Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 

studen-y-flt-1545137018.jpg

साक्षरतामा सहभागी युवा विद्यार्थी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ । गाउँपालिकाको विभिन्न विद्यालयमा रहेका १२ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई वित्त सम्बन्धि जानकारी गराउने उद्देश्यले  वित्तिय साक्षरता कक्षा सुरु गरिएको हो । 
गाउँपालिकाको छतिवनमा रहेको महेन्द्र मावि, श्रीपुरमा रहेको प्रभात मावि, हात्तिसुढेमा रहेको बुद्द  मावि, भीरकोटमा रहेको जनक मावि र कर्मचूलीमा रहेको कर्मप्राप्ती माविमा अध्ययनरत युवा विद्यार्थीका लागि वित्तिय साक्षरता सुरु गरिएको हो । बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालन गरिरहेको संकटासन्न घरधुरीका लागि पुनर्लाभ परियोजना (सर्भ प्रोजेक्ट) अन्तर्गत युवाहरुका लागि वित्तिय साक्षरता कार्यक्रम आरम्भ गरिएको हो । चौध दिनसम्म सञ्चालन गरिने वित्तिय साक्षरतामा युवा विद्यार्थीलाई वित्त सम्बन्धि विभिन्न जानकारी प्रदान गरिने  छ । 
गाउँपालिकाको छतिवनस्थित महेन्द्र मावि र हात्तिसुढेस्थित बुद्द माविमा आज (मंगलबार) बाट युवा विद्यार्थीका लागि वित्तिय साक्षरता सुरु गरिएको छ । महेन्द्र माविमा साक्षरता सुभारम्भ कार्यक्रममा मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्टले युवा विद्यार्थीलाई साक्षरता सम्बन्धि ज्ञान बढाउँदै भविष्यका लागि आर्थिक आम्दानी तथा बचत गर्ने बानी विकास गर्न सघाउ पुर्याउन साक्षरता कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे । ‘भविष्यका कर्णधार मानिने युवा विद्यार्थीलाई अनावश्यक खर्च गर्ने बानीमा सुधार गराई वित्तिय सम्बन्धि विभिन्न ज्ञान प्रदान गर्न सघाउ पुर्याउन साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।’ बरिष्ठ परियोजना अधिकृत भट्टले भने, ‘युवा विद्यार्थीले सिकेको ज्ञानका आधारमा आफूमा मात्र नभई घर परिवारमा समेत वित्तिय अनुशासनका लागि भूमिका खेल्न सक्छन् ।’ भट्टले मर्सिकोर नेपालले मकवानपुरमा विगत एक वर्षदेखि बाल कल्याण समाज मकवानपुरमार्फत परियोजना सञ्चालन गर्दै आइरहेको बताउँदै हाल आफूहरुले वित्तिय साक्षरताका अलावा विपद व्यवस्थापन, जिविकोपार्जन, भूकम्पले क्षतिग्रस्त संरचना निर्माणका लागि जोखिममा रहेका घुरधुरीलाई सहयोग लगायतका कार्य बकैया गाउँपालिकामा गरिरहेको बताए । मकवानपुर सहित नेपालका ३३ जिल्लामा मर्सिकोरले विभिन्न क्षेत्रमा सघाउ पुग्ने खालका कार्य गर्दै आइरहेको उल्लेख गर्दै भट्टले सञ्चालन गरिएका  परियोजना प्रभावकारी बनिदिँदा खुशी लाग्ने बताए । 
महेन्द्र माविका प्रधानाध्यापक नारायण चापागाईंले चौध दिनसम्म सञ्चालन हुने युवाहरुका लागि वित्तिय साक्षरताले युवा विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याई सुखी भविष्य निर्माणमा सहयोग पुग्ने आफूहरुले अपेक्षा गरेको बताए । भने,-‘सरकारले सुखी नेपाली, समृद्द  नेपालको नारा अघि सारेकोमा युवा विद्यार्थीको सुखी भविष्य निर्माणका लागि वित्तिय साक्षरता प्रभावकारी बन्नसक्छ भन्ने अपेक्षा राखेको छु ।’ वित्तिय साक्षरता भनेको आर्थिक आम्दानी तथा बचत संग सम्बन्धि विषय भएको उल्लेख गर्दै प्रधानाध्यापक चापागाईले पैसाको मानवीय जीवनमा ठूलो महत्व हुने भएकाले बचत गर्ने बानी सानैदेखि गर्नु आवश्यक हुने बताए । ‘विद्यार्थीका लागि पैसाको महत्व बुझाउदै भविष्यका लागि पैसा बचत गर्न उत्प्रेरित गराउँन सहयोग पु¥याउने साक्षरता विद्यालयमा सञ्चालन गरिएकोमा खुशी लागेको छ ।’ प्रधानाध्यापक चापागाईंले भने । 
