Wednesday, 20th February, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

यसरी हुदैछ एमाले-माओवादी पार्टी एकता

party-ekata-1521963075.png

एमाले-माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएका दुबै कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिन थालेका छन्। बैशाख अगावै पार्टी एकतालाई अन्तिम रुप दिने गरी प्रतिवेदन निर्माणलाई तीब्रता दिन तयारी भइरहेको दुबै पार्टीका नेताहरुले जानकारी दिएका छन्।

कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउन २५ फागुनसम्मको समय दिएको थियो। तर, दुबै पार्टीको नेतृत्व सरकार विस्तारमा अल्झिएपनि र कार्यदलका अधिकांस सदस्य मन्त्री मण्डल सदस्य बनेपछि यो काम ओझेलमा पर्‍यो।

नेपाल कार्यदल
एकता संयोजन समितिले निर्णाण गरेका दुई मध्ये पहिलो कार्यदल एमाले बरिष्ठ नेता माधव नेपाल संयोजकत्वको कार्यदल हो, जसलाई संयोजन समितिले बैचारिक दस्तावेज निर्माणको जिम्मेवारी दिएको थियो।

नेपाल कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिने गरी काम सुरु गरेको छ। त्यसका लागि आज सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक डाकिएको छ। कार्यदलका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठक अपरान्ह ३ बजे बस्ने बताए।

यो कार्यदलले प्रतिवेदन लेखनका लागि विभिन्न विषय छुट्ट्याएर ४ जना नेतालाई जिम्मेवारी दिएको थियो। त्यसमध्ये नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय परिस्थिति र देब गुरुङलाई अन्तर्राष्ट्रिय प्रतिवेदनको अंश लेख्न भनिएको थियो।

यसैगरी आर्थिक–सामाजिक–राजनीतिक कार्यक्रमबारेको अंश लेख्ने जिम्मा एमाले उपाध्यक्ष भीम रावलले पाएका थिए। पार्टी निर्माण सम्बन्धी खण्ड लेख्ने जिम्मा चाहिँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिइएको थियो।

सबै नेताहरुले आआफ्नो जिम्मेवारी अनुसार प्रतिवेदनको अशं कार्यदल संयोजक नेपाललाई बुझाइसकेका छन्। र, अघिल्लो हप्ता अजरबैजानको भ्रमणबाट फर्केका नेपाल यतिबेला प्रतिवेदनलाई अन्तिम रुप दिन लागेका छन्।

थापा कार्यदल
एकता संयोजन समितिले संगठनात्मक स्वरुप र विधान निर्माण सम्बन्धमा छुट्टाछुट्टै दुई उपसमिति निर्माण गरेको थियो। यो कार्यदलले केन्द्रदेखि वडासम्म पार्टीका कमिटीहरुको स्वरुप कस्तो हुने भन्ने टुङ्गो लगाइसकेको छ।

त्यस अनुसार, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला समन्वय कमिटी, निर्वाचन क्षेत्र कमिटी, गाउँपालिका र नगपालिका कमिटी, वडा कमिटी र सेल कमिटी निर्धारण भइसकेको छ।

त्यसबाहेक केही आयोगहरु गठन गर्ने निर्णयपनि दुबै पार्टीले गरेका छन्। तिनमा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन परिचालन आयोग छन्। कुन कुन कमिटी रहने भन्ने टुङ्गो लागेपनि कमिटीहरु कति सदस्यीय हुने टुङ्गोमा दुई पार्टी पुगेका छैनन्।

‘कुन कुन कमिटी रहने भन्ने टुङ्गो लागि सकेको छ, अब कुन कमिटीमा कति सदस्य रहने भन्ने टुङ्गो लगाउँदैछौं’ कार्यदलका संयोजक बेदुराम भूषालले भने, ‘यो विषयको पनि छिट्टै टुङ्गो लगाएर प्रतिवेदन बुझाउने छौं।’

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg