Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

प्रदेश राजधानी काभ्रे होइन, हेटौंडा नै उपयुक्त :  केन्द्र 
विद्यार्थीहरु जुलुस निकाल्ने तयारीमा !

pradessava-sachibalaya-64-1522250808.jpg


मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको प्रदेश ३ को राजधानी सार्ने विषयप्रति सरोकारवालाले आपत्ति जनाउँन थालेका छन् । आज मकवानपुरको हेटौंडामा रहेको प्रदेशसभा सचिवालयमा प्रदेश ३ को राजधानी हेटौडाबाट काभ्रेमा सार्ने भनि काभ्रे जिल्लाबाट प्रतिनिधित्व गरेका सांसदको प्रस्ताव भनि आएको समाचारप्रति ध्यानाकर्षण भएको प्रदेश राजधानी हेटौंडा नै कायम गर्न दबाबकारी भूमिका खेल्दै आइरहेको जन सरोकार केन्द्र मकवानपुरले जनाएको छ । 
जनसरोकार केन्द्रले विज्ञप्तिमा आफूहरुले सुरुदेखि नै खानेपानीको राम्रो व्यवस्था भएको, ढल निकाशको समस्या नभएको, स्वच्छ वातावरण भएको, वायु प्रदुषण नभएको, सडक सञ्जाल सबैलाई पायक पर्ने गरि बनिरहेको, निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल र राष्ट्रिय विमान स्थलमा हेटौडाबाट आधा घण्टामा पुग्न सकिने रहेको, अन्य प्रदेशमा समन्वय गर्न सजिलो रहेको समेतका कारणले हेटौडा उपयुक्त छ भन्ने भएकाले अन्यन्त्र सार्न नहुने बताएको छ । राजधानी जस्तो संवेदनशील विषयलाई हचुवाको भरमा प्रदेश ३ प्रदेशसभा सचिवालयमा दर्ता गरी विवादीत बनाउने र समृद्धीतर्फ लगाउनुपर्ने समय र ध्यानलाई अन्यत्र लगाइएको विज्ञप्तिमा जनाइएको छ । केन्द्रका संयोजक ध्रुवप्रसाद चौलागाईंले जारी गरेको विज्ञप्तिमा प्रदेश ३ का लागि राजधानी सबै हिसाबमा हेटौंडा नै उपयुक्त भएको जनाइएको छ । 
यसैबिच, मकवानपुर बहुमुखी क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठनले पनि प्रदेश राजधानी नसार्न दबाब दिदै भोली विहान ८ बजे जुलुस निकाल्ने तयारी गरेका छन् । 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...