Sunday, 27th May, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यनजर

लैङ्गिक हिंसा अन्त्यका लागि पुरुषको संलग्नता आवश्यक
सन्दर्भ : महिला हिंसाविरुद्ध अन्र्तराष्ट्रिय अभियान

Prakash-1512061930.jpg

लेखक: खतिवडा

 प्रकाश खतिवडा
लैङ्गिकतामा आधारित हिंसा भनेको के हो त भन्ने वृहत अर्थमा ‘सामाजिक तथा नीजि स्थानमा महिलालाई गरिने शारिरीक, मानशिक,  यौनिक क्षति वा दबाबका साथै उनीहरुको स्वतन्त्रतामा रोक लाग्ने लाग्नसक्ने सम्भावना भएका कुनै पनि कार्यलाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ ।’ यसैलाई केन्द्रित रुपमा हेर्ने हो भने ‘घरायसी तथा सामाजिक परिवेशमा शक्ति हत्याउने पुरुष तथा महिलाले जुनसुकै सामाजिक तथा आर्थिक स्तर, उमेर र जातिका महिलालाई मानशिक, शारिरीक र यौनिक कष्ट दिनु तथा उनीहरुको स्रोत र स्वन्त्रतामा रोक लगाउनुलाई नै लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । ’
यदाकदा हामी हाम्रो घरपरिवारमा पनि यस्ता घटनाबाट मर्माहत हुन पुग्दछौ । यो सबैमा परिरहेको समस्या हो । उही कम र बेसी भन्ने मात्र हो भन्ने लाग्दछ । लैङ्गिकतामा आधारित हिंसा प्रमुख सामाजिक र स्वास्थ्य समस्या हो र यो कानुनी अपराध पनि हो । यो समस्या हाम्रो समाजमा प्रसस्त मात्रामा पाईने समस्या भएपनि यसलाई केबल पारिवारिक सदस्यहरुका बिचको सामान्य विवादको रुपमा मात्र लिईन्छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा जनसमुदाय वा समाजका जिम्मेवार पक्षबाट नै निराकरणका पाईला चाल्नुपर्नेमा यस प्रकारको हिंसालाई समस्याको रुपमा नहेरी केवल व्यक्तिगत र पारिवारिक चासोको विषयको रुपमा हेरिन्छ । लैङ्गिकतामा आधारित हिंसाले महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने हँुदा यसको विरुद्धमा सबै क्षेत्रका मानिसहरु खासगरी पुरुष वर्गको सहभागिता आवश्यक ठानिएको छ ।
लैङ्गिकतामा आधारित हिंसा मानव अधिकारको उल्लङ्घन तथा एक अपराधिक कार्य हो भन्ने सबैले बुझन जरुरी छ । यसले महिलाको समग्र विकाश, सुरक्षा र सामाजिक जीवनमा गम्भिर असर पार्ने गरेको देख्न सकिन्छ । महिला हिंसा विरुद्धको सचेतना बढ्नुको सट्टा महिलामाथि हुने भेदभाव र हिंसाले समाजमा व्यापकता पाईरहेको अवस्था छ । लैङ्गिकतामा आधारित हिंसाका लागि गरिबी, अशिक्षा, कुरिति, कुसस्कार, पितृसत्तात्मक सोच, असमानता र सामाजिक न्यायको अभाव नै कारक तत्वको रुपमा रहेको पाईएको छ । हाम्रो समाजमा निम्न लैङ्गिक विभेद छ । यसको तीतो अनुभूतीबाट हामी सबै प्रताडित छौ । उदाहरण यस प्रकार छ ।
१. म जन्मदा मेरो परिवार निकै दुःखी भएको थियो रे । उनीहरु छोरा चाहन्थे रे । – छोराको महत्व)
२. मैले घरको काममा अमालाई सघाउनु पर्दथ्यो । भाई चाहि केही गर्दैनथ्यो । ३.मेरो बुबाले आमालाई बारम्बार पिटिरहनु हुन्थ्यो । ४.मेरो भाईलाई खाना माग्ने अधिकार थियो । उनिहरुले चाहेको खानेकुरा आफै लिन सक्थे । तर हामिलाई भने नदिएसम्म पर्खेर बस् भनिन्थ्यो ।  ५. स्कुल जानलाई पनि ठुलै लडाई लडेजस्तो हुन्थ्यो । मेरो बुबाको विचारमा केटीहरुले पढ्नु आवश्यक थिएन ।  ६. मेरो भाई मेरो बुबाभन्दा पनि कडा थियो । मैले कुनै पनि केटासित कुरा नगरोस् भन्ने उ चाहान्थ्यो । ७. मेरो श्रीमानले चाहेको बेला मैले आफ्नो शरीर उसलाई सुम्पनुपर्छ । यसमा मेरो केही राय चल्दैन । ८. म चाहन्थे कि मेरो लोग्नेले परिवार नियोजनको साधन प्रयोग गरोस् । तर त्यसो गर्न उ मान्दैनथ्यो । मलाई पनि अप्रेसन (स्थायी बन्ध्याकरण ) गराउन स्वीकृती दिएन । यस्ता थुप्रै थुप्रै कथा व्यथाहरु छन् जसलाई पार लगाउन पुरुषको चेतनाको स्तर बृद्धि गर्नुका साथै सार्थक सहभागिता आवश्यक देखिन्छ ।   
