Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

यस्तो छ-मनहरी गाउँपालिकामा वर्षाले पुर्याएको क्षति !

मकवानपुर/अविरल वर्षाको कारण मकवानपुरको मनहरी गाउँपालिकामा मानवीय क्षति नभएपनि धेरै नागरिक पीडामा परेका छन् । साउन २७ गतेबाट सुरु भएको वर्षाका कारण गाउँपालिकाका विभिन्न वडामा गरी ३ सय भन्दा बढी घर घर पुर्ण रुपमा क्षति भएको पाइएको छ ।
वर्षाको पाचौँ दिन जिल्ला बालकल्याण समिति मकवानपुरको अगुवाइमा बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशिलराज गिरी, इस्थर बेञ्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम संयोजक केदार आचार्य र सहयोगी हातहरुको समूह (सहास) नेपालका परियोजना अधिकृत प्रताप श्रेष्ठको संयुक्त टोलीले प्रभावित मनहरी गाउँपालिकाको रमौली र प्रतापपुरमा  स्थलगत अनुगमन गरे ।
अनुगमनका क्रममा पूर्ण क्षतिभएका घरका मानिसहरु हाल विद्यालय, चर्च तथा सार्वजनिक भवन, केही आफन्तकोमा आश्रय लिएर बसेको फेला परेको अनुगमनमा सहभागी जिल्ला बाल कल्याण समितीका सूचना व्यवस्थापन अधिकृत रवि हमालले बताए ।
मनहरी गाउँपालिकामा बाढी र पहिरोको कारण हालसम्म ३ वटा गोरु, केही बाख्रा र हजारौँको संख्यामा लोकल कुखुराहरु मरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार निरन्तर वर्षा भइरहने हो भने मनहरी गाउँपालिकामा मात्रै तीन सय भन्दा बढी घर जोखिममा पर्नसक्ने छन् ।
पर्सा वन्यजन्तु आरक्षणक्षेत्र संरक्षणको लागि वन विस्तार गर्नुपर्ने भएपछि नेपाल सरकारले आरक्षण क्षेत्रमा रहेका झण्डै ३ सय ६३ घरलाई मनहरी गाउँपालिकाको वडा नं. ६ स्थित रमौली र प्रतापपुरमासारेको थियो । जुन बस्तीलाई नयाँ टोल पनि भन्ने गरिएको छ । बाढीले यस क्षेत्रका १२ वटा घरहरु अस्तित्व समेत नरहने गरि पूर्ण रुपमा क्षति भएका छन् भने अन्य सय भन्दा बढी घरहरु प्रत्यक्ष वा परोक्ष रुपमा बाढीबाट प्रभावित छन् ।
पर्सा वन्यजन्तु आरक्षण क्षेत्रको जङ्गलको छेउबाट बगिरहेको नदीपानीको बहाव बढे लगत्तै उत्तरतर्फ रहेको उब्जाउ जमिनपट्टि आएको थियो । यसै क्षेत्रमा रहेका १२ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् । एक्कासी बस्तीमा बाढी छिरेपछि अधिकांश मानिसहरु आफूले लगाएको एकसरो लुगामा नै भाग्न बाध्य भएको स्थानीय बासिन्दा बताउँछन् ।
बाढीबाट आंशिक रुपमा प्रभावित भएका मानिसहरुका अनुसार बाढीका कारण स्थानीय क्षेत्रमा रहेको एक विद्यालयमा ३ दिन बसेपछिमात्रै आफ्नो घरमा फर्केका थिए ।  धेरैजसो आंशिक क्षति भएका घरहरुको जगको माटो बाढीले बगाएको छ । भान्छाको चुलो आँगनमा ल्याइ खाना बनाउन लागेको दृष्य अनुगमनका क्रममा आफूहरुले देखेको बाल कल्याण समाजका कार्यक्रम संयोजक गिरीले बताए । स्थानीयवासीका अनुसार बाढीको कारण वातावरण प्रदुषण भई अधिकांश बालबालिका, महिला तथा वृद्धवृद्धाहरुमा झाडापखाला, रुघाखोकीजस्ता भाइरल रोगहरु देखा पर्न थालेका छन् ।
यस क्षेत्रमा बालबालिकाहरु झण्डै ५० जनाभन्दा माथि रहेको जानकारी पाइएको छ । पीडितहरु आफ्ना सबै सम्पति बगेकाले आफ्नो विचल्ली भएको गुनासो गर्छन् । ‘घरमा खाने, सुत्ने कुराहरु केही छैन । ’ एक बाढी पीडितले भने, ‘लगाउने लुगा पनि बगायो, अब के लगाउने  होला ?’
बर्षाको कारण पुगेको क्षतिको अवस्थाका बारेमा अहिले पनि सूचना सङ्कलनमा आफूहरु लागिपरेको गाउँपालिकाले जनाएको छ ।

 

 

 

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...