Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

वडा वडामा बालसंरक्षण समिति

20180525_141408-1529595268.jpg

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा वडा स्तरिय बालसंरक्षण समिति गठनमा भेलाभएकाबालअधिकार अभियन्तालगायत सरोकारवालाहरु ।

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका लगायत स्थानीय तहका वडा वडामा बाल संरक्षण समिति गठन गरिएका हुन् । 
बालबालिकाका सवाल पहिचान गरी उनीहरुलाई आवश्यक संरक्षण प्रदान गर्नका लागि वडा अध्यक्ष वा वडाका अन्य जन प्रतिनिधीको नेतृत्वमा बाल संरक्षण समिति गठन गरिएको हो । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा स्थानीय बालमैत्री शासन समिति तथा वडास्तरिय बालसंरक्षण समिति गठनका लागि बालअधिकारका क्षेत्रमा क्रियाशील संस्था बालकल्याण समाज मकवानपुरले सहजीकरण गरेको हो । 
बालकल्याणले प्लान इन्टरनेशनल मकवानपुरको सहकार्यमा मकवानपुरको भीमफेदी गाउँपालिकाको २,५,६ र ९ नम्बर वडामा वडास्तरिय बालमैत्री स्थानिय शासन समिति तथा वडा स्तरिय बाल संरक्षण समिति गठन गरेको हो । वडालाई क्रमिक रुपमा बालमैत्री बनाउनका लागि वडा स्तरिय बालमैत्री शासन समिति गठन गरी अभियान अघि बढाइएको बालकल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए । भीमफेदीका यी चारवटै वडामा गठित वडा स्तरिय बालमैत्री स्थानीय शासन समितिको अध्यक्षमा वडा अध्यक्ष रहेका छन् । 
वडामा बालबालिकाको विभिन्न सवालमा आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्नका लागि वडामा रहेका वडा स्तरिय बालमैत्री स्थानीय शासन समिति तथा बालसंरक्षण समिति सक्रिय हुने कार्यक्रम प्रबन्धक फुयालले बताए । ‘वडा वडामा रहेका बालमैत्री स्थानीय शासन समिति आफ्नो वडालाई क्रमिक रुपमा बालमैत्री बनाउने अभियानमा सक्रिय हुनेछन् ।’फुयालले भने,‘स्थानीय तह तथा वडासंग समन्वय गरेर बालमैत्री अभियानमा हामी लागिपरेका छौं ।’ बालमैत्री स्थानीय शासन समिति समग्र बालमैत्री अभियानमा लागिपर्ने तथा बाल संरक्षण समिति वडामा बाल सरोकारमा केन्द्रित भई क्रियाशील रहने बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । 
मकवानपुरका विभिन्न स्थानीय तहका वडामा प्लान इन्टरनेशनल नेपाल मकवानपुरसंगको सहकार्यमा वडा स्तरिय बालसंरक्षण समिति गठन कार्य गरेर बाल संरक्षणको अभियानमा आफूहरु लागिपरेको खतिवडाले बताए । मकवानपुरका विभिन्न स्थानीयतहका वडालाई बालमैत्री बनाउनका लागि बालअधिकारकारका विभिन्न पक्ष देखि विभिन्न संरचना गरी ३९ वटा सूचक पूरा गर्नुपर्ने भएकाले ति सूचक क्रमिक रुपमा पूरा गराउन योजनाबद्घ ढङ्गबाट अघि बढ्न संस्थाले सरकारी तथाअन्य गैर सरकारी निकायसंग समन्वय गरी अघि बढिरहेको जिल्ला कार्यक्रम संयोजक खतिवडाले जानकारी दिए । 
वडा वडामा बालसंरक्षण समितिको ढाँचा, भूमिका र जिम्मेवारी सम्बन्धि अभिमुखीकरण प्रदान गर्दै बाल संरक्षणको सवालमा अघि बढिरहेको बाल कल्याण समाजको अभियानले बाल सरोकारका विभिन्न विषयमा आफूहरुलाई काम गर्न सहजभएको भीमफेदी ९, नामटारका वडा अध्यक्ष प्रकाश पुडासैनीले बताए । वडा स्तरिय स्थानीय बालमैत्री शासन समितिका अध्यक्ष समेत रहेका पुडासैनीले भने,‘संस्थाको सहजीकरणबाट बालसरोकारका विभिन्न विषयमा जानकारी हुनाका साथै बालमैत्री अभियानका विषयमा हामी जनप्रतिनिधीको बुझाई फराकिलो भएको छ ।’ उनले आफूहरु वडामा बालमैत्रीशासन अभियानका लागि गाउँपालिकासंग समन्वय गरेर क्रमिक रुपमा अघि बढ्ने बताए । 
यता, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवम् वडा स्तरिय बालसंरक्षण समितिका अध्यक्ष जीतबहादुर घिमीरेले वडाका बालबालिकाका सवाल पहिचान गरी अब योजनाबद्घ रुपमा लाग्ने बताए । ‘सामाजिक संघसंस्थासंग समन्वय गर्दै हामी बालसरोकारमा अघि बढ्ने तयारीमा छौं । ’ उनले भने, ‘अब बालबालिकाका लागि गरिने सबै काम वडामा गठित बाल संरक्षण समितिमार्फत हुनेछ ।’
विगत लामो समयदेखि मकवानपुरमा बालअधिकारका क्षेत्रमा क्रियाशील बाल कल्याण समाज आगामी दिनमा पनि बाल संरक्षणको पाटोमा निरन्तर लागि पर्ने संस्थाले जनाएको छ । बालविवाह, बालश्रम, बालयौन दुव्र्यबहार लगायत विभिन्न बाल सरोकारमा आफूहरुको कार्यक्रम सञ्चालन हुने समाजका कार्यक्रम प्रबन्धक फुयालले जानकारी दिए । समाजले प्लान इन्टरनेशनल, युनिसेफ, टियरफण्ड, मर्सिकोर, जिएनबी, कन्सोर्टियम लगायतसंग सहकार्य गरी बालअधिकारका क्षेत्रमा विभिन्न कार्य गर्दै आइरहेको छ ।  
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...