बाल कल्याण समाज मकवानपुरका फिल्ड सुपरभाईजर शिव चौलागाईंले युवाको भविष्यका लागि आवश्यक विभिन्न ज्ञानमध्ये वित्तिय साक्षरताको पनि महत्व भएको बताए । ‘ समाजका विभिन्न क्षेत्रका मानिसलाई वित्त सम्बन्धि ज्ञान प्रदान गर्न सकियो भने व्यवहारमा परिवर्तन भर्ई भविष्य सुखी हुनसक्छ ।’ सुपरभाइजर चौलागाईंले भने । वित्तिय साक्षरतामा तालिम प्राप्त शिक्षकबाटै सहजीकरण हुने भएकाले विद्यार्थीलाई सहजै सिकाई हासिल हुने आफूहरुले अपेक्षा गरेको चौलागाईंको भनाई छ । 
गाउँपालिकामा बाल कल्याणले युवा विद्यार्थीका साथै समुदायका वयश्कहरुका लागि पनि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए । जिल्ला कार्यक्रम संयोजक खतिवडाका अनुसार गाउँपालिका,राष्ट्रिय पुननिर्माण प्राधिकरण, स्थानीय वडा लगायत सरोकारवालासंग समन्वय गर्दै परियोजना सञ्चालन गरिएको छ । मर्सिकोर नेपालको सहयोगमा विगतका वर्षमा भूकम्पीय पुनर्लाभ परियोजना र अहिले सर्भ प्रोजेक्ट सञ्चालन गरिरहँदा आफूहरुको कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन भएको उनले जानकारी दिए । 
गत २०१८ को अगस्टदेखि आगामी जुन २०१९ सम्म सञ्चालन गरिने परियोजनामार्फत विभिन्न कार्यक्रम सम्पन्न भइसकेको र आगामी दिनमा अन्य विभिन्न कार्यहरु हुने सर्भ प्रोजेक्टका कार्यक्रम संयोजक रामप्रसाद दहालले जानकारी दिए । परियोजना अन्तर्गत सहकारीको विभिन्न नीति निर्माणमा सहयोग, सहकारी सञ्चालक समितिका सदस्यलाई सुशासन, लेखा, ऋण व्यवस्थापन सम्बन्धि तालिम, स्थानीय भूकम्प प्रभावित तथा सरोकारवालाका बिच अन्तरक्रिया, कृषि समूहमा आबद्घ कृषकलाई बैमौसमी व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम, पुननिर्माण प्राधिकरणको भूकम्पको लाभग्राही सूचीमा रहेका संकटासन्न घरधुरीमध्ये ७ घरधुरीलाई घर निर्माणका लागि आर्थिक सहयोग, कृषक समूहका सदस्यलाई उत्पादन, बजार तथा अभिलेखीकरण सम्बन्धि तालिम लगायतका कार्य सम्पन्न भइसकेको कार्यक्रम संयोजक दहालले बताए । उनका अनुसार आगामी दिनमा घर निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण, विपद् व्यवस्थापनका लागि तटबन्धन कार्य, भूकम्पले क्षतिग्रस्त बनेका संरचना निर्माणका लागि प्राविधिक सल्लाह, सहकारी व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग, कृषि उपज तरकारी संकलन केन्द्र निर्माण लगायतका कार्य गरिनेछ । 

youth-flt-news-poc-1545137019.jpg

साक्षरतामा सहभागी युवा विद्यार्थी, मर्सिकोर, बाल कल्याण, विद्यालयका प्रतिनिधी सामुहिक फोटो खिचाउँदै ।

hem-sir-1545137164.jpg

मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्ट साक्षरता सुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै ।

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg