Sunday, 21st January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

लोकप्रिय नेतालाई टिकट दिन सुझाव
नेपाली काङ्ग्रेस केन्द्रिय समितीको बैठक

logo-of-congress-1507277422.png

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले गुटको आधारमा नभई लोकप्रिय नेतालाई टिकट दिन सुझाव दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकमा आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपनाउने रणनीतिबारे छलफल चलिरहेको नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा आगामी निर्वाचनका लागि लोकतान्त्रिक दलहरुसँगको तालमेल र तालमेल निर्माणमा देखिएका चुनौतिबारे पनि छलफल हुने बताइएको छ ।आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवार छनोटका लागि मापदण्ड र विधिबारे पनि निर्णय हुने कांग्रेसले जनाएको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका उमेदवार छनोट गर्दा गुटको आधारमा नभएर चुनाव जित्न सक्नेलाई उम्मेद्वार बनाउनुपर्ने धारणा राखेका थिए । आज बसेको केन्द्रीय समितिको बैठकमा पनि यस्तै धारणा राखेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा तीन दिनसम्म चलेको पार्टीका कार्यसम्पादन समितिको बैठकमा नेताहरुले राखेका विभिन्न प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।

बिहीबार बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरुले  सरकारमा सहभागि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव गरेका थिए । गत बुधबार कांग्रेससहित छ दलले आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका थिए । आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा कांग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे रहेको कांग्रेस नेता रिजालले बताए ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।जारी बैठकमा संविधान पक्षधर लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने विषयमा केन्द्रित भएर छलफल भईरहेको नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । बैठकले दुवै तहको निर्वाचनका लागि उमेदवार तय गर्ने मापदण्ड पनि बनाउनेछ । नेता बडुले जनतासँग लोकप्रिय नेताहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दिने तयारी भईरहेको पनि बताए ।बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले एमाले र नयाँ शक्ति पार्टी नेपालसँग सहकार्य गरेपछि आफूले लोकतान्त्रिक पक्षधर शक्तिहरुसँग सहकार्य गरेर निर्वाचनमा जाने तयारीलाई अघि बढाएको जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यसमिति बैठक दिउँसो फेरी बस्ने गरी स्थगित भएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक वस्तुस्थितिका बारेमा समिक्षा र पार्टीले आगामी दिनमा अपनाउने रणनीतिका बारेमा छलफल भएको केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले बताए । बैठकमा आन्तरिक रुपमा पार्टीभित्र देखिएको गुटगत विवादलाई व्यवस्थापन गरेर लैजानु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरु एकमत देखिएको उनले जानकारी दिए । 
बैठकमा महामन्त्री शशांक कोइरालाले कार्य सम्पादन समिति बैठकले तय गरेका एजेण्डाहरु प्रस्तुत गरेका छन् । नेता केसीका अनुसार मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा अहिले समानुपातिक तर्फबाट सभासद रहेका नेताहरुलाई समानुपातिक मै नदोहोर्याउने एजेण्डा पेश भएको छ ।


यसैगरी स्थानीय तहको निर्वाचनमा कुनै पनि तहमा उमेदवार बनेका नेता तथा कार्यकर्ताको नाम तल्लो तहबाट सिफारिस भएपनि खारेज हुने र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उमेदवार विरुद्ध बागी उमेदवारी दिएका व्यक्ति र उनका प्रस्तावक र समर्थकलाइ उमेदवार नबनाउने बारेका एजेण्डा पेश भएको छ । कांग्रेस नेता केसीले दिउँसो बस्ने बैठकले यिनै एजेण्डाहरुमा छलफल गरेर पारित गर्ने बताए । ‘‘कार्य सम्पादन समितिले निर्णय गरेका एजेण्डाहरु बैठकमा प्रस्तुत भएका छन्’’ उनले भने, ‘‘दिउँसो ती एजेण्डाहरु पारित हुन्छन् ।’’  बैठकमा आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपनाउने रणनीति बारे छलफल चलिरहेको नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा आगामी निर्वाचनका लागि लोकतान्त्रिक दलहरुसँगको तालमेल र तालमेल निर्माणमा देखिएका चुनौतिबारे पनि छलफल हुने बताइएको छ । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...