Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
जुट्ला सहमती ?

party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका नेताहरुका बिचमा वार्ता नै छाडेपछि आम नागरिकले पार्टी एकताप्रति शङ्का व्यक्त गरेका छन् ।
पार्टी एकताको विषयमा पछिल्लो समय कुरै हुन छाडेपछि दुवै दलका शीर्ष नेतामाथि तिब्र दबाब परेको छ । पार्टी एकता हुने हो वा होइन भन्नेमा अन्योलता बढिरहेका बेला आज सोमबार एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सोमबार भेटवार्ता हुने तयारी भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने बताइएको छ ।
आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड आज उतैबाट बालुवाटार पुग्ने बताइएको छ ।
दुई दलबीचको एकताको मोडालिटी तय गर्न बनेका दुईवटा कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाए पनि शीर्ष नेतृत्व स्तरमा छलफल नै हुन नसक्दा बैशाख ९ गते एकता घोषणा नहुने आशंका बढ्दै गएको छ ।
एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिले आआफ्ना प्रतिवेदन शीर्ष नेतालाई बुझाइसकेका हुन् ।
पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकताको कुरा मिल्न सकिरहेको छैन । केन्द्रीय समितिमा कति–कति जना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्ने लगायत विषयमा एमाले र माओवादीबिच कुरा मिल्न सकिरहेको छैन । आज दुई शीर्ष नेताबिच हुने वार्तामा सहमती होला त भन्नेमा आम नागरिकले चासोको साथ हेरेका छन् ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...