Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

मकवानपुरगढी आमभञ्ज्याङमा गरियो यस्तो प्रतिबद्दता !

news-pic-final-1514352971.jpg


मकवानपुर । मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङमा बालविवाह, वहुविवाह, बालश्रम, मानव बेचविखन,बालयौन दुव्र्यवहार तथा महिला हिंसा विरुद्घ क्रियाशील रहने सामुहिक प्रतिबद्दताज नाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, आमभञ्ज्याङ्को आयोजना, प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोग तथा बाल कल्याण समाज मकवानपुरको प्राविधिक सहयोगमा आमभञ्याङ्को बागदलीमा आयोजित पुरुष वर्गलाई लक्षित गरेर लैङ्गिक हिंसा अन्त्यका लागि पुरुषको सहभागिता र योगदान विषयक एक दिवशीय अभिमुखीकरणमा सहभागी भएका स्थानीयले यस्तो प्रतिबद्दता व्यक्त गरेका हुन् ।
अभिमुखीकरणमा सहभागी भएपछि महिलालाई हेर्ने आफ्नो दृष्टिकोण नै परिवर्तन भएको भन्दै उनीहरुले प्रतिबद्दतापत्रमा हस्ताक्षर नै गरेका छन् । ‘पुरुष र महिला बिच विभेदका कारण नै समाज अगाडी बढ्न सकेको छैन ।’ अभिमुखीकरणमा सहभागी स्थानीय कृष्णप्रसाद घिमीरेले भने,‘समुदायमा समस्याका रुपमा रहेका बालविवाह, वहुविवाह, बालश्रम, मानव बेचविखन,बालयौन दुव्र्यवहार, महिलाहिंसा लगायतमा जागरणको खाँचो भएकाले नै सामुहिक प्रतिबद्दता जनाइएको हो ।’ प्रतिबद्घता केवल प्रतिबद्घतामा मात्र सिमित नराखी पूर्ण कार्यान्यनका लागि पनि आफूहरु लागिपर्ने उनी बताउँछन् । ‘एउटा कार्यक्रमको अवसरमा गरिएको प्रतिबद्घता हो भनेर चुपचाप बसिने छैन, आवश्यकता बमोजिम समाज जागरणको अभियानमा लागिनेछ ।’ उनले भने ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टीकाप्रसाद दाहालले गाउँमा हुने साना जागरणका अभियानले पनि मानिसमा चेतना बढाउँने बताउँदै सामुहिक रुपमा गरिने प्रतिबद्घताले समाज रुपान्तरणका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘लैङ्गिक हिंसा गर्नुहुन्न भनेर थाहा भएकाहरुबाट पनि हिंसा हुने गरेको पाइन्छ । तर बेलाबेलामा मानिसको चेत खुलाउन जागरणमूलक अभियानले आवश्यक पर्छ ।’ उनले भने । आफ्नो नेतृत्वमा रहेका वडामा सबै क्षेत्र र वर्गको अधिकारका लागि सबैसंग समन्वय गरेर काम गर्ने उनले प्रतिबद्घता पनि व्यक्त गरे ।
अभिमुखीकरणमा सहभागी भएका ३६ जना पुरुष र २ जना महिलाले आफूहरु अब सामाजिक अभियानमा लागिपरेको बताउँदै आफू कुनै हिंसा, दुव्र्यबहार जस्ता कार्यमा सहभागी नहुने र अरुबाट पनि हुन थालेमा रोक्ने प्रतिबद्घता जनाएका हुन् । अभिमुखीकरणमा सहजीकरण गरेका बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक एवम् मेनइन्गेज एलाइन्सका केन्द्रीय सल्लाहकार प्रकाश खतिवडाले गाउँमा लैङ्गिकतामा आधारित हिंसाविरुद्घ आवाज उठाउने सामाजिक अभियन्ता तयार हुँदा आफूलाई खुशी लागेको बताए । ‘हामी लामो समयदेखि बालअधिकार, महिला अधिकार, किशोरकिशोरी लगायतका सवालमा काम गर्दै आइरहेका छौं । ’ उनले भने, ‘हामी त्यतिखेर आफ्ना अभियान सफल भएको ठान्छौं जब समुदायका मानिसमा यसरी स्वःस्फुर्त रुपमा सामाजिक विकृत विरुद्घ लाग्ने भावना जागृत हुन्छ । ’ बालअधिकारकर्मी खतिवडाले आफूहरुको संस्थाले जिल्लाका सबै सरोकारवालाको समन्वयमा गाउँगाउँमा विभिन्न सामाजिक जागरणका अभियान सञ्चालन गरिरहेका पनि बताए ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...