Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मकवानपुरमा पनि मनाइयो १०८ औं अन्तराष्ट्रिय महिला दिवस 

mahida-day-news-1520512121.jpg

मकवानपुर । मकवानपुरमा पनि १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा अखिल नेपाल महिला संघ मकवानपुरले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई स्वागत तथा सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले आरक्षण भन्दा पनि महिलाको क्षमता विकास गर्ने कार्यमा अघि बढ्ने आफूहरुको योजना रहेको बताए । 
‘महिलाहरु आरक्षणको साहारामा नभइ खुल्ला रुपबाट प्रतिष्पर्धामा आउने वातावरण तयार पारिनु पर्दछ । ’उनले भने,‘सधै आरक्षणको कुरा गर्न थालियो भने महिलाले प्रतिष्पर्धा नै गर्न सक्दैनन् भन्ने पर्ने भएकाले अब महिलालाई अब्बल बनाउन लागिपर्नुपर्छ । ’ 
विगतमा अधिकारका लागि महिला आन्दोलनमा उत्रनु परेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले अबका दिनमा महिला आन्दोलनको स्वरुप फेरिनुपर्नेमा जोड दिए । ‘विगतमा झैं अबका दिनमा महिला हसिँया, कुचो कोदालो बोकेर आन्दोलनमा लाग्ने होइन ।’ मुख्यमन्त्री पौडेलले भने,‘अब मुलुकको समृद्घिका लागि महिलाको भूमिका आवश्यक छ ।’ 
उनले तीन तहकै सरकार वाम गठबन्धनको रहेको समयमा मुलुकको विकास र जनताको समृद्धिका लागि काम गर्न नसकिए जनताको मनबाटै राजनीति विस्तापित हुने भन्दै सबैको चाहना तथा धारणा समेटेर अघि बढ्नु अहिलेको आवश्यकता भएको बताए । उनले मुलुकलाई समृद्घ बनाउने अभियानमा सहभागी बन्नका लागि महिलालाई आग्रह समेत गरे । नेपालमा समृद्घिका लागि महिलाको भूमिका अझ महत्वपूर्ण भएकाले महिला र पुरुष आपसमा मिलेर विकासका लागि लाग्नुपर्ने जोड दिए। 
कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभा सांसद रामचन्द्र राई, एमाले प्रदेश समिति सदस्य अनन्त पौडेल, प्रदेश सांसदहरु जुनेली श्रेष्ठ, मुनु सिग्देल, अनेमसंघकी केन्द्रीय सदस्य पद्मा पौडेल, एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, नेता श्रीधर पोखरेल लगायतको आतिथ्यता रहेको थियो । अनेमसंघ मकवानपुरकी अध्यक्ष पार्वती रानाको अध्यक्षतामा कार्यक्रम भएको हो । 
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg