Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

रोकिएन टाटासुमोको ठगी धन्दा, सर्वसाधारणमाथि लुट हुँदा कारवाही गर्ने निकाय बेखबर !

tatasumo-1540697814.jpg

तस्बीर : गुगल

आरपी दाहाल 
मकवानपुर ।  मकवानपुरको हेटौंडाबाट सञ्चालित टाटासुमोहरुले दशैंको मौका पारेर यात्रुसंग तेब्बर भाडा असुलेका छन् । हेटौंडाबाट काठमाडौ जानका लागि सुमोको ४ सय ५० रुपिया भाडा भएपनि ८ सय रुपिया देखि १२ सय रुपिया सम्म ठगी गरेको पाइएको छ । दशैंको बेला हेटौंडाबाट काठमाडौंसम्म जाने यात्रुहरुलाई दशैंको बेला महङ्गो पर्छ भन्दै बढी भाडा असुलेको हो । चाडपर्वका बेला टाटासुमोबाट यात्रुहरु ठगीएको गुनासो हरेक वर्ष आउँने गरेको छ । दशैंमा पनि सुमोबाट यात्रुहरु ठगीएको गुनासो आउँदा पनि कारवाही गर्ने निकाय भने बेखबर बनेको पाइएको छ । 
हेटौंडाबाट काठमाण्डौ जान लागेका यात्रुहरुलाई टाटासुमोले आफूखुशी भाडा तोकेको हो । सुरुमा सिट नै छैन भन्ने र सर्वसाधारणले जसरी नि मिलाएर लैजानुहोस् भनेपछि १२ सय रुपिया लाग्छ भनेर बार्गेनिङ् गरेको पीडितको भनाई छ । बढी भाडा नदिए गाडीमा ठाउँ मिल्दैन भनेर अप्ठ्यारो पारेपछि आफूहरु बढी भाडा दिन बाध्य भएको ठगीएकाहरुको भनाई छ । टिकाको भोलीपल्ट देखि हेटौंडाबाट काठमाडौं सञ्चालन हुने टाटासुमोले सर्वसाधारण यात्रुलाई मनपरी भाडा तोकेर दुःख दिएको हो । विगतका चाडपर्वमा सर्वसाधारण ठगीएको गुनासो आएपछि विभिन्न उपभोक्तावादी संस्थाको ध्यानाकर्षणका कारण प्रशासनले निगरानी गरेपनि यस पटक सबै सरोकारवाला मौन बसिदिदा टाटासुमोले सहजै ठगी गर्न सकेको थियो । दशैं सकिएपछि पनि काठमाडौं फर्किन हतार भएकाको बाध्यतामाथि खेल्दै टाटासुमो सञ्चालकहरुले मनपरी ठगी धन्दा चलाइरहेका छन् । 
हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको चौकीटोलमा संयुक्त टाटासुमो काउन्टर व्यवस्थापन गरेपनि दशैंका बेला सर्वसाधारणलाई ठगी गर्नका लागि छुट्टाछुट्टै काउन्टर राखेका थिए । संयुक्त सुमो काउन्टरमा कर्मचारी नभेटिई यात्रु ठग्ने ध्यानमा लागेको पाइएको थियो । टाटा सुमो सञ्चालन गर्ने सबै कम्पनिले सर्वसाधारण यात्रुलाई मनपरी ढङ्गबाट यात्रु ठगेको गुनासो बजारभरी आउँदा पनि प्रशासनले कारवाहीका लागि कुनै कदम भने चालेको पाइएको छैन । 
टाटासुमोहरुले मनपरी भाडा असुल गरिरहेको आफूहरुले देखिरहँदा पनि सम्बन्धित निकाय वेखबर बनेको आफूले पाएको हेटौंडा ४ का श्याम सापकोटाको दुःखेसो छ । दशैंको मौकामा चौका हान्न पल्केकाहरुले कृतिम अभाव देखाएर चाडबाडमा सर्वसाधारणलाई रुवाउने काम गरेको उनी बताउँछन् । हेटौंडाबाट सुमो सञ्चालन गर्ने दुई दर्जन कम्पनिहरु आपसमा मिलेर ठगी धन्दा गरेका हुन् । संयुक्त काउन्टरबाट सञ्चालन गर्नुपर्ने सुमोलाई बाहिरबाट चलाएर सर्वसाधारण यात्रुसंग मनपरी भाडा लिने काममा सुमोवालाहरु लागिपर्दा पनि प्रशासन भने उजुरी नपरेकाले कारवाही नगरिएको बताउँछ । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तोकिएको भन्दा बढी भाडा असुल गरेको पाइएमा ठगी मुद्घा चलाउने बताएका थिए । तर दशैंमा सर्वसाधारणसंग बढी भाडा असुलेर कारवाहीमा परेको भन्ने जानकारीमा छैन । सुमोवालाहरु ठगी गर्नका लागि लागिपरेको  देखिरहँदा पनि मकवानपुर प्रहरी भने मुकदर्शक बनेको पाइयो । यात्रु ठग्ने सुमोलाई कारवाही गरिएन नि भन्ने प्रश्नमा प्रहरीको ओठे जवाफ छ, ‘कारवाहीका लागि उजुरी नपरेकाले कारवाही गरिएन ।’ 
मकवानपुर प्रहरीका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङकले यात्रु ठगीएको गुनासो आएपनि उजुरी भने नपरेको बताए । उजुरी परेको भए कारवाहीका लागि आफूहरु तयार रहेको उनले बताए । दशैं तिहार जस्ता चाडपर्वमा सर्वसाधारण यात्रुलाई ठग्न पल्केका सुमोवालाहरुले अनेक बाहनामा ठगी धन्दा चलाइरहेका छन् । हेटौंडामा सञ्चालन भइरहेका विभिन्न कम्पनिका टाटासुमोलाई पछिल्लो समय व्यवस्थित गर्ने भन्दै हेटौंडा उपमहानगरपालिकाले चौकीटोलमा संयुक्त काउन्टर व्यवस्था गरेको थियो । तर दशैंका बेला पनपरी भाडा असुल्न भएभरका सुमोवालाहरुले आफू खुशी गाडी चलाएर सर्वसाधारण यात्रुलाई लुटेका छन् । 
सुमोले ठगीरहँदा रमिते बनेपनि ट्राफीक प्रहरीले बडा दशैँ अवधिभर चार सय जनालाई कारवाही गरेको छ । गत असोज २५ गतेदेखि सोमबारसम्म ट्राफिक नियम मिचेको, कागजपत्र नबोकेको, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गरेको हो । 
मकवानपुर ट्राफीक प्रहरीका प्रमुख वीरेन्द्रकुमार ठाकुरका अनुसार दशैँको अवधिमा दुई लाख तीस हजार रुपैयाँ राजश्व संकलन गरेको हो । 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg