Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मकवानपुरका सबै स्थानीय तहमा महासंघ निर्माण 
सामुदायिक वन महासंघ नयाँ संरचनामा 

ban-news-pic-1528205592.jpg

मकवानपुर । राज्यको पुनः संरचनासंगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पनि पुन : संरचनाको अभियानले तिब्रता पाएको छ । अभियान अन्तर्गत मकवानपुरको दश वटै स्थानीय तहमा सामुदायिक वन उपभोक्ता महासंघ कार्य समिति गठन भएका छन् । जिल्ला तहमा जिल्ला स्तरको महासंघ गठन गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय महासचिव भारती पाठकले जानकारी दिइन् । ‘सामुदायिक वन उपभोक्ता महासंघलाई पनि देशको नयाँ संरचना अनुसार लगेका छौं ।’ महासचिव पाठकले भनिन्,‘स्थानीय तहमा महासंघ कार्य समिति निर्माणको कार्य सकेर प्रदेश र संघीय कार्य समिति निर्माणको तयारीमा होमिएका छौं । ’ 
महासचिव पाठकका अनुसार मकवानपुरमा साधुराम चौलागाईंको नेतृत्वमा जिल्ला स्तरको महासंघ निर्माण गरिएको छ भने हेटौंडा उपहामनगर, थाहा नगर तथा मकवानपुरका ८ वटा गाउँपालिकामा पनि महासंघ गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिकामा शम्भुप्रसाद न्यौपाने, थाहा नगरपालिकामा शिवराम थापा, मकवानपुरगढी गाउँपालिकामा बलराम अधिकारी, भीमफेदी गाउँपालिकामा शिव रुम्बा, बागमती गाउँपालिकामा दलबहादुर राई, बकैया गाउँपालिकामा भक्तबहादुर खत्री, राक्सिराङ गाउँपालिकामा केशव भारती, कैलाश गाउँपालिकामा बच्चुराम ढुङ्गाना, इन्द्रसरोवर गाउँपालिकामा सावित्री गौतम र मनहरी गाउँपालिकामा हेमलाल उप्रेतीको अध्यक्षतामा स्थानीय तह स्तरिय सामुदायिक वन उपभोक्ता महासंघ निर्माण गरिएको हो । 
स्थानीय तहमा महासंघ निर्माणसंगै महासंघको प्रदेश अधिवेशनका लागि पनि प्रतिनिधी छान्ने काम भएको हो । स्थानीय तहमा सामुदायिक वन उपभोक्ता महासंघ निर्माणसंगै स्थानीय तहमा निर्माण हुने वन सम्बन्धि कानूनमा स्थानीय सरकारसंग समन्वय गर्ने, समुदायको अधिकार स्थापित गर्न विभिन्न सरोकारवाला र निती निर्मातासंग समन्वय, सहकार्य र संवाद गर्ने, मकवानपुरमा रहेका सम्भावित सामुदायिक वन उपभोक्ता समूहमा पर्यापर्यटनको विकासका लागि सबै पक्षसंग सहकार्य गर्ने निर्णय पनि गरिएको छ । यस्तै, सामुदायिक वन उपभोक्ता समूहमार्फत गरिब, विपन्न, महिला, दलित, जनजाति, आदिवासी र पछाडी पारिएका समुदायको जीविकोपार्जनमा परिवर्तन ल्याउँन तथा उद्यम सञ्चालन गर्न, नेतृत्व एवम् क्षमता विकास गर्न समन्वय–सहकार्य गर्ने, सामुदायिक वन उपभोक्ता समूहमा आएका समस्या समाधान गर्न नेपाल सरकारसंग संवाद गर्ने लगायतका कार्य गर्न पनि सामुदायिक वन उपभोक्ता महासंघ लागिपर्ने भएको छ । 
देशमा संघीयताको कार्यान्वयनसंगै सामुदायिक वन उपभोक्ता महासंघको संरचनामा पनि परिवर्तन गरी सामुदायिक वन तथा स्थानीय नागरिकलाई अधिकार सम्पन्न बनाउँने अभियानमा आफूहरु लागिपरेको महासचिव पाठकले बताइन् । सरकारले ल्याउन लागेको राष्ट्रिय वन नितीमा सामुदायिक वन र वन क्षेत्रका नागरिकलाई अधिकार सम्पन्न बनाउँनका लागि आफूहरुले पहल गरिरहेको उनले बताइन् । महासचिव पाठकले प्रदेश स्तरिय महासंघ निर्माणपछि संघीय महासंघको महाधिवेशन तयारीमा आफूहरु लागिपरेको  बताइन् । मकवानपुरको हेटौंडा निवासी केन्द्रिय महासचिव पाठकले महासंघको आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारी आफूले पाउँने आशा पनि व्यक्त गरिन् । 

ban-mahasangh-logo-1528204815.jpg
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg