Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यवाण

प्रदेश राजधानी भएपछिको यो छलाङ !

shiva-1527441416.jpg

लेखक :

हेटौंडाका सर्वसाधारण कहिले आश अनि कहिले त्रासमा बस्न बाध्य छन् । अहिले प्रदेश ३ को राजधानीबासी हुन पाएकोमा हेटौंडाका नागरिक मख्ख परेका छन् । मख्ख पनि यति छन् की बयान गरिसाध्य छैन । प्रदेशका नागरिक भएकोमा त्यसै दङ्ग परेर बस्न पाएका छन् । यसैमा मख्ख परेका छन् । मख्ख पनि नपरुन् किन, अवसरै अवसर पाउँदा कसलाई खुशी नलाग्ला र ? प्रदेश राजधानी भएपछि भटाभट विकास निर्माण हुन थालेका छन् । प्रदेश राजधानी भएकैले अहिले हेटौंडाको कुनै सडकमा खाल्डाखुल्डी छैन । पहिले पहिले खाल्डा खुल्डी मात्र होइन, रोपाई नै गर्न मिल्ने गरी हिलाम्मे हुने सडक अहिले जताततै पिच गरेर चिल्ला बनाइएको छ । थोत्रा थोत्रा सवारी गुड्ने सडकमा अहिले नयाँ नयाँ गाडी दौडिने गर्छन्, ट्याक्सी सरर गुड्न थालेपछि यहाँका नागरिकको जीवनशैली एकाएक परिवर्तन भएको अनुभव सहजै गर्न सकिन्छ । यति राम्रो सडक हेटौंडामा बन्नुमा पक्कै पनि प्रदेश राजधानी भएकैले सम्भव भएको हो । यदि प्रदेशको राजधानी नभइदिएको भए अहिले पनि हेटौंडामा त्यही मयुरी, अटोले ट्राफीक जाम गर्ने थियो । सडकमा जताततै खाल्डा खुल्डी हुने थियो, यात्रुलाई अनेक सास्ती हुने थियो । सडकमा यतिबेला ढल हुन्थ्यो, एकझर पानी पर्दा कतिपय ठाउँमा त पोखरी नै जम्ने थियो की माछा हालेर पालौं जस्तो । तर जब प्रदेश राजधानी हेटौंडामा आयो हेटौंडामा एकाएक विकास आयो । सडकको मात्र के कुरा गर्नु शिक्षा, स्वास्थ्य, खेल लगायत विभिन्न क्षेत्रमा अहिले हेटौंडाले फड्को मारेको छ । काठमाडौंबाट समेत विद्यार्थी पढ्न हेटौंडा आउँन थाले, कतै पढाई नहुने विषय हेटौंडामा हुन थालेपछि विदेश पढ्न गएकाको मन समेत यतिबेला धुरुधुरु रुन थालेको हो की भन्ने लाग्न थालेको छ । यति हिसाबमा अघि बढ्ने हो शिक्षामा हेटौंडाले फड्को नै मार्नेछ भन्दा पनि हुन्छ । स्वास्थ्य क्षेत्रमा पनि अचम्मको परिवर्तन नै भयो । हेटौंडा अस्पतालमा अहिले काम गर्न आउँन चाहने डाक्टरको लाइन छ । कुनै बेला बिरामीका आफन्तको कुटाई खानुपर्छ भन्नेहरु अहिले सेवा त हेटौंडा अस्पतालमा जानुपर्छ भन्न थालेको पाइयो । यो जति खुशीको कुरा हेटौंडाबासीलाई अरु के हुनसक्ला र ? पहिले पहिले रिफर सेन्टर भन्नेहरुको मुखमा यतिबेला हेटौंडा अस्पतालमा आएको व्यापक परिवर्तनले बिर्को लगाइदिएको छ । अहिले काठमाडौंपछि हेटौंडा नै मानिसको लागि स्वास्थ्य सेवाका लागि रोजाई पर्न थालेको छ । हेटौंडाबासीमा प्रदेश राजधानी भएकै उपहार हो भन्ने लाग्न थालेको छ, यो स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन । खेल क्षेत्रको त कुरै नगरौं प्रदेश राजधानी भएपछि हेटौंडामा राष्ट्रिय अन्तराष्ट्रिय खेल मैदान निर्माणको काम सुरु भइसकेको छ । खेलाडी उत्पादनका लागि प्रदेश सरकारले धमाधम तयारी थालेको छ । हेटौंडालाई विशेष प्राथमिकता दिएर खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले बजेट दिएको छ । अन्तराष्ट्रिय खेलका लागि खेलाडीहरु प्राय ः हरेक खेलमा हेटौंडाबाटै छानिन थालेका छन् । वाउ यो जतिको खुशीको खबर के हुनसक्छ अरु हेटौंडाका लागि । संगीत, साहित्य, मनोरञ्जन, पर्यटन लगायतमा प्रदेश राजधानीकै कारण हेटौंडाले अहिले यस्तो राम्रो छलाङ मारेको छ की बयान गरीसाध्य छैन । यो त क्षेत्रगत सामान्य उदाहरणमात्र हुन्, प्रदेश राजधानीबासी भएकाले भन्न छुटाउन नहुने मुख्य मुख्य एक÷दुई वटा उदाहरणमात्र भन्दा पनि ठूलै प्रगति गरेजस्तो लाग्छ । यो भन्दा कति ठूलो अनि कयौं गुणा ठूलो प्रगतिका साथै सफलता समेत हेटौंडाले यतिबेला पाएको छ, जसको बयान कसरी गर्ने ? हेटौंडाले यस खालको विकास गर्नुमा पक्कै पनि प्रदेश राजधानी हेटौंडामा भएर मात्र होइन, धेरै कारणहरु छन् । प्रदेशका मुख्यमन्त्री हेटौंडाकै हुनु, प्रतिपक्षी दलका नेता पनि हेटौंडा निबासी नै हुनु । अनि अन्य क्षमतावान व्यतिmत्व हेटौंडाकै भएकाले यत्रो विधी सफलता, विकासमा हेटौंडाले छलाङ मारेको हो । हाम्रा स्थानीय नेता मुख्यमन्त्री, सांसद भएपछि यति पनि नगरे त के काम ? बेला बेलामा अब गर्न बाँकी के होला भनेर जनताको घरदैलोमा सोध्न आइपुग्छन्, गाउँगाउँमा सिंहदरबार भन्ने उखान चुनावमा बनाइएको थियो साँच्चै अहिले कार्यान्वयन भएको हेर्न पाउँदा हाम्रो मन खुशीले फुरुङ्ग भएको छ । भौतिक योजना तथा पूर्वाधारमन्त्री स्थापितले मन्त्री भएको एक महिनामै ५० मिटर फराकिलो सडक विस्तार गरेर हेटौंडालाई देशमै नमूना सडक भएको शहरको रुपमा चिनाउन सफल भए । अहिले यति फराकिलो सडक भएकाले मज्जाले गाडी गुडाउन सजिलो भएको हो, कुनै सवारीलाई अप्ठ्यारो छैन । ट्राफिकको त अहिले हेटौंडामा काम नै छैन, सबै नागरिक ट्राफीक व्यवस्थापनमा आफैं सचेत भएका छन् । कोही नियम मिच्दैनन्, नबुझेका अनि नजानेका मानिसलाई ट्राफीक ज्ञानबारे जानकारी गराउँदै हिड्न थालेका छन् यो जतिको उपलब्धि हेटौंडामा अरु के हुने ? प्रदेश राजधानी हेटौंडा भएपछि पाइएको धेरै उपहारहरु छन्, जुन अहिले एकैक्षणमा पढेर साध्य छैन भनेर लेख्ने दिन कहिले आउँला ?
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg