Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

चिनारी

प्रधानमन्त्री देउवाका यी कुराहरु तपाईलाई थाहा नहुन सक्छ 

Sher-bahadur_deuba-1499419060.jpg


नेपालका नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उनी बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

बाल्यकालदेखि नै राजनीतिक चासो राख्नुहुने नवनिर्वाचित देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिएका हुन्। खासगरी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट सक्रिय नेपाली राजनीतिमा प्रवेश गरेका हुन। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति थिए ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । देउवाको एक छोरा छन् । उनकी धर्मपत्नी डा आरजु पनि अहिले व्यवस्थापिका–सांसद् छिन ।

नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी ४ पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए । विसं २०५९ मा दोस्रो पटक  त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बनेका देउवा यसपटक समेत चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

काँग्रेसको विभाजनपछि उनी नेपाली काँग्रेस (प्रजातान्त्रिक)को सभापति बनेका थिए । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता थिए ।

उनी विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसङ्घका प्रथम सभापति थिए र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।

देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरिसकेका छन् । यसअघि पार्टीको ११औँ र १२औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेदवार थिए ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...