Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

मकवानपुरगढीमा बालसंरक्षण समिति गठन अभियान

bal-news-pic-1526035712.jpg
मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षण समिति गठन कार्यले तिब्रता पाएको छ । बालकल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनलको सहयोगमा गाउँपालिकाका विभिन्न वडामा वडास्तरिय बाल संरक्षण समिति गठन कार्य गरिरहेको हो । गाउँपालिकामा बालबालिका संरक्षणमा टेवा पुर्याउने उद्देश्यले बाल संरक्षण समिति गठन भएको हो । शुक्रबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्ष बखानसिं पाख्रीनको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय बालसंरक्षण समिति गठन गरिएको छ । समिति सदस्य सचिवमा वडा सचिव ज्ञानु तिमल्सिना रहेकी छिन् भने वडामा रहेका विभिन्न विद्यालय, बालक्लव, जन प्रतिनिधी, होटल व्यवसायी, महिला स्वयम् सेविका लगायत सदस्य छन् । समिति सदस्यहरुमा सावित्री विश्वकर्मा, दाशरथी उपाध्याय, कल्पना गौतम, तेजकुमारी अवस्थी, गोपाल गौतम, हृयराज थिङ, सलिना ठाडा, शान्ति स्याङ्तान, चेतबहादुर शिवभक्ति, डोलप्रसाद भट्ट, मोहनराज स्याङ्तान, केशवप्रसाद गौतम, सीताकुमारी अधिकारी लगायत रहेका छन् । वडास्तरमा बालसंरक्षण समितिको आवश्यकता, महत्व, स्थानीय बालसंरक्षणको सवाल लगायतका विषयमा अन्तरक्रिया गर्दै समिति निर्माण गर्ने आफूहरुको अभियान अन्तर्गत मकवानपुरगढीमा बाल संरक्षण समित गठन कार्यलाई तिब्रता दिइएको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए । प्रबन्धक फुयालका अनुसार मकवानपुरगढीका आठ वटै वडामा बालसंरक्षण समिति गठनको कार्यमा प्लान इन्टरनेशनलसंग सहकार्य भइरहेको हो । यसअघि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष आइतसिं लोको अध्यक्षतामा १७ सदस्यीय, वडा नम्बर ४ मा वडाअध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय र वडा नम्बर ८ का अध्यक्ष कुमार घिसिङको अध्यक्षतामा १५ सदस्यीय बाल संरक्षण समिति निर्माण गरिएको थियो । मकवानपुरका विभिन्न गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउँने अभियान अन्तर्गत बाल संरक्षणको कार्यमा मकवानपुरमा आफूहरुले स्थानीय तह तथा विभिन्न साझेदार संस्थासंगको सहकार्यमा योजनाबद्घ रुपमा विभिन्न कार्य गर्दै आइरहेको बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...