Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट

mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट भएका २० जना महिला उद्यमी मध्येबाट १० जना उद्यमीलाई उत्कृष्ट घोषणा गरिएको हो । अक्सफामको सहयोगमा नारी सीप सृजना केन्द्र, मकवानपुरले भूकम्प प्रभावित समुदायमा आयआर्जन तथा खाद्य सुरक्षा बढाउनका लागि मकवानपुर जिवन स्तर पुर्न्निर्माण कार्यक्रम अन्तर्गत १० उत्कृष्ट महिला उद्यमी छनोट गरेको हो । 
मकवानपुरका भूकम्प प्रभावित क्षेत्रहरुमा नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्रको सहकार्यमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रम अन्तर्गत महिला उद्यमी छनोट गरिएको हो । छनोट कार्यक्रममा नागरिक समाज, पत्रकार, उद्यमी, सरोकारवाला लगायतको उपस्थिती थियो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रसरोवर गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष जमन सिंह वाइवाले नेपालका धैरै युवा विदेशिएको अवस्थामा महिलाहरुले स्थानीय समुदायमा उद्यम चलाएको पाउँदा खुशी लागेको बताए । 
नेपाल लिडरसीप एकेडेमीले दायित्वको ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रमको ढाँचा प्रयोग गरेर महिला तथा युवाहरुको नेतृत्व क्षमतामा वृद्धि गरी उनीहरुले आफ्नो जीवन र समुदायमा अधारभूत परिवर्तन ल्याउन, उनीहरुको प्राविधिक क्षमतामा वृद्धि गराई व्यवसायमा प्रगति गर्न मार्गनिर्देशन गर्दछ । दायित्वले विगत २०१४ साल देखि पाल्पा, गुल्मी र रामेछाप जिल्लामा ग्रामिण उद्यम प्रवर्दन कार्यक्रम कार्यन्वयन गर्दै आइरहेको छ ।   
सेप्टेम्बर २०१७ मा नेपाल लिडरसीप एकेडेमीले मकवानपुरमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रम सुरु गरेको थियो । यस कार्यक्रममा चित्लाङ, फखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटार गरी मकवानुरका साविक सात गाविसका कृषि, पशु, ब्युटीपार्लर तथा सिलाईकटाई व्यवसाय गरिरहेका ६८ जना महिला उद्यमीले आवेदन बुझाएका थिए । 
प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट ४० उद्यमी छनौट गरियो र उनीहरुलाई वित्तिय साक्षरता तलिम प्रदान गरिएको थियो । दोस्रो चरण अन्तरगत उत्कृष्ट २० उद्यमीको छनौट गरि ब्यवसाय साक्षरता तालीम प्रदान गरिएको थियो । तेस्रो अथवा अन्तिम  चरण अरन्तर्गत तीन जनाको निर्णायक समूहले उत्कृष्ट २० उद्यमीको घर तथा उद्यममै गएर प्रत्यक्ष अवलोकन, निरिक्षण तथा मूल्यांकनको आधारमा उत्कृष्ट १० उद्यमीको छनौट गरिएको छ । छनौटमा परेमा उद्यमीहरुले प्रमाण पत्रको साथमा प्रोत्साहन स्वरुप नगद पनि प्राप्त गरेका थिए । यसको साथै छनौटमा परेका उद्यमीहरुलाई नेतृत्व विकासको तालीमको साथमा अन्य प्राविधिक तालिम र व्यवसायीक परामर्श पनि प्राप्त गर्ने दायित्वकी सञ्जु पौडेलले बताइन् । नेपाल लिडरसीप एकेडेमीले यस कार्यक्रम मार्फत  विकासोन्मूख लघु उद्यमीहरुको पहिचान गरी उनीहरुको व्यवसाय प्रर्वदन गर्न आवस्यक प्राविधिक सहयोग प्रदान गर्नेछ ।
संस्थाका अनुसार उत्कृष्ट १० महिला उद्यमी निम्नानुसार छन् । 
१     कल्पना ठकुरी ,तरकारी खेती,    फाखेल ३
२    भिम माया रूम्बा, गाई पालन, फाखेल ४, इन्द्रसरोवर
३    बिमला बलामी   ,टेलरिंग    फखेल, सिमलांग, इन्द्रसरोवर
४    रिता गोपाली  ,तरकारी खेती,    थाहा नगरपालिका चित्लांग, १० टौखेल
५    रिता कुमारी ठकुरी ,  बाख्रा पालन, गहते टोल, फखेल
६    समिता बलामी  , ब्यटीपार्लर    थाहा नगर पालिका ९, चितलांग
५      रिता कुमारी ठकुरी  ,कृषि तथा बाख्रा पालन व्यवसाय    गहते टोल, फखेल
६    समिता बलामी  ,ब्यटीपार्लर    थाहा नगर पालिका ९, चितलांग
७    सरिता बलामी  ,टेलरिंग    थाहा नगरपालिका ९ चित्लांग 
८    सरिता बस्नेत  ,तरकारी खेती तथा पशुपालन व्यवसाय,    फखेल
९    निर्मला लामा   ,तरकारी खेती तथा बाख्रा पालन व्यवसाय, फखेल ५, इन्द्रसरोवर
१०    पार्वती उप्रेती,    कुखुरा पालन व्यवसाय    नमटार, कैलाश 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...