Saturday, 20th October, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मउवासंघ साधारणसभा : राजकुमार न्यौपानेले स्वागत भाषणमा पोखे दुःखेसो !
‘काम गर्न दिइएन, मिडिया पनि म विरुद्द लाग्यो’

mcci-1514639157.jpg

मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा


मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारणसभा जारी छ । सभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् । सभा उद्घाटन गर्दै उनले अब नयाँ नेपाल बनाउने जिम्मेवारी नीजी क्षेत्रको काँधमा आएको बताइन् । उनले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै अब नयाँ नेपालमा हुने आर्थिक समृद्धिको नेतृत्व लिन उद्योगी व्यवसायी पनि तयारी अवस्थामा रहनुपर्ने बताइन् ।  
मकवानपुरको विकासको मुल प्रवाह निर्माणाधिन फस्ट ट्र्याक तथा निजगढ विमानस्थल रहेको भन्दै उनले मकवानपुर पर्यटन विकासको सम्भावना भएको जिल्ला रहेको जोड दिइन् । सभामा सांसदहरु कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायतले उद्योगी व्यवसायीको समस्याबारे आफ्ना धारणा राखे । सभाका अवसरमा पत्रकारितामार्फत उद्योग उद्योग वाणिज्य संघको गतिविधिलाई प्रचार प्रसार गरेको भन्दै अन्नपूर्ण पोष्ट दैनिकका मकवानपुर संवाददाता, श्री अखबार साप्ताहिकका प्रकाशक तथा गुगलपाटी डटकमका सम्पादक कृष्ण सारु मगर, हेटौंडा एफ्एम्का संवाददाता विवश अधिकारी, जनता तथा टिम टेलिभिजनका संवाददाता पुष्पराज अधिकारी, न्यूज ट्वान्टीफोर टेलिभिजनका संवाददाता देवराज पन्तलाई पुरस्कृत गरिएको छ । 
अध्यक्ष न्यौपानेको दुःखेसो 
सभामा स्वागत मन्तव्य राख्दै गर्दा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने भावुक बने । उनले वर्तमान कार्य समितिको नेतृत्व आफूले गरेपनि आफूलाई अनेक घेराबन्दीमा पारिएको दुःखेको गरे । ‘मैले सबै व्यवसायीको हितमा काम गरे, राती १२ बजे भनेपनि व्यवसायीको दुःखमा साथ दिनका लागि पुगे ।’ उनले दुःखेसो पोखे,‘तर मेरो कामको मूल्याङ्कन संघका कार्य समिति सदस्य कसैले पनि देख्नुभएन ।’ उनले आफ्नो कार्यकालमा भवन निर्माण गर्न खोज्दा अवरोध गर्ने काम भएको बताए । ‘संघको भलाईका का लागि मैले विभिन्न कार्य गरे तर मलाई विभिन्न समस्यामा पारियो ।’ उनले भने,‘मेला महोत्सव गरियो, त्यहाँ पनि भाँडभैलो गर्ने काम भयो ।’ संस्थाका लागि अहिले आफूले ४० लाख रुपिया आम्दानी गराइदिए पनि कसैले पनि नदेखेको गुनासो गरे । उनले आफूले जीवनमा नपाएको दुःख संस्थाको नेतृत्व गर्दा पाएको बताए । ‘मैले के गल्ती गरेको थिए र ? सबै व्यवसायीको हकहितका पक्षमा लागिपर्दा  पनि मलाई काम गर्न दिइएन । ’ अध्यक्ष न्यौपानेले आफूलाई संघमा काम गर्दा कसैले राम्रो नभनेको गुनासो गरे । ‘भूकम्प तथा नाकाबन्दीका बेलामा मैले आफ्नो भूमिका निर्वाह गरे ।’उनले भने, ‘नाकाबन्दीमा व्यवसायीलाई दुई लिटरका दरले पेट्रोल बाँड्ने काम गरे । तर मलाई नै काम गर्नका लागि अप्ठ्यारो पारियो । ’ उनले आफ्ना विरुद्घल मिडियामा प्रचार गराउने काम समेत हुँदा दुःख लागेको बताए । स्वागत भाषण गर्न उभिएका न्यौपानेले पूरा समय आफ्ना गुनासो गरेर सकाए । 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...