Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

साहित्य–कला

प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार प्रदान

bhim-birag-puraskar-1517234562.jpg

मकवानपुर । बरिष्ठ श्रष्टा चेतन कार्कीलाई विजुलीमाया वन श्रेष्ठ सङ्गीत पुरस्कार प्रदान गरिएको छ । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले एक लाख रुपिया राशीको पुरस्कार कार्कीलाई प्रदान गरेको हो । हेटौंडामा आयोजित एक समारोहमा कार्कीलाई प्रतिष्ठानले मोफसलकै सबैभन्दा ठूलो राशी भएको साङ्गितिक पुरस्कार प्रदान गरिएको हो ।

साहित्यप्रेमी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नाममा स्थापना गरेको पुरस्कारबाट यसअघि अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र, मीरा राणा र कर्म योञ्जन सम्मानि भइसकेका छन् । यस्तै, लोकगायिका कोमल वलीलाई २० हजार राशीको विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार प्रदान गरिएको छ । प्रतिष्ठानले सहित्यमार्फत राष्ट्रिय पहिचान बनाउन सफल कवि अनिता न्यौपानेलाई तुलसीमाया शिवकुमारी सृजनशिल नारी पुरस्कारबाट सम्मान गरेको छ । साहित्य सङ्गम मकवानपुरको उपाध्यक्ष तथा आँचल साहित्य कला पुञ्जकी सचिवसमेत रहेकी न्यौपानेलाई नगद दश हजारसहित सम्मान गरिएको जनाइएको  छ ।

समारोहमा अन्य विभिन्न श्रष्टा पनि सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरका अध्यक्ष तथा साहित्यकार निमेष निखिललाई ११ हजार राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार र गायिका विद्या तिवारीलाई १५ हजार राशीको शीला नारी सङ्गीत पुरस्कार प्रदान गरिएको छ । नाट्यकर्मी कुमार शाहलाई २५ हजार राशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कार, बालगायक चिराग डंगोललाई ७ हजार ५ सय राशीको भीम–मथुरा बाल प्रतिभा र स्वयमसेवी चम्पा कोजुलाई दश हजार राशीको मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट सम्मानित गरिएको छ । प्रतिष्ठानले वरिष्ठ सर्जक भीम विरागको ८४ औं जन्मजयन्तीको अवसरमा विभिन्न पुरस्कार प्रदान गरेको हो ।

 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg