Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मकवानपुरका चार वटा सामुदायिक वनमा सालकको अवस्था अध्ययन  

salak-1520580702.jpg

मकवानपुर । अति संकटापन्न अवस्थामा रहेको सालकको अवस्थाका बारेमा मकवानपुरमा अध्ययन गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले संकटापन्न अवस्थामा पुगेको स्तनधारी सालकको अवस्थाबारे मकवानपुरको चार वटा सामुदायिक वनमा अध्ययन थालेको हो । मकवानपुरका न्युरेनी, चुच्चेखोला, अशोक सामुदायिक लगायत चारवटा सामुदायिक वनमा सालकको विषयमा अध्ययन सुरु गरिएको जनाइएको छ । सालकको अध्ययनका लागि अत्याधुनिक खालका ३० वटा क्यामरा राखेर क्यामेरा ट्रयापिङ विधिबाट सर्भे गरिएको हो । लजालु स्वभावको स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा अवैध व्यापार हुन्छ । यसको नेपालमा खासै अध्ययन भएको छैन । विश्वमा आठ वटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले पारिस्थितिकीय प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्छ ।
मकवानपुरमा सालक संरक्षणका लागि विगत वर्षदेखि नै विभिन्न अभियान सञ्चालन गरिदै आइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले हरियो वन कार्यक्रमको सहयोगमा सालक सर्भेक्षण शुरु गरेको हो । कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईका अनुसार सर्वेक्षणबाट सालकको अवस्थाबारे पत्ता लागेको जानकारीबाट संरक्षणमा टेवा पुग्नेछ । सालकको अवस्थाबारे जानकारी हासिल गर्नका लागि मकवानपुरको रानीवन सामुदायिक वनमा बिहीबारदेखि काम शुभारम्भ गरिएको हो । 
विश्वमै दुर्लभ भएकाले नेपाल सरकारले यो प्रजातिलाई संरक्षित सूचीमा राखेर संरक्षणका लागि आवश्यक कार्य गरिरहेको हो । मकवानपुरको हेटौंडामा रहेको रानी सामुदायिक वनमा विगत १२ वर्षदेखि सालक संरक्षणको कार्य गरिदै आइएको छ । संरक्षणको अभावमा रहेको सालकको वास्तविक अवस्था पत्ता लगाएर संरक्षणको लागि आवश्यक कार्य योजनामा लागिने वन समूहले जनाएको छ ।  
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg