Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

बकैया गाउँपालिकाको जोखिमको अवस्थाबारे तथ्याङ्क लिइदै
गाउँपालिकाको १२ वटै वडामा सङ्कलक खटिए

talim-1519810030.jpg

तालिममा सहभागी सहजकर्ता अभ्यास गर्दै ।


मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको जोखिमको अवस्थाको तथ्याङ्क लिइने भएको छ । गाउँपालिकाको हरेक क्षेत्रको जोखिमको अवस्था विश्लेषण गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तर्जुमाका लागि बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । 
तथ्याङ्क लिनका लागि बकैयाको १२ वटै वडाका लागि फिल्ड सहजकर्ता तयार पारिएको छ । जोखिमको अवस्थाबारे तथ्याङ्क सङ्कलनका लागि बकैया गाउँपालिकाका २१ जना सहजकर्ता छनौट गरि ‘स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना सम्बन्धि तीन दिने तालिम’ समेत दिइएको छ । बकैया गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी छतिवन उपशाखासंगको समन्वयमा बाल कल्याण समाज मकवानपुरले मर्सिकार नेपालको सहयोगमा सहजकर्तालाई तालिम प्रदान गरेको हो । मकवानपुरको हेटौंडामा तीन दिनसम्म सञ्चालित तालिमका सहभागी अब आफ्नो कार्यक्षेत्र फर्किएर जोखिम अवस्थाका विषयमा तथ्याङ्क सङ्कलन गर्नेछन् । ‘तालिम प्राप्त सहजकर्ता अब गाउँपालिकाका वडा–वडा पुगेर हरेक क्षेत्रमा रहेको जोखिमको अवस्था सङ्कलन गर्नेछन् । ’ बाल कल्याण समाज मकवानपुरले सञ्चालन गरिरहेको भूकम्पीय पुनर्लाभ कार्यक्रमका परियोजना अधिकृत रामप्रसाद दाहालले भने,‘जोखिमताको अवस्था पत्ता लगाइसकेपछि जोखिम न्यूनिकरणका लागि आवश्यक योजना तयार पार्न सघाउ पुग्नेछ ।’ परियोजना अधिकृत दाहालका अनुसार तथ्याङ्क सङ्कलनबाट गाउँपालिकाको जोखिमको अवस्थाबारे जानकारी हुनाका साथै जोखिम व्यवस्थापनका लागि आवश्यक योजना निर्माणका लागि सहयोग पुग्नेछ । 
गाउँपालिका, वडा कार्यालयको समन्वयमा काम हुने भएकाले समग्र बकैया गाउँपालिकाको वास्तविक जोखिमताको अवस्था पत्ता लगाउनका लागि तथ्याङ्क सङ्कलनको तयारी गरिएको उनले बताए । 
आफूहरुले स्थानीय तहसंग समन्वय गरेर काम गरिने भएकाले थप प्रभावकारी काम हुने तालिम आयोजक बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । ‘हामीले गर्ने हरेक परियोजनाको कार्यमा स्थानीय तह, जनप्रतिनिधी लगायत सम्बन्धित पक्षसंग समन्वय हुने भएकाले हाम्रा सामाजिक अभियान सफल भएका छन् । ’खतिवडाले भने,‘ जोखिमताको अवस्था पहिचान गर्नका लागि बकैयामा सुरु गरिएको तथ्याङ्क सङ्कलन कार्यले बकैया गाउँपालिकालाई जोखिमको अवस्था जानकारी हुनाको साथै योजना निर्माण गर्न सघाउ पुग्नेछ । ’ 
बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले  नौ महिनाका लागि सञ्चालित ‘भूकम्पीय पुनर्लाभ परियोजना’ वित्तिय साक्षरता तालिम, संरचना निर्माण सहयोग,प्राथमिक उपचार तालिम, विपद्बाट बस्ती बचाउन ग्याबिन तार, सहकारी व्यवस्थापन लगायत कार्यका लागि प्रभावकारी बनिरहेको बताए । परियोजनाबाट प्रदान गरिने विभिन्न तालिम तथा जागरणमूलक अभियानले छतिवनको मुहार फेर्ने परियोजनाका लेखा अधिकृत केशव दाहालले विश्वास व्यक्त गरे । 
गाउपालिकाको जोखिमको अवस्था पहिचान गर्नका लागि प्रदान गरिएको सहजकर्ता तालिम समापनमा बालकल्याण समाजका अध्यक्ष डा. गणेश बल लामा, नेपाल रेडक्रस सोसाइटी छतिवन, विपद् व्यवस्थापन समिति संयोजक हरिहर खनाल लगायतले आफूले तालिमबाट सिकेको शिप प्रयोग गर्न सहजकर्तालाई सुझाव दिए । तालिममा पूर्णभद्र चौलागाईले सहजीकरण गरेका थिए । 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...