Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

खेल

ला लिगा लिगमा सेल्टाको जित

एजेन्सी । लिगको सातौ स्थानमा रहेको सेल्टा डे भिगोले स्पेनिस ला लिगा लिग फुटबलमा जित हात पारेको छ । सेल्टाले रियल बेटिसलाई ३-२ गोलअन्तरले पराजित गरेको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा सेल्टाको जितका लागि लेगो अस्पासले २ र म्याक्सिमिलियानोले १ गोल गरे । यता बेटिसका लागि सर्जियो लियोन र एन्ड्रस गुएर्डाडोले समान १–१ गोल गरे । खेलको १२औं मिनेटमा नै लेगो अस्पासले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–० गोलअन्तरले अघि रहेको सेल्टाले दोस्रो हाफमा थप २ गोल गर्दा बेटिसले पनि २ गोल गर्न सफल भयो ।  खेलको ५७ औं मिनेटमा सेल्टाका लागि म्याक्सिमिलियानोले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । २–० गोलले पछि परेको बेटिसले खेलको ७१ औं मिनेटमा सर्जियो लियोनको गोलबाट २–१ को स्थितिमा पु¥याएको थियो । त्यसको ८ मिनेटपछि नै सेल्टाका लेगो अस्पासले ब्यक्तिगत दोस्रो गोल गर्दै ३–१ गोलको अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा एन्ड्रस गुएर्डाडोले गोल गर्दै बेटिसलाई ३–२ को स्थितिमा झारेपनि सेल्टालाई रोक्न भने सकेनन् । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । उपाधि होडमा रहेको बार्सिलोनाको २१ खेलबाट १८ मा जित र ३ खेलमा बराबरी खेल्दै ५७ अंक रहेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा भने एथ्लेटिको मड्रिड रहेको छ । एथ्लेटिको मड्रिडको समान २१ खेलबाट ४६ अंक रहदा तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको भने ४० अंक छ । यता गत वर्षको विजेता रियल मड्रिड भने २० खेलबाट ३८ अंकका साथ लिगको चौथो स्थानमा छ ।

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg