Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

विदेश

भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा

काठमाडौं । भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्घाटन समारोहमा भन्नुभयो, ‘भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।’

भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘हामीले अहिलेसम्म २० गिगावाट विद्युत सौर्य शक्तिबाट उत्पादन गर्न सफल भइसकेका छौँ । भारतमा अहिले परम्परागत स्रोतबाट विद्युत निकालिरहेको सन्दर्भमा थप विद्युत उत्पादनको स्रोत नवीकरणीय उर्जालाई बनाइनेछ ।’ 

सरकारले ‘सौर्य अध्ययन बत्ती योजना’ मार्फत ७० लाख विद्यार्थीलाई उज्यालोको पहँुच दिनेछ । ‘अटल ज्योति योजना’को उद्देश्य भारतीय सडकमा बत्तीको प्रवन्ध गर्नु भएको र यसलाई सौर्य उर्जाको सहायतामा सफल पार्ने उहाँको भनाए थियो । 

प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘यदि सौर्य शक्तिलाई प्रविधिका अन्य क्षेत्रमा पनि जोड्न सकियो भने यसबाट मुलुकको विद्युतको मागलाई थप परिणाममुखी बनाउन सकिनेछ ।’ 

भारत सरकारले २८ अर्ब एलइडी बल्ब बाँडेर गएको तीन वर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको धनराशी जोगाएको छ भने ४ गिगावाट विद्युत खपतलाई पनि बचाएको प्रधानमन्त्री मोदीले  जानकारी दिनुभयो । यसबाहेक यस योजनाले तीन करोड टन कार्बन डाईअक्साइड उत्सर्जन हुनबाट जोगाएको छ । 

भारतले विभिन्न १५ विकासोन्मुख मुलुकमा एक अर्ब चार करोड अमेरिकी डलर बराबरको २७ सौर्य योजना सञ्चालनमा ल्याउन लागेको पनि कार्यक्रममा बताइएको थियो । -

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...