सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

समाचार

बालअधिकार अनुगमन समितिको अनुगमन 

24174407_1528010237283881-1512230887.jpg

मकवानपुर । चुनावमा बालबालिका प्रयोग भए नभएको बारेमा आज अनुगमन गरिएको छ । जिल्ला बाल कल्याण समिति मकवानपुरको नेतृत्वको पाँच सदस्यीय टोलीले मकवानपुरको विभिन्न ठाउँको अनुगमन गरेको हो । जिल्ला बाल कल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमालको नेतृत्वमा टोलीले अनुगमन गरेको हो । 
टोलीमा सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, साहस नेपालका प्रताप श्रेष्ठ, एस्थर बेञ्जामिन स्मृति संस्थाका केदार आचार्य, बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरीको सहभागिता थियो । 
अनुगमनमा भैंसे, निबुवाटार,भीमफेदी, कुलेखानी,चित्लाङ्, बज्रबाराही, टिष्टुङ्, पालुङ, दामन, नामटारमा बालबालिका चुनावमा प्रयोग भए नभएको बारे अनुगमन गरेको हो । अनुगमनमा सहभागी बालअधिकारकर्मी सुशीलराज गिरीका अनुसार चुनावका लागि अनुगमन गरिएको कुनै पनि ठाउँमा बालबालिका प्रयोग नभएको पाइएको हो । ‘हामीले अनुगमनका क्रममा विभिन्न ठाउँमा पुगेर प्रत्यक्ष रुपमा बालबालिका प्रयोग भए नभएको बुझ्यौं, कतै पनि बालबालिका प्रयोग भएको पाइएन ।’ गिरीले भने,‘ दलहरुमा पनि विस्तारै बालबालिका प्रयोग गर्न हुन्न भन्ने भावना विकास भएको छ ।’        
निर्वाचन आयोगले जारी गरेको  आचारसंहितामा निर्वाचनका बेलामा कुनै पनि बालबालिका प्रयोग गर्न नपाइने उल्लेख छ । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधन २०७४ मा बालबालिकासंग प्रत्यक्ष संशोधित बुँदा नम्बर ४ (ड) मा उल्लेखित ‘निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउँन नहुने’ प्रावधान छ । तर निर्वाचनमा बालबालिका प्रयोगमा कमी भएपनि रोकिएको भने पाइदैन । 
मकवानपुरमा जिल्ला बालकल्याण समिति मकवानपुरले आचारसंहिता विपरित बालबालिका प्रयोग भए नभएको बारे अनुगमन गर्नका लागि एघार सदस्यीय टोली बनाएको छ । टोलीले मकवानपुरको हेटौंडा उपमहानरपालिका तथा जिल्लाको विभिन्न ठाउँमा अनुगमन गर्ने तयारी छ । 

24131498_1528010233950548-1512230942.jpg
siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...