Sunday, 21st October, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सम्पादकीय

बाल अधिकारको सवाल

अहिले बालअधिकारको पक्षमा वकालत गर्ने संघसंस्था गाउँगाउँमा छन् ।  बालअधिकारको बारेमा गाउँ गाउँ टोल टोलमा बालअधिकारका विभिन्न पक्षको वारेमा आवज सुनिन र समाजमा यसको चासोमा निकै बृद्धि भएको खवरहरू सुन्न, बुझ्न र देख्न पाउँछौ । जुन सुकै समाज र राष्ट्रको भविष्यका धरोहरका रूपमा रहेका बालबालिकाहरूको अधिकारको बारेमा थोरै भए पनि सरकारी तथा गैर सरकारी संस्थाहरू तथा स्वयं बालबालिका हरूमा जानाकारी लिने मौका पाउनु आफैमा सकारात्मक पक्ष हो । त्यसमा पनि शिक्षक, अभिभावक तथा समुदायहरूमा बालअधिकारका विषयमा गम्भिर हुनलाई नेपालमा बहुदलीय प्रजातन्त्रको पुनरस्थापना पछि बालबालिकाहरूको संरक्षण र विकासको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको रूपमा लिन पर्ने हुन्छ । बालअधिकारको वारेमा चेतना अभिवृद्धि हुनुमा सरकारी पक्ष, अभिभावक, नागरिक समाज तथा बालअधिकारसँग कार्यरत संघ संस्थाको महत्वपूर्ण योगदान रहेको छ ।

सन् १९८९ नोभेम्बर २० मा पारित बालअधिकार महासन्धिलाई सन् १९९० सेप्टेम्बर १४ मा नेपाल सरकारले पनि हस्ताक्षर गरी अनुमोदन गरे पश्चात अझ सशक्त ढङ्गबाट अघि बढ्दै चासो र चर्चाको विन्दु बन्नु, चेतनास्तर क्रमश ः बृद्धि हुनु, बालक्लवहरू गठन हुनु आफैमा सकारात्मक छ तथापी महासन्धिमा उल्लेखित चार बुँदा, बालबचाउ, बालसंरक्षण, बालविकास र बाल सहभागिताको कार्यन्वयनको प्रकृयामा सरकारले २०४८ मा बालबालिका सम्बन्धि ऐन र २०५१ मा बालबालिका सम्बन्धि नियमावली र बालबालिका सम्बन्धी नीति २०६९ मा महासन्धिमा उल्लेखनीय मुख्य चार कुराहरूलाई स्पष्ट रूपमा व्यवस्था गरेको छ । बालबालिकाहरूको बाँच्ने, संरक्षण हुने, व्यक्तित्व विकास गर्ने र सहभागिताको जुन व्यवस्था गरेको छ वास्तवमा नै यिनै कुराहरू नै बालअधिकार हुन् । बालबालिका बाच्न पाउने अधिकार भनेको जन्मसिद्ध अधिकार हो । सम्मानित रूपले घर, परिवार, समाज र राज्यले बालबालिकाहरूको उचित स्याहर, पौष्टिक आहार, आवस, स्वच्छ वातावरण, स्वस्थ्यको रक्षा बालक र आमाको स्वस्थ्य रक्षा गरि सुरक्षित जन्म र जन्म दर्ता जस्ता कुराहरू बाल बचावट भित्र पर्दछन् । 

बालसंरक्षणको अधिकार भित्र कुनै पनि आधारमा बालबालिकाहरू भेदभाव गर्न नपाई शारीरिक र मानसिक शोषणहरू जस्तै यौन शोषण, श्रम शोषण, विभिन्न प्रथाहरूमा लगाउनबाट संरक्षण गर्ने बालविवाह, कुलत दुव्र्यवहार, अपहेलना, उत्पीडन तथा बालबालिकाको हित विपरित हुने जुनसुकै कामबाट पनि बालबालिकालाई संरक्षण गर्नु बालसंरक्षणमा पर्दछन् । बाल बचावट र संरक्षणको अधिकार सँग बालबालिकाहरू शारीरिक र मानसिक विकास जरूरी भएको कुरा महासन्धिले दर्शाएको छ । जस अन्तर्गत निशुल्क र अनिवार्य शिक्षा, मनोरञ्जन, खेल, आराम, विभिन्न बौद्धिक विकासका क्रियाकलाप अर्थात प्रतियोगिताहरूमा भाग लिने माया ममता आदि पाउने कुरा उल्लेख छन् । हाम्रो देश नेपालको सन्दर्भ बाल अधिकार महासन्धिमा उल्लेखित कुराहरूको व्यवहारमा कार्यन्वयन गर्ने दायित्व नेपाल सरकारको हो । यो अभियानमा सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजले पनि विभिन्न भूमिका निर्वाह गरिरहेका छन् । बाल अधिकार बाल अधिकारका क्षेत्रमा क्रियाशील सबैको सरोकारको विषय हो । यसर्थ, यसका अभियन्ताहरु बाल अधिकार प्रत्याभूत गराउने काममा लागिपर्नुपर्ने देखिन्छ । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...