सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

समाचार

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको छ । जीविकोपार्जन पुर्नउत्थान परियोजना अन्तर्गत नेपाल लिडरसीप एकेडेमी, ललितपुर र नारी सिप सृजना केन्द्र, मकवानपुरको संयुक्त आयोजना एवम् अक्सफाम नेपालमाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । मकवानपुरको भूकम्प प्रभावित साविक गाउ विकास समितिमध्ये चित्लाङ, मार्खु,कुलेखानी, फाखेल, सिस्नेरी, नामटार, भार्ता र कालिकाटार गरी ८ वटा गाविसका महिला उद्दमीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । 
कृषि, पशुपालन, सिलाईकटाई, होटलव्यवसाय, किराना पसल तथा ब्युटीपार्लर व्यवसाय लगायतका व्यवसाय गरिरहेका महिला उद्दमीहरुले यस कार्यक्रममा सहभागीताका लागी आवेदन भरेका थिए । प्राप्त आवेदनबाट पहिलो चरण अन्तर्गत नारी सिप सृजना केन्द्र, मकवानपुरका अध्यक्ष उमा सुवेदीको प्रमुख अतिथ्यमा उत्कृष्ट ४० महिला उद्यमीको नाम घोषणा गरिएको थियो । छनोट गरिएको उद्यमीहरुलाई  प्रथम चरणमा आफ्नो व्यवसायको व्यवसायिक योजना बनाउनका लागी आर्थिक साक्षरता तालिम प्रदान गरिएको थियो । तालिमपश्चात उत्कृष्ट २० उद्यमी महिला चित्लाङ्का समिता बलामी, सुस्मिता श्रेष्ठ, सरिता बलामी, रिता गोपाली, राधिका विश्वकर्मा, फाखेलका भीममाया रुम्बा, प्रमिला थापा मगर, अनु लामा थोकर, ठुली स्याङतान रुम्बा, निर्मला लामा, मनिता थिङ, नामटारका जुनकिरी शिवभक्ति ,ग्यानीमाया थापा, मान कुमारीशिवभक्ति, पार्वती उप्रेती, मार्खुका सरिता बस्नेत, बिमला बलामी,कुलेखानीका सानुकान्छी स्याङतान, सिस्नेरीका रिता कुमारी ठकुरी, कल्पना ठकुरी छनोट भएका छन् । 
कार्यक्रम अन्तर्गत उत्कृष्ट १० व्यवसायी छनोटका लागी यसै साताभित्र व्यवसायीको व्यवसाय स्थल अनुगमन गरी निर्णयकहरुद्धारा घोषणा गरिने आयोजकले जनाएको छ । उत्कृष्ट १० व्यवसायीलाई व्यवसाय प्रवद्धनका लागी आर्थिक तथा प्राविधिक सहयोग गरिने यस नेपाल लिडरसीप एकेडेमीका कार्यकारी निर्देशक तारा पन्थीले जानकारी दिए । 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...