Sunday, 27th May, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मकवानपुरमा उत्साहजनक मतदान
विभिन्न समूह अनुगमनमा सक्रिय

chunav-ma-matdan-1512631770.jpg

मकवानपुर । प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचनमा मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदाताहरु विहानै देखि मतदान गर्नका लागि उत्साहजनक रुपमा मतदान स्थलमा पुगिरहेका छन् । देश चुनावी वातावरणमा होमिएपछि आम नागरिक मंशिर २१ गतेको चुनाव पर्खिरहेका थिए । मकवानपुरको हेटौंडा, थाहा नगर तथा अन्य विभिन्न गाउँपालिकामा रहेका ३ सय २४ वटा मतदान केन्द्रमा पुगी मतादाताले आफ्नो मताधिकार  प्रयोग गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ जना मतदाता रहेका छन् । जसमा पुरुष एक लाख २९ हजार ६ सय २८, महिला एक लाख २५ हजार ९ सय ७० जना र तेस्रो लिंगी ६ जना छन् । मकवानपुरमा प्रतिनिधीसभा का लागि २ र प्रदेशसभाका लागि ४ वटा निर्वाचन क्षेत्र छन् । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्नका लागि मकवानपुर जिल्लाभरमा २ हजार ५ सय ९३ जना कर्मचारी खटिएका छन् भने तीन हजार जना भन्दा बढी सुरक्षाकर्मी परिचालित भएको जनाइएको छ ।
चुनावमा भाग लिएका उम्मेदवारहरुले पनि मतदान गरेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा स्थित वंशगोपाल बहुमुखी क्याम्पासबाट मतदान गरेका छन् । लोकतान्त्रिक गठबन्धनकै तर्फबाट प्रतिनिधिसभा क्षेत्र २ की उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिदार्थ उच्चमावि मतदान केन्द्रबाट मत खसालेकी छिन् ।
लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ ख का प्रदेशसभा उम्मेदवार, पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ दोभानचौरमा रहेको कमला निमाविस्थित मतदान केन्द्रमा मतदान गरेको जनाइएको छ ।
यस्तै,वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित वासुदेव सभागृहबाट मतदान गरेका छन् । वाम गठबन्धनकै तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद दाहालले कान्ति मावि ठिगनबाट मतदान गरेको जनाइएको छ ।
वाम गठबन्धनकै मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा अवस्थित त्रिभुवन मावि मतदान केन्द्रमा आफ्नो मत खसालेका छन् । वाम गठबन्धनबाट नै मकवानपुर क्षेत्र नम्बर २ को क का प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले हेटौँडा १३ स्थित कालिका निमाविमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी छिन् । वाम गठबन्धनबाटै मकवानपुर क्षेत्र नम्बर १ को क का प्रदेशसभा सदस्य उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले बागमती गाउँपालिका वडा ६, फापरबारीमा रहेको सीता निमाविमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।
यसका साथै नयाँशक्ति, विवेकशील साझा पार्टी लगायत विभिन्न पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरु पनि आफ्नो मतदाता नाम रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेको जनाइएको छ । मकवानपुरमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको मतदान केन्द्रमा खटिएका कर्मचारीहरुको भनाई छ ।
चुनावलाई विभिन्न निकायले अनुगमन समेत गरेका छन् । मकवानपुरमा नियोक, बालअधिकार अनुगमन समिति लगायतले अनुगमन गरेका छन् । बालबालिकाका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधीको सहभागितामा जिल्ला बालकल्याण समितिको संयोजनमा चुनावमा बालअधिकार, बालसंरक्षणको अवस्था बुझ्नका लागि अनुगमन गरिएको अनुगमनमा सहभागी बालअधिकारकर्मी बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरीले जानकारी दिए ।
यस्तै, बालकल्याण समिति मकवानपुरका सदस्य प्रकाश खतिवडाले चुनावमा बालबालिकाको प्रयोग भए नभएको बारे आफूहरुले अनुगमन गरी जानकारी लिइरहेको जनाकारी दिए । मकवानपुरका दलहरुले चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्दता जनाएपछि आफैंले सो प्रतिबद्दता तोडेकाले आफूहरुले विशेष गरी बालअधिकारको सवालमा अनुगमन केन्द्रित गरेको बालकल्याण समिती मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमालले जानकारी दिए । यसका साथै विभिन्न गैर सरकारी निकाय पनि अनुगमनमा सक्रियतापूर्वक लागिपरेको जनाइएको छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फित्ता बोकेर फिल्डमा उत्रिइन् उपाध्यक्ष राना 
news-pic-1527382285.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको संयोजकत्वमा विभिन्न योजनाहरु अनुगमन...

ढिलासुस्ती गर्ने निर्माण व्यवसायी पक्राउ पर्न थाले
Padam-Sharma-thekedar_201-1527163181.jpg

मकवानपुर । तोकेको समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही सुरु गरिएको छ । निर्माण जिम्मा लिने तर...

बसबाटै समातिए प्रेमलाल र रत्नबहादुर
Gaja-Pakrau-1527080353.jpg

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...

हेटौंडा उपमहानगरका महिला जनप्रतिनिधीलाई नारीशिपको तालिम
nari-ship-news-1-1526835787.JPG

मकवानपुर । हेटौंडा उपमहानगरका गैर दलित महिला जनप्रतिनिधी तथा नगरकार्यपालिका सदस्यका लागि दुई दिने क्षमता विकास...

बन्याे राष्ट्रिय युवा उद्धमी सञ्जाल
sanjal-1526659960.jpg

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले विविध विधामा उद्धम गरी स्वराेजगार अभियानमा...

भीमफेदी कारागार सुधार गृहमा परिणत हुदै
news-pic-1526658038.JPG

युरोपियन युनियन को आर्थिक सहयोग तथा Humanity & Inclusion को प्राबिधिक सहयोग मा र नारी सीप सृजना केन्द्रको आयोजनामा संचालन...

मकवानपुरगढीमा बालसंरक्षण समिति गठन अभियान
bal-news-pic-1526035712.jpg

मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षण समिति गठन कार्यले तिब्रता पाएको छ । बालकल्याण समाज...

बकैयामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदा प्रस्तुतीकरण 
bakaiya-1524971714.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदाबारे छलफल गरिएको छ । बाल...

उपाध्यक्ष राना दुई विद्यार्थीको अभिभावक
rana-640x913-1524876329.jpg

मकवानपुर भिमफेदी गाउ“पालिकाकी उपाध्यक्ष पार्वती राना लेकाली बसिफाँट माविका दुई बालबालिकाको अभिभावकत्व...

खोलाखर्कमा आगोले बालकको लियो ज्यान 
fire-1524307421.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउपालिका–१, खोलाखर्कमा आगलागीमा परी एक जना बालकको मृत्यु भएको छ । शनिबार विहान...