Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

मकवानपुरमा ६५ प्रतिशत मत खस्यो !
गणना भोलीबाट मात्र हुने

matadan-1512651240.jpg

तस्वीर :पत्रकार विवश अधिकारीको फेशबुकबाट ।

मकवानपुर । प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचन मकवानपुरमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मकवानपुरको एक सय ६४ वटा मतदान स्थलमा ३ सय २४ वटा मतदान केन्द्रबाट मतदान भएको हो । मकवानपुरमा ६५ प्रतिशत मत खसेको पारम्भिक अनुमान गरिएको छ ।
मतदानका लागि २ हजार ५ सय ९५ जना कर्मचारी खटिएका थिए । त्यसैगरी  एक हजार ७ जना जनपथ प्रहरी, एक हजार ३ सय २८ जना म्यादी प्रहरीहरु परिचालन गरिएको थियो । मकवानपुरमा ३ सय २४  वटै मतदान  केन्द्रका लागी म्यादी प्रहरी सहित ४ वटै सुरक्षा अंगका करिब ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
मकवानपुरमा उम्मेदवारहरुले आफ्नो नाम रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको बंशगोपाल उच्च माबिको मतदान स्थलबाट मतदान गरे । मकवानपुर क्षेत्र नम्बर १ का उमेदवार थापाले बंशगोपाल उच्च माबिको चारवटा मतदान केन्द्र मध्ये क मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित वासुदेव सभागृहबाट मतदान गरे । वाम गठबन्धनकै तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद दाहालले कान्ति मावि ठिगनबाट मतदान गरे । वाम गठबन्धनकै मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनेका डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा अवस्थित त्रिभुवन मावि मतदान केन्द्रबाट मतदान गरे ।
वाम गठबन्धनबाट नै मकवानपुर क्षेत्र नम्बर २ को क का प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले हेटौँडा–१३ मा रहेको कालिका निमावि मतदान केन्द्रबाट मतदान गरिन् ।
वामकै मकवानपुर क्षेत्र नम्बर १ को क का प्रदेशसभा सदस्य उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले बाग्मती गाउँपालिका वडा नम्बर ६ सिता निमाविबाट मतदान गरे । लोकतान्त्रिक गठबन्धनकै तर्फबाट प्रतिनिधिसभा क्षेत्र २ की उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिदार्थ उच्चमावि मतदान केन्द्रबाट मतदान गरिन् । यस्तै, लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ ख का प्रदेशसभा उम्मेदवार एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ दोभानचौरस्थित कमला निमाविबाट मतदान गरे ।
यसैबिच, मतदानको गणना भने भोली शुक्रबारबाट हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार मकवानपुरका सबै मतदान केन्द्रबाट मतपेटिका रातभरी ल्याइसकिने भएकाले विहीबारबाट मात्र मतगणना सुरु हुनेछ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...