Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
वडा नम्बर २, ७ र ८ का अध्यक्ष शिवम् संग मिलेर जनताको आवाज दबाउदै 

press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७ र ८ नम्बर वडाका अध्यक्षमाथि स्थानीयबासीले नै यस्तो गम्भीर आरोप लगाएका हुन् । शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीका कारण जोखिममा परेको बस्ती संरक्षणको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयबासी विरुद्द यी वडाका अध्यक्षहरु लागेका हुन् । बस्ती संरक्षणको माग गर्दै शिवम्को सवारी रोकेका स्थानीय पीडितहरुलाई बेकारको आन्दोलनमा नलाग्न जन प्रतिनिधीले विज्ञप्तिमार्फत नै भनेका छन् । तीन वटै वडाका अध्यक्षले उही व्यहोराको विज्ञप्ति जारी गर्दै खानीको गतिविधि र सवारी सञ्चालनमा अवरोध नगर्न चेतावनी दिइएको छ । जनताको आन्दोलन विरुद्द तीन वटै वडा अध्यक्षको उही धारणा आएपछि स्थानीय पीडितहरुले आफूले चुनेर पठाएको प्रतिनिधी तस्करसंग मिलेको आरोप लगाएका हुन् । 
शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीका कारण आफूहरु वर्षौदेखि प्रभावित हुदैं आएको र बस्ती नै जोखिममा परिरहेको बेला जनप्रतिनिधी समेत उद्योगकै पक्षमा लागेर आफूहरुलाई अन्याय गरेको स्थानीयबासीको गुनासो छ । मकवानपुरगढी गाउँपालिका २ नम्बर वडा अध्यक्ष  बखानसिं पाख्रीन, ७ नम्बरका वडा अध्यक्ष सूर्यबहादुर रुम्बा र ८ नम्बरका वडा अध्यक्ष कुमारसिं घिसिङ शिवम् सिमेन्ट उद्योगसंग मिलेर आफूहरुको आन्दोलन दबाउन लागिपरेको स्थानीयबासीको भनाई छ ।
शिवम् सिमेण्ट उद्योगको खानीका कारण विभिन्न समस्या झेलिरहेका स्थानीयले गएको शुक्रबार शिवम सिमेन्ट उद्योगको मकवानपुरगढीस्थित खानी सञ्चालनमा रोक लगाएका थिए । पीडितहरु खानी सञ्चालनमा उत्रिएपछि तीन वटा वडाका जनप्रतिनिधी विज्ञप्ति नै निकालेर शिवम्को पक्षपोषण गर्न थालेपछि प्रभावितहरु थप आन्दोलनको मनस्थितीमा  वडा अध्यक्षसंगको मिलेमतोमा पुगेका छन् । ‘हाम्रा जनप्रतिनिधी शिवम्संग बिकेछन्’, मकवानपुरगढी गाउँपालिकास्तरिय बस्ती संरक्षण व्यवस्थापन समितिको अध्यक्ष केशव सापकोटाले दुखेसो गरे,‘ जनताका अधिकारका लागि काम गर्लान् भनेको उद्योगको मतियार बने । ’ जनताप्रति उत्तररदायी हुनुपर्ने वडा अध्यक्षहरु उद्योगसंग बिकेर आफूहरुको जायज माग दबाउन लागिपरेको उनले बताए । ‘हाम्रो आन्दोलन दबाउन उहाँहरु शिवम्संग बिक्नु भयोे, विगतमै भएको सहमति कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्नुपर्ने जन प्रतिनिधी मालिकहरुसंग मिलेपछि उहाँहरुसंग के नै आश गर्न सकियो र ?’ सापकोटाले जन प्रतिनिधीबाट धोका पाइएको बताए । 
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ८ मा रहेको शिवम्को खानीका कारण बस्ती नै जोखिममा परेपछि प्रभावितहरु पटक पटक आन्दोलनमा उत्रिदै आएका छन् । प्रभावितको माग सम्बोधन गर्छु भन्ने सहमती गर्ने तर कार्यान्वयनमा नलाग्ने गरेका कारण स्थानीयबासी फेरी पनि आन्दोलित बनेका छन् । खानीका कारण स्थानीय पानीको मुहान सुकेको छ भने जथाभावी उत्खनन्का कारण बस्ती जोखिममा छ । जोखिममा रहेका बस्ती मूल्यांकन गरेर छाड्ने तर मुआब्जा नदिएको प्रभावितहरुको गुनासो छ । खानीका कारण उत्पन्न जोखिम व्यवस्थापन गर्नका लागि शिवम्ले आफूहरुसंग गरेको विभिन्न १३ बुँदे सहमति कार्यान्वयन गर्नुको साटो तीन वटा वडाका जनप्रतिनिधीलाई प्रभावमा पारेको स्थानीयबासीको बुझाई छ । आन्दोलनरत स्थानीय शिवम्संग आफ्नो कुनै नयाँ र ठूलो माग नभई केबल गास र वासको सुरक्षा रहेको बताउँछन् । आफूहरुको मागबारे गाउँपालिका सकारात्मक रहेको भएपनि तीन वटा वडाका नेतृत्वले धोका दिएको स्थानीय प्रभावितको भनाई छ । शिवम्का कर्मचारी र प्रभावितको आन्दोलन दबाउन लागिपरेका जन प्रतिनिधी आफू निकटका सर्वसाधारणलाई प्रलोभनमा पारेर छुट्दै बस्ती संरक्षण समिति गठन गर्दै गाउँमा झडप गराउँन थालेको पनि पीडितहरु बताउँछन् । 
यता गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई पीडितको जायज माग सम्बोधनका लागि उद्योगसंग आवश्यक समन्वय गर्न आफू जहिल्यै तयार रहेको बताउँछन् । उद्योग पक्षबाट विगतमा भएका सहमति कार्यान्वयन गराउँदै पीडितहरुको माग सम्बोधन् होस् र खानी पनि चलोस् भन्ने आफूहरुको चाहना रहेको हुमागाईको धारणा छ । आफू जनताको प्रतिनिधी भएकाले जनताको जायज मागमा गाउँपालिकाको साथ रहने उनको भनाई छ । यसैबिच, आफ्ना जन प्रतिनिधी नै आफ्नो आवाज दबाउन विज्ञप्ति जारी गर्न थालेपछि पिडितहरु प्नि विज्ञप्ति जारी गर्ने तयारीमा रहेका छन् । 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg