Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

बाल विवाह अन्त्यका लागि बहस 

hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार हेटौंडामा बाल कल्याण समाज मकवानपुरको आयोजना तथा बालिका दुलही होइनन्, राष्ट्रिय सञ्जाल नेपालको सहकार्यमा आयोजित ‘बाल विवाह अन्त्यका लागि नीतिगत संवाद’ कार्यक्रमका सहभागीले बाल विवाह अन्त्यका लागि योजनाद्घ रुपमा अघि बढ्नु आवश्यक रहेकोमा जोड दिए । 
बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाको प्रमुख आतिथ्यमा संवाद भएको हो । कार्यक्रममा मकवानपुरमा गरिबी, अशिक्षाका कारण तथा आफूखुशी बाल विवाह बढी हुने गरेको पाइएको भन्दै जिल्लाका सरोकारवालाले चिन्ता व्यक्त गरे । प्रदेश ३ सरकारले वि.सं.२०७८ भित्र बाल विवाहमुक्त प्रदेश बनाउने लक्ष्य लिएकाले सो लक्ष्य पूरा गर्नका लागि हेटौंडा उपमहानगरमा बाल विवाह अन्त्यका लागि अपनाइनुपर्ने रणनीतिका विषयमा छलफल भएको हो । कार्यक्रमका अध्यक्ष बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले सरोकारवाला सहभागीलाई हेटौंडा उपमहानगर कहिले बालविवाह मुक्त हुने भनेर प्रश्न गर्दा कार्यक्रमका सहभागी सरोकारवालाले बाल विवाहको मुख्य कारक पत्ता लगाई विभिन्न योजनाहरु बनाइनुपर्नेमा जोड दिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष अनिल बानिया,हेटौंडा उपमहानगरपालिकाका भीमप्रसाद तिमल्सिना, शंकरप्रसाद उपाध्याय, बालअधिकार अभियन्ता सुशिलराज गिरी लगायतले बाल विवाह अन्त्य आवश्यक योजनाका विषयमा आफ्नो धारणा राखेका थिए । 
 

hetauda123-de-1529994861.jpg
hetauda123-de-1529994872.jpg
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...