Friday, 17th August, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

बकैयामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदा प्रस्तुतीकरण 

bakaiya-1524971714.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदाबारे छलफल गरिएको छ । बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा तयार पारेको गाउँपालिकाको विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदाबारे प्रस्तुतीकरण गरिएको हो । 
छलफलमा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बाल कल्याण समाज मकवानपुरको सहजीकरणमा तयार पारिएको विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदालाई गाउँपालिकाले अन्तिम रुप दिने बताइन् । उनले संस्थाको सहजीकरणमा गाउँपालिकाको बाह्र वटै वडाबाट प्राप्त भएका विपद्को जोखिम सम्बन्धि अवस्थाका आधारमा गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने बताइन् । ‘गाउँपालिकाको सबै वडाको विपद् जोखिम अवस्थाबारे एकीन विवरण प्राप्त भएको छ ।’ उनले भनिन्, ‘आगामी दिनमा यही योजना बमोजिम विपद् जोखिम व्यवस्थापन सम्बन्धि कार्य गरिनेछ ।’उनले आफूहरुको पनि गाउँपालिकाको जोखिमको अवस्थाबारे अध्ययन गर्ने सोच भइरहेको बेलामा बाल कल्याण समाज र मर्सिकोरको सहयोगमा काम हुनु आफूहरुलाई सघाउ पुगेको बताइन् । उनले गाउँपालिकाले दातृ निकायसंग समन्वय गर्दैै गाउँ विकासको अभियान चलाउन आफूहरु तयार रहेको पनि बताइन् । 
गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरुले मस्यौदा प्रस्तुतीकरण कार्यक्रममा संस्थाले तयार पारेको विपद् व्यवस्थापन सम्बन्धि योजनाले आफूहरुलाई आगामी दिनमा काम गर्नका लागि सजिलो हुने बताए । बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले हरेक गाउँपालिकाले विपद् व्यवस्थापनका लागि योजना बनाउँनुपर्ने आवश्यक भएको बताउँदै आफूहरुले बकैया गाउँपालिकाको योजना तयार गर्नका लागि आवश्यक सहजीकरण गरेको बताए । ‘मर्सिकोरको सहयोगमा हामीले बकैया गाउँपालिकाको विपद् जोखिमको अवस्था अध्ययन गरेर तयार पारिएको मस्यौदा बुझाएका छौं । ’ उनले भने, ‘अब गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक कार्य गर्न हाम्रो सहजीकरणमा तयार भएको योजनाले सघाउ पु¥याउँछ भन्ने विश्वास लिएका छौं ।’ 
नेपाल रेडक्रस सोसाइटी उपशाखा बकैया गाउँपालिकाका सभापति भरत सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस बकैया गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक हरिहर खनाल लगायत अतिथीले गाउँपालिकालाई प्राप्त मस्यौदा विपद् व्यवस्तापनका लागि गाउँपालिकाको सम्पति भएको बताए । आगामी दिनमा गाउँपालिकाले विपद्को क्षेत्रमा आवश्यक कार्य गर्नका लागि मस्यौदाले सघाउ पु¥याउने कार्यक्रममा सहभागीहरुले बताए । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...