Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

बालबालिकाको क्षेत्रमा काम गर्दा सहकार्य गरिने
भीमफेदीमा स्थानीय तहमा बजेट योजना प्राथमिकीकरण सम्बन्धि अभिमुखीकरण

bhimphedi-1509508022.jpg

मकवानपुर। मकवानपुरको  भीमफेदी गाउँपालिकामा बाल संरक्षण र बाल विकासका लागि स्थानीय तहमा बजेट योजना प्राथमिकीकरण सम्बन्धि अभिमुखीकरण भएको छ । भीमफेदी गाउँपालिकाको आयोजना, प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोग र बालकल्याण समाज मकवानपुरको प्राविधिक सहयोगमा एक दिने अभिमुखीकरण भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँपालिकामा रहेका बालबालिका तथा महिलाको समस्या पहिचान गरी समाधानका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्घता व्यक्त गरे । उनले गाउँपालिकामा बालकल्याण समाज मकवानपुरमार्फत थालिएको बाल संरक्षण र विकासका लागि गरिएको अभिमुखीकरण प्रभावकारी रहेको समेत बताए । ‘गाउँपालिकामा रहेका बालबालिका तथा महिलाको समस्या समाधानका लागि आवश्यक कार्य गर्नका लागि अभिमुखीकरणबाट सचेत बनाउँने काम भएको छ, यो अत्यन्त प्रभावकारी छ ।’
अध्यक्ष लामाका अनुसार भीमफेदी गाउँपालिकामा बालबालिका तथा महिलाका लागि बास्केट फन्डमार्फत ७५ लाख रुपिया छुट्टाएको छ । गाउँपालिकामा बाल विवाह, अध्ययनबाट बञ्चित लगायत समस्या आफ्नो गाउँपालिकामा रहेको पनि उनले औल्याए । बालबालिकाका समस्या समाधानका लागि सरकारी तथा गैर सरकारी निकाय मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । भने,‘ बालबालिकासंग सम्बन्धि समस्या वा अधिकारको सवालमा कार्य गर्दा सरोकारवाला निकायसंग सहकार्य गरी अघि बढ्ने गाउँपालिकाको नीति अनुसार हामी कदम चाल्छौं ।’ बालकल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनसंगको सहकार्यमा आफ्नो गाउँपालिका सरोकारवालाका बिचमा सहकार्यका लागि समन्वय गराउँने काम गरेर आफूहरुलाई काम गर्न सहजता भएको अध्यक्ष लामाले बताए ।
भीमफेदी गाउँपालिकाले बालबालिकासंग सम्बन्धि समस्या समाधानका लागि गैर सरकारी संस्थासंग संयुक्त योजना बनाई सहकार्य गरी अघि बढ्ने उनले जानकारी दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती रानाले गाउँपालिकामा बालअधिकारका सवालमा गैर सरकारी तथा सरकारी निकायसंग आपसमा समन्वय गरी अघि बढ्ने बताइन् ।
यस्तै, गाउँपालिकाका ४ नम्बर वडा अध्यक्ष क्षेत्रबहादुर पाण्डे, ५ नम्बर वडा अध्यक्ष जारसिंह लामा, ६ नम्बर वडा अध्यक्ष सितारामा थापा लगायतले आफ्नो वडामा बालबालिकासंग सम्बन्धि कार्य गर्दा सरोकारवालासंग छलफल गरेर गर्ने बताए । बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले अभिमुखीकरणमा सहजीकरण गर्दै बाल अधिकारको क्षेत्रमा काम गर्दा सरकारी नीत अनुशरण गर्दै राज्यलाई नै सघाउने योजना आफूहरुको रहेको उनले बताए ।
अभिमुखीकरणमा गाउँपालिकाका जनप्रतिनिधी, महिला सहकारीका प्रतिनिधी, जिल्ला बालक्लवका प्रतिनिधी, गाउँपालिकाका कर्मचारी लगायत गरी २५ जनाको सहभागिता रहेको बालकल्याण समाजका अमित श्रेष्ठले जानकारी दिए ।   

 

bhimphedi-2-1509508046.jpg
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...