सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

राजनीति

यसकारण प्रल्हाद लामिछाने एमाले प्रवेश गरे !

pralhad-lamichhane-1511746553.JPG

मकवानपुर । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका संयोजक तथा केन्द्रिय सदस्य प्रल्हाद लामिछाने एमाले प्रवेश गरेपछि उनलाई कतिले बधाई दिए त कतिले पार्टी फेरेको भन्दै असन्तुष्टि जनाए । नयाँशक्तिबाट सोचेजस्तो मुलुक परिवर्तन गर्न नसकिने भएकाले कम्युनिष्टबाट मात्रै मुलुकको विकास गर्न सकिन्छ भन्ने उनलाई लागेकैले आफू एमाले प्रवेश गरेको उनले सुनाए । वि.सं.२०४२ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका उनी आफू कम्युनिष्ट राजनितीमा नै लागिपर्न चाहेको बताउँदै एमाले प्रवेश गरे ।
माओवादी युद्दमा लागेर जेल समेत बसेका लामिछाने बाबुराम भट्टराईले पार्टी विभाजन गरेपछि नयाँशक्तिमा लागे । तर मुलुकमा समृद्घिका लागि भनेर सुरु गरिएको नयाँशक्ति केवल नाममात्रको भएपछि आफू बाबुरामको पछि लाग्नुको अर्थ नहुने पार्टी प्रवेशमा उनले बताए । नयाँशक्तिबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधीसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएर प्रचार प्रसारको दौडमा रहेका बेला राप्रपाका अध्यक्ष कमल थापालाई जिताउँन आफूलाई उम्मेदवारी फिर्ता लिनुपर्ने दखद अवस्था आएपछि जसका  विरुद्द लडियो उसैलाई जिताउँनुपर्ने स्थिति बनेकाले बाबुरामको नयाँ अब काम नलाग्ने उनले बताए । हिजोका दिनमा जसका विरुद्घ लडियो आज पार्टी उसैलाई जिताउँन लागिपर्दा आफ्नो मन दुःखेको उनले सुनाए ।
मकवानपुरगढीमा वि.सं.२०२९/११/२९ गते जन्मिएका प्रल्हाद लामिछाने नेकपा मसाल निकट विद्यार्थी सङ्गठन अखिल (छैठौं) बाट राजनितीमा होमिएका थिए । वि.सं.२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर ३ बाट नेकपा माओवादीबाट विजयी भएका लामिछाने वि.सं २०७० को दोस्रो संविधानसभाको चुनावमा पराजय व्यहोरे । तत्कालीन जनयुद्दका बेला पार्टी मकवानपुरका सेक्रेटरी, पार्टीको जिल्ला सह इन्चार्जको भूमिका निर्वाह गरेका लामिछानेले माओवादी आन्दोलनमा लागेकै कारण वि.सं.२०५८ देखि २०६० सम्म दुई वर्ष आतङ्ककारी मुद्दामा जेल समेत बसे । मिलनसार स्वभावका  उम्मेदवार लामिछानेलाई यतिबेला बधाई तथा विभिन्न प्रश्न सोधिएका छन् । सामाजिक सञ्जालमा एमाले प्रवेश गरेर आफ्ना नेता भएकोमा धेरैजसो एमाले निकटले खुसीयाली मनाइरहेका छन् भने नयाँशक्तिका अभियन्ताहरुले आफूलाई बिचल्ली पारेको गुनासो पनि उनीमाथि गरिरहेका छन् ।

 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...