नेपाल कैयौ अन्र्तराष्ट्रिय मानव अधिकारको दस्तावेजको पक्ष राष्ट हो । जसमध्ये महिला अधिकार महासन्धिको पनि पक्ष राष्ट्र हो । राष्ट्रियस्तरमा पनि विभिन्न दस्तावेजमार्फत लैङ्गिकतामा आधारित हिंसा अन्त्यका लागि प्रतिबद्धता जाहेर गरेको छ । ससस्त्र सङ्घषका नाउमा महिला र बालिकाले कुनै पनि हिंसाको सिकार बन्न नपरोस भन्नाका खातिर राष्ट्र संघ सुरक्षा परिषदको १३२५ र १८२० प्रस्तावलाई नेपाल सरकारले पूर्ण पालनाको प्रतिबद्धता समेत गरेको अवस्था छ ।
नेपालभित्र पनि लैङ्गिकतामा आधारित हिंसा अन्त्यका लागि कानुनी प्रावधान छ । नेपालको संविधान २०७२ को धारा ३८ महिलाको अधिकारमा भएको व्यवस्था र घरेलु हिंसा – कसुर तथा सजाय ) ऐन २०६६मा भएको कानुनि व्यवस्था राम्रो छ तर कायान्वयनको पक्ष फितलो छ । नेपाल सरकारले लैङ्गिक शसक्तिकरण तथा तथा लैङ्गिक हिंसा अन्त्य सम्बन्धि राष्टिय कार्ययोजना २०१२-२०१७ तर्जुमा गरी लागू गरेको छ । तर यस बमाजिम के के भए र कतिले न्याय पाए भन्ने सवालमा कार्यान्वयन पक्ष त्यति सन्तोषजनक पाईदैन । यसो हुनुमा हाम्रो कृयाशिलताको पक्ष र पुरुष वर्गलाई कत्तिको सार्थक सहभागिता गर्न सकियो भन्ने पनि रहन्छ ।
लैङ्गिकतामा आधारित हिंसा अन्त्यका लागि मेन ईगेज एलायन्स पनि नेपालमा कृयाशिल छ । यो एलायन्स २००७ मा गठन भएको हो । लैङ्गिक हिंसा अन्त्य, लैङ्गिक समानताको स्थापना तथा समाजमा विद्यमान नकारात्मक पुरुषत्वको रुपान्तरणमा भूमिका खेल्ने ध्येयका साथ कृयाशिल व्यक्ति तथा सङ्गठनहरुको साझा सञ्जाल हो । यसको गठन भएपछि विभिन्न महिला हिंसा विरुद्ध कृयाशिल पुरुष र युवा लगायतका व्यक्ति र संस्थाहरु एकीकृत भई महिला हिंसा विरुद्घको अभियानमा एक जुट हुन सकेका छन् । सेतो रिबन अभियान, महिला हिसां विरुद्धको १६ दिने अभियान  तथा अकुपाई बालुबाटार जस्ता लैङ्गिक हिंसा  विरुद्धको अभियानमा महिलासंगै पुरुष तथा युवाहरु हातेमालो गर्ने क्रम बढिरहेको छ । पुरुष तथा युवाहरुलाई हिंसा विरुद्ध उभ्याउन तथा उनीहरुको सकारात्मक भूमिका अभिवृद्धि गराउन यो सञ्जाल उपलब्धि मुलक देखिएको छ । सन् २०१० लाई महिला हिसां विरुद्धको हिंसा अन्त्यको वर्ष घोषणा गर्ने नेपाल सरकारको निर्णयका लागि पनि यो एलायन्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नेपाल सरकारको लैङ्गिक हिंसा अन्त्य सम्बन्धि राष्ट्रिय कार्ययोजनालाई सफल बनाउन एलायन्सले महत्वपूर्ण कार्यहरु गर्दै पनि आईरहेको छ । एलायन्सले गर्ने कार्यहरु यस प्रकार छन् । १. महिला तथा किशोरीहरु विरुद्धको हिंसा अन्त्य गर्ने, २. यौनिक अल्पसंख्यकका अधिकारका लागि वकालत, ३. पुरुष तथा युवाहरुको बिचमा हुने हिंसा न्युनीकरण ४. बालयौन शोषण, यौन दुव्र्यवहार तथा मानव बेचविखनको रोकथाम र नियन्त्रण ५. लैङ्गिक हिंसालाई प्रश्रय दिनेहरुको परिवर्तन ६. मातृ तथा बाल स्वास्थ्यमा बाबु तथा हेरचाहकर्ताको रुपमा पुरुषको सकारात्मक  भूमिकाको प्रबद्र्धनजस्ता कार्यहरु मेन ईगेज एलायन्सले गर्ने गरेको छ । यो संस्थालाई सबैको समन्वय र सहयोगको खाँचो रहेको छ । एलायन्सले विभिन्न तह र तप्कामा रहेका पुरुष तथा युवालाई  महिला हिंसा विरुद्धको पुनित अभियानमा कृयाशिलता हुन आग्रह समेत गरेको पाईन्छ । मकवानपुरको हकमा मानव अधिकार संरक्षण तथा मानव वेचविखन विरुद्धको सञ्जालमा महिला र पुरुषको संयुक्त प्रयासले महिलाहिंसा विरुद्धको अभियान संचालन र अन्य महिला हिंसा न्यूनिकरण गर्ने सवालमा कृयाशिल रहेको पाईन्छ ।
महिला हिसांविरुद्धको १६ दिने अभियानमा ३० नोभेम्बरको महत्वपूर्ण अर्थ रहेको छ । महिला विरुद्ध हुने सबै प्रकारको हिंसा अन्त्य गर्न हामी सक्छौं अभियान विश्वव्यापी अभियान हो । नेपाल, बंगलादेश, पाकिस्थान, श्रीलंका, अफगानिस्तान, भारत, केन्या, कंगो, क्यानाडा, नेदरल्याण्ड, तान्जेनिया, इण्डोनेशिया, नाईजेरिया, युगाण्डा, बुरुण्डी आदि १५ बटा देशबाट ३० नोभेम्बर लाई सन् २०११ देखि महिला हिसां विरुद्ध अन्र्तराष्ट्रिय दिवशको रुपमा मनाउन सुरु गरेको पाईन्छ । यहि महिला हिसां विरुद्ध अन्र्तराष्ट्रिय दिवसका अवसरमा हामी मेन ईगेज एलायन्स निम्न सन्देश दिन चाहन्छौ । १. लैङ्गिकताको आधारमा गरिने हिंसा  अमानवीय तथा दण्डनीय अपराध हो । २. लैङ्गिक हिंसा बिरुद्दको कानुनको प्रभावकारी कार्यान्वयनका लागि पुरुष तथा यूवाको सकारात्मक भूमिका अपरिहार्य हुन्छ । ३. लैङ्गिक हिंसाको घटना भए गरेको थाहा भएमा त्यस बारेमा सम्बन्धित निकायमा यथासक्य छिटो उजुरी गर्नु वा उजुरी गर्न पीडितलाई आवश्यक सहयोग पुर्याउनु प्रत्येक व्यक्तिको कर्तव्य हो । ४.लैङ्गिक हिसांका घटनामा संलग्नलाई फौजदारि जबाफदेहिताबाट उम्काउने प्रयास गर्नु बा पीडित लाई न्याय खोज्नबाट हतोत्साहित गर्नु आफैमा गैरकानुनि कार्य हो,  सो गर्न गराउन हुदैन । ५. लैङ्गिक हिसां अन्त्यका लागि कानुन हुनु मात्रै पर्याप्त हुदैन , अन्य चेतनामुलक समाजिक अभियान पनि संग संगै लानु पर्दछ ।
काम गर्दा यदाकदा तितो अनुभुति पनि रहेको छ,जसमा महिला हिंसा विरुद्दको कुराकानी १६ दिनमात्र गर्ने तर अरु बेला खासै कुरा नउठाउने, कार्यक्रम दातृ निकायमुखी सञ्चालन हुने,  महिला हिसां विरुद्दको अमियानमा संलग्न केही व्यक्तिहरु नै महिला हिंसा गर्न  पछि नपर्ने, कतिपय सामाजिक अभियन्ताको नाममा कार्य गर्ने व्यक्तिहरुलाई आफ्नो घरको हिंसा सामान्य लाग्ने गरेको जस्ता घटनाले सकारात्मक सामाजिक रुपान्तरण ढिलो हुने गरेको अनुभुति भएको छ ।
महिला हिंसा अन्त्यका लागि र सामाजिक रुपान्तरणका लागि कानुनमात्रै अचुक औषधि होईन । तर कानुनको अभाबमा अरु प्रयासले सार्थकता पाउन सक्दैन । त्यसैले लैङ्गिक हिंसा अन्त्यका लागि बर्तमान कानुनको बारेमा सचेतना जगाउदै पुरुष र युवाहरुको भुमिकामा उल्लेख्य बृद्धि गर्नु पर्ने हुन्छ । पुरुष बर्गलाई परिबर्तनको संवाहक बनाउँदै आफु पनि हिंसा नगर्ने र अरुलाई पनि हिसां गर्न रोक्ने अभियानमा कृयाशिल बनाउनु पर्ने आजको टडकारो आबश्यकताको महशुस गरिएको छ ।
लेखक खतिवडा मेन इंगेज एलायन्स केन्द्रिय सल्लाहकार तथा बाल कल्याण समाज, मकवानपुरका जिल्ला कार्यक्रम संयोजक हुन् ।  

