Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

यस्तो बन्दैछ एकतापछि नयाँ कम्युनिष्ट पार्टी । 

Oli-Dahal-12022018023235-1522248312.jpg

काठमाडौँ । मुलुकमा यतिबेला अब बन्ने कम्युनिष्ट पार्टी कस्तो होला भन्ने सबैलाई चासो छ । नेकपा एमाले र माओवादी केन्द्र एकता गरी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानको अगुवाईमा लागेपछि देशका अन्य कम्युनिष्ट पार्टीबिचमा पनि चासो छ । अनि आम रुपमा मुख्य गरी यी दुई मुख्य कम्युनिष्ट पार्टीको एकतापछि बन्ने कम्युनिष्ट पार्टीको संरचनाका विषयमा चोकचोकमा छलफल भइरहेको पाइन्छ । 
एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि गठित अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले प्रतिवेदन तयार गरेको छ । माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल नेतृत्वको कार्यदलको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिइसकेको जनाउँदै अब दुई अध्यक्षलाई बुझाउने तयारी पनि भएको छ । 
मस्यौदा समितिले नयाँ पार्टीको केन्द्रीय कमिटि २९९ सदस्यीय बनाउने सहमति जुटाएको छ । 
जस अनुसार पोलिटब्युरो सदस्य करिब ९० देखि १०० जनाको बीचमा रहने भएका छन् । स्थायी समितिमा ३५ जनासम्म रहने सहमति जुटेको छ । 
पदाधिकारी भने दुई अध्यक्ष मात्रै रहने भएका छन् । त्यसैगरी नयाँ पार्टीको जिल्ला कमिटि पनि ७५ देखि १२५ जनासम्म राख्ने गरी कार्यदलले सहमति जुटाएको छ ।
मस्यौदा समितिले नयाँ पार्टीका नौवटा संरचना रहने गरि टुंगाएको छ । जसअनुसार नयाँ पार्टीमा केन्द्रीय निकाय (स्थायी, पोलिटब्यूरो, केन्द्रीय सदस्य),राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटि, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कमिटि, प्रदेशसभा कमिटि, जिल्ला कमिटि, नगर–गाउँ कमिटि, वडा कमिटि र प्रारम्भिक कमिटि हुनेछन् ।
यी कमिटिमध्ये केन्द्र, प्रदेश, जिल्ला, गाउँ–नगर र वडा कार्यकारी हैसियतमा रहने भएका छन् । 
नयाँ बन्ने पार्टीका चुनाव चिन्ह र जनयुद्ध शब्द मात्रै टुंगिन बाँकी रहेको बताइन्छ ।  
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...