भएको कल्पना गर्नुहोस । मानौं तपाईंले देखेको महान ब्यक्ति बन्ने सपना आज पूरा भएको छ । तपाईं मात्र होइन तपाईंको परिवार, आफन्त, साथीभाइहरु सवै खुसीले नाचिरहेका छन् । सबैको प्रेरणाको पात्र तपाईं बनिरहनुभएको छ । माला, अवीर, टीका आदिआदि सकेसम्मको रमाइलो कल्पनाको आनन्द महसुस गर्नुहोस् । कल्पना दृश्यात्मक बनाउनुहोस् । सकेसम्म इमोशनल बनाउनुहोस् । जति इमोशनल हुन्छ, त्यति सवकन्सियस माइन्डमा छाप पर्छ ।

कुरा त कल्पनाको नै हो, तर यसले प्रभाव साँच्चैको पारेको छ । हाल प्राप्त गरेको आनन्द त साँच्चैको हो नि । यस्तै अभ्यास गरिरहँदा हाम्रो मनले यो प्राप्त गरी छाड्ने दिशामा क्रमिक रुपमा हामीलाई अगाडि बढाउँछ । जब त्यो आनन्दको रसामृतको स्वादका बारेमा सवकन्सियस मनमा छाप पर्छ, अनि हरेक पल मन त्यतै त्यतै ढल्किन्छ ।

अनमोल आनन्द पाउने प्रक्रियाका हरेक सानातिना कठिनाइ कठिनाइ हुँदैनन् । एउटा प्रेमिकालाई आˆनो जीवनमा पाए पछिको आनन्दलाई सम्झेर प्रेमिले रातभर नसुती प्रेमपत्र लेख्न पर्यत्न गर्छ । हेर्दै जाने हो भने स्वतस्फूर्त गरिने कुनै पनि कार्यहरु आनन्दसंग जोडिएका छन् ।

जे होस् हाम्रो मनले आनन्द प्राप्तिका लागि शरिरलाई काम गराउने नै रहेछ । पढेपछि आनन्द पाइन्छ भन्ने विश्वास मात्र दिलाउन सके हुनेरहेछ । पढाइ मस्तीको विषय बन्यो भने त के चाहियो र ?

www.onlinekhabar.com

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...