 


 

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फित्ता बोकेर फिल्डमा उत्रिइन् उपाध्यक्ष राना 
news-pic-1527382285.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको संयोजकत्वमा विभिन्न योजनाहरु अनुगमन...

ढिलासुस्ती गर्ने निर्माण व्यवसायी पक्राउ पर्न थाले
Padam-Sharma-thekedar_201-1527163181.jpg

मकवानपुर । तोकेको समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही सुरु गरिएको छ । निर्माण जिम्मा लिने तर...

बसबाटै समातिए प्रेमलाल र रत्नबहादुर
Gaja-Pakrau-1527080353.jpg

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...

हेटौंडा उपमहानगरका महिला जनप्रतिनिधीलाई नारीशिपको तालिम
nari-ship-news-1-1526835787.JPG

मकवानपुर । हेटौंडा उपमहानगरका गैर दलित महिला जनप्रतिनिधी तथा नगरकार्यपालिका सदस्यका लागि दुई दिने क्षमता विकास...

बन्याे राष्ट्रिय युवा उद्धमी सञ्जाल
sanjal-1526659960.jpg

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले विविध विधामा उद्धम गरी स्वराेजगार अभियानमा...

भीमफेदी कारागार सुधार गृहमा परिणत हुदै
news-pic-1526658038.JPG

युरोपियन युनियन को आर्थिक सहयोग तथा Humanity & Inclusion को प्राबिधिक सहयोग मा र नारी सीप सृजना केन्द्रको आयोजनामा संचालन...

मकवानपुरगढीमा बालसंरक्षण समिति गठन अभियान
bal-news-pic-1526035712.jpg

मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षण समिति गठन कार्यले तिब्रता पाएको छ । बालकल्याण समाज...

बकैयामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदा प्रस्तुतीकरण 
bakaiya-1524971714.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदाबारे छलफल गरिएको छ । बाल...

उपाध्यक्ष राना दुई विद्यार्थीको अभिभावक
rana-640x913-1524876329.jpg

मकवानपुर भिमफेदी गाउ“पालिकाकी उपाध्यक्ष पार्वती राना लेकाली बसिफाँट माविका दुई बालबालिकाको अभिभावकत्व...

खोलाखर्कमा आगोले बालकको लियो ज्यान 
fire-1524307421.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउपालिका–१, खोलाखर्कमा आगलागीमा परी एक जना बालकको मृत्यु भएको छ । शनिबार विहान...