Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मकवानपुरमा यस्तो छ बालगृहको अवस्था 

programme-pic-1521118783.jpg

मकवानपुर । बालगृह सञ्चालन तथा व्यवस्थापन न्युनतम मापदण्डका विषयमा मकवानपुरमा सञ्चालनमा रहेका बालगृहका व्यवस्थापक तथा कर्मचारीलाई अभिमुखीकरण प्रदान गरिएको छ । 
बाल कल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोगमा बालगृह सञ्जाल (सिनेट) मकवानपुरको समन्वयमा अभिमुखीकरण सञ्चालन गरिएको हो । मकवानपुरमा सञ्चालनमा रहेका बालगृहलाई राज्यले तोकेका नीति नियममा रही व्यवस्थित रुपमा सञ्चालन गर्नका बालगृहका व्यवस्थापक तथा कर्मचारीका लागि अभिमुखीकरण प्रदान गरिएको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए । 
अभिमुखीकरणमा हेटौंडामा सञ्चालन भइरहेका विभिन्न एघार वटा बाल गृहका २१ जना व्यवस्थापक तथा कर्मचारीको सहभागिता थियो । अभिमुखीकरणमा मकवानपुरको अनाथ अपाङ्ग तथा पुनस्थापना केन्द्र, अन्तरदृष्ट्रि नेपाल, शान्त घर, मामाघर नेपाल, आशा नेपाल, नारी संरक्षण केन्द्र, हाम्रो घर, ज्योतिको घर नेपाल, आशीषमय बालगृह नेपाल, एस्थर बेञ्जामिन मेमोरियल फाउन्डेशन, समाज विकास बाल गृहका व्यवस्थापक तथा कर्मचारी सहभागी थिए । 
अभिमुखीकरणमा सहभागी बालगृहका अभियन्ताले आफूहरुले सञ्चालन गरिरहेको बालगृह बालबालिकाको भविष्यका लागि प्रभावकारी बनिरहेको पाइएको बारे समीक्षा गरिएको   थियो । ‘हाम्रो घर’ बालगृहका सञ्चालिका इन्दिरा न्यौपानेले आफूहरुले संरक्षणमा राखेका बालबालिकाका लागि आवश्यक शिक्षा, दिक्षा तथा जीवनोपयोगी शिप प्रदान गरिरहेको बताइन् । ‘हाल हाम्रो बालगृहमा २१ जना बालक र ११ जना बालिका छन् । यी हाम्रा भविष्य भएकाले उनीहरुको जीवन सुखमय बनाउँने विषयमा हामी चिन्तित छौं ।’ न्यौपानेले भनिन्,‘एसईई पछि शिप सिक्न इच्छा भएका र साँच्चै केही गर्छु भन्नेका लागि हामीले शिपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउँन सहयोग गरिरहेका छौं ।’ 
बालगृह सञ्जाल (सिनेट) मकवानपुरका अध्यक्ष झविन्द्र ज्ञवालीका अनुसार मकवानपुरका केही बाल गृहमा जन्म दर्ता, आर्थिक लगायत समस्या छन् । जिल्लामा रहेका १३ वटा बालगृहको अवस्था सन्तोषजनक रहेको उनले बताए । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...