Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

राजधानीका विषयमा के होला सहमती ? 
प्रधानमन्त्रीदेखि नेतासम्मको प्रदेश ३ को राजधानी तोक्ने विषयमा यस्तो जवाफ 

pradesh-no-3-1528165887.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बोधन गर्दै प्रदेशको राजधानीको विषय प्रदेशसभाले सहमतीको आधारमा टुङ्गो लगाउने बताए । उनले राजधानी र नामकरणको अधिकार प्रदेशसभालाई भएको बताए । हेटौंडा विकासको गतिमा अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले राजधानी भएरमात्र विकास हुने नभई प्रदेशका सबै जिल्लामा विकास हुने बताए । प्रदेशसभाका सदस्यहरुलाई उनले हेटौंडा प्रदेशको राजधानी भएर विकास हुने अन्त नहुने भन्ने सोच्न नहुने बताए । 
राजधानीका विषयमा पछिल्ला समय बहस तातिरहेका बेला प्रधानमन्त्री ओलीले प्रदेशसभाको सम्बोधनका क्रममा प्रदेशसभाले नै राजधानी र नामका विषयमा निर्णय गर्ने बताए । राजधानी जहाँ भएपनि मुख्य कुरा त्यस ठाउँको विकास हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । 
काभ्रे, भक्तपुर र नुवाकोटमा राजधानी राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइरहेको बेला चितवनका सांसदले पनि राजधानी माग गरेपछि अहिले राजधानीका विषयमा थप चर्चा छ । नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघिको एक कार्यक्रममा राजधानी कहाँ राख्ने भन्ने कुरा प्रदेशसभाले गर्ने भनेर प्रधानमन्त्री ओलीको झैं जवाफ दिएका थिए । राजधानी र नामकरणको विषय प्रदेशसभाबाट टुङ्गिने जवाफ दिएर नेताहरु विवादबाट बच्न खोजिरहेका छन् ।  
प्रदेश ३ को अस्थायी राजधानी तोकिएको हेटौंडालाई नै स्थायी रुपमा राजधानी कायम गरेर अघि बढ्नुपर्नेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भनिरहेको छ । वाम बहुमत रहेको प्रदेशसभाका सदस्यहरुका बिचमा सहमती के होला भन्ने कुरा चासोका साथ हेरिएको छ । कतिपयले वामले हेटौंडाबाट राजधानी अन्यत्र लैजान्छन् की यहीं कायम गर्छन् नेकपाको परीक्षा यहीं हुने तर्क अघि सारिरहेका छन् । कतिपयले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी अन्यत्र सार्नका लागि सहमत हुदै मुख्यमन्त्री पद लिएको आरोप पनि लगाइरहेका छन् । तत्कालीन उर्जामन्त्री, राप्रपा अध्यक्ष कमल थापाको पहलमा अस्थायी राजधानी तोकिएपछि यतिबेला नेकपालाई हेटौंडा राजधानीले तनाव दिएको पनि विश्लेषण हुन थालेको छ । 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...