Tuesday, 19th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
सबैको भूमिका अपरिहार्य 

bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक कार्ययोजना सहित सरोकारवालाहरुले सघाउ पुर्याउनुपर्नेमा जोड दिइएको छ । मकवानपुरको हेटौंडामा बाल कल्याण समाज मकवानपुरले बालिका दुलही होइनन्,राष्ट्रिय सञ्जाल नेपालको सहयोगमा शुक्रबार आयोजना गरेको ‘बाल विवाह अन्त्यका लागि प्रदेश स्तरिय नीतिगत छलफल कार्यक्रम’ मा सहभागी सरोकारवालाले यस्तो जोड दिएका हुन् । 
कार्यक्रममा प्रदेश ३ का सांसद जुनेली श्रेष्ठले बाल विवाह अन्त्य हुनुपर्ने आवाज लामो समय देखि उठिरहे पनि नीतिगत रुपमा कार्ययोजना बनाएर प्रदेश सरकार अघि बढेकाले अब सार्थकता पाउँने विश्वास व्यक्त गरिन् । ‘आगामी तीन वर्षभित्र प्रदेश ३ लाई बाल विवाहमुक्त बनाउँने अभियानमा प्रदेश सरकार छ ।’ उनले भनिन्, ‘प्रदेश सरकारले अघि बढाएको यो महत्वपूर्ण नीति तथा कार्यक्रमलाई सफल बनाउँन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ । ’सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा लाई सार्थकता दिनका लागि पनि बाल विवाह अन्त्य गर्न सरोकारवालाहरुका साझा कार्यक्रम आउँनुपर्नेमा उनको जोड छ । 
सांसद श्रेष्ठले पछिल्लो समय नेपालमा बढ्दो सूचना प्रविधिको विकासका कारण पनि बाल विवाह हुने गरेको बताउँदै अब जनप्रतिनिधी,सरकारी एवम् गैरसरकारी संघसंस्थाका प्रतिनिधी लगायत सरोकारवाला योजनाबद्घ रुपमा लागेमा प्रदेश सरकारले अघि सारेको तीन वर्षभित्र बालविवाह अन्त्य गर्ने लक्ष्य पूरा हुने बताइन् । 
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मुलुकको समृद्घि र उन्नतीका लागि विभिन्न सामाजिक समस्याहरु अन्त्य गरिनुपर्नेमा जोड दिदैं बालविवाह अन्त्य गर्न सकिए विकासको गतिले फड्को मार्ने धारणा राखे । ‘बालविवाहका कारण व्यक्ति, परिवार, समाज तथा राष्ट्रमै विभिन्न समस्या आइपर्छन् ।’ प्रमुख खुलालले भने,‘सिंहदरबारको अधिकार अब घरदैलोमा आइपुगेको छ बालविवाह जस्ता सामाजिक अपराध अन्त्य गर्ने सवालमा सरकारलाई सबै मिलेर सघाउनुपर्दछ ।’ प्रमुख खुलालले बाल विवाह अन्त्य गर्ने साझा सवालमा गैससहरुले खेलिरहेको भूमिका प्रभावकारी बनेको बताए । ‘ बालकल्याण समाज मकवानपुर जस्ता समाजका नमूनालायक गैससको भूमिका बाल विवाह अन्त्यका लागि प्रभावकारी छ । ’ उनले भने,‘अरु सामाजिक अभियानमा लागिपरेका गैससहरुले पनि बालविवाह अन्त्य गर्ने सवालमा एक जुट भएर अघि बढ्नु आवश्यक छ । ’ 
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव शम्भुप्रसाद भट्टराईले बालविवाह अन्त्यका लागि मन्त्रालयले सामाजिक जागरणको काम गरिरहेको जानकारी दिए । गरिबी, अशिक्षा, बेरोजगारी लगायत समस्याका कारण पनि वाल विवाह भइरहेकाले समाजमा जागरणको काम आवश्यक रहेको बताए । 
केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले नेपाल सरकारले सन् २०३० भित्र नेपालमा बाल विवाह अन्त्य गर्ने नीति लिएकाले सरकारको लक्ष्य सफल बनाउँन बालअधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको पनि साथ आवश्यक भएको बताए ।  
बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बालविवाह विरुद्घ सकारको रणनीतिक योजनाका विषयमा बालिका दुलही होइनन्, राष्ट्रिय सञ्जाल नेपालका केन्द्रिय सदस्य अजित आचार्य, मकवानपुर लगायत १४ जिल्लामा बाल विवाहका सम्बन्धमा गरिएको सर्वेक्षणका विषयमा बाल अधिकारकर्मी सुशीलराज गिरी, मकवानपुरमा बाल विवाहको अवस्थाका विषयमा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले प्रस्तुतीकरण गरेका थिए । 
प्रदेशस्तरिय नीतिगत छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत दुर्गा घिमीरे, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्ण घिमीरे, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, केन्द्रिय बाल कल्याण समितिका सदस्य निशा न्यौपाने, केन्द्रिय बालकल्याण समितिका मिठु आचार्य, सिविन बाल हेल्पलाइन हेटौंडाका कार्यक्रम संयोजक भविन्द्र ज्ञवाली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रकाश श्रीमल, समृद्घ समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ लगायतले प्रदेश सरकारले २०७५ साल भित्र बाल विवाह अन्त्य गर्ने महत्वकांक्षी लक्ष्य पूरा गर्न सबै सरोकारवाला जिम्मेवार भएर लागिपर्नुपर्ने बताए । 
कार्यक्रम आयोजक बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बाल विवाह अन्त्यका लागि बालिका दुलही होइनन्, राष्ट्रिय सञ्जालसंग सहकार्य गरेर विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिए । 

 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...