Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

रक्सीमा नाँचेर उठाइएको पैसाबाट राहत कोष ?
हेटौंडामा ‘म्युजिकल नाइट’ कार्यक्रम हुने

kalakar-jamghat-hune-1514471196.jpg

म्युजिकल नाइट नामक कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।



मकवानपुर । पछिल्लो समय मकवानपुरको हेटौंडालाई राष्ट्रिय स्तरका विभिन्न कार्यक्रम गर्नका लागि उपयुक्त थलो मान्न थालिएको छ । चलचित्र अवार्ड कार्यक्रम देखि अन्य विभिन्न मनोरञ्जनमूलक कार्यक्रम गर्नका लागि हेटौंडाका ठूला होटल पनि रोजाईमा पर्न थालेका छन् । आगामी पुष २१ गते पनि हेटौंडा रिगल रिसोर्टमा ‘म्युजिक नाइट’ नामक साङ्गितिक कार्यक्रमको तयारी गरिएको आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरमको आयोजनामा हुने कार्यक्रममा सहभागिता जनाउन टिकट शुल्क भने महङ्गो नै छ । सङ्गीत, फिल्म तथा हाँस्य मनोरञ्जन हेरेबापत २५ सय रुपिया तिर्नुपर्ने छ । राष्ट्रिय स्तरका कलाकारलाई ल्याएर आर्थिक आम्दानी गर्ने उद्घेश्यले बेलुकाको रमझम गर्न थालिएको प्रति केहीलाई भने चित्त बुझेको छैन । तर आयोजकले भने नेपाली चलचित्र तथा गीत सङ्गीत क्षेत्रको प्रवद्र्धन, गीत तथा संगीतका माध्यमबाट स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने, आपतकालीन राहात कोष निर्माण गर्ने भन्दै कार्यक्रम गर्न लागिएको दाबी गरेको छ । तर बेलुका रक्सीको तालमा नचाएर आर्जन गरिएको आर्थिक सामाजिक कार्यमा खर्च गर्ने कुरा पत्याउन नसकिने आयोजकमध्येकै एक सदस्यले बताए । ‘सामाजिक काम गर्ने भन्दा पनि बेलुका खानपिन र रमझम गर्नका लागि हामी कार्यक्रमको तयारी गर्दैछौं ।’ ती सदस्यले भने,‘सहभागीबाट धेरै शूल्क उठ्ने आशमा सामाजिक कार्य गर्ने प्रचार गरिएको हो । ’
म्युजिकल नाइटमा अन्जु पन्त, राजनराज सिवाकोटी युवराज चौंलागाईँ, जितु नेपाल र केदार घिमिरे,आकाश अधिकारी, निरुता सिंह, श्वेता खडका, नीता ढुंगाना,यशराज गराच लगायतको कलाकारलाई हेटौंडा ल्याउने आयोजकले तयारी गरेको छ । आर्थिक आम्दानीको सोच सहित गर्न लागिएको रात्रीकालीन रमझम कार्यक्रमको विषयलाई लिएर आयोजक टिमभित्र केही सदस्यका बिचमा असन्तुष्टि बढेपछि सामाजिक काम गर्ने भनी प्रचार थालिएका एक सदस्यले बताए । रात्रीको समयमा रक्सीको नशामा रमाउने पैसा सामाजिक कार्यमा लगाउनका लागि आफू लगायत केही सदस्यले सुझाव दिएपनि आफूहरुको सुझाव पूरै वेवास्ता गरिएको उनले गुनासो पोखे ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...