Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

शिवम् सिमेन्टलाई वनक्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय
सरकार विभिन्न विवादास्पद निर्णय गर्दै

Pm-office-1517280698.jpg

मकवानपुर । सरकारले शिवम् सिमेन्ट उद्योगलाई उद्योग सञ्चालनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सिमेन्ट उद्योगका विरुद्द स्थानीय प्रभावितहरु समेत आन्दोलित भइरहेको बेला सरकारले थप पीडा पुग्ने गरी निर्णय गरेको प्रभावितहरुको गुनासो छ । मकवानपुरको हेटौंडा, हटियामा उद्योग रहेको शिवम्ले मकवानपुरको सुकौरामा खानी चलाई सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगलाई धारासायी बनाउँदै अघि बढेको शिवम्लाई सरकारले थप सहजीकरण गरिदिएको हो । स्थानीय प्रभावितहरु लमो समयदेखि शिवम्मा आन्दोलित भइरहेका बेला उद्योग पक्षको हितमा सरकारले निर्णय गरेपछि थप पीडित बन्न पुगेका छन् । मन्त्रिपरिषद बैठकमा उर्जामन्त्री समेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले शिवम्बाट प्रभावितको गुनासो सुन्नुको साटो थप निराश बनाउँने खालको निर्णय गरेको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन् । उद्योगलाई वन क्षेत्र प्रयोग गर्न दिएर उद्योग धनी बनाउँने तर वन क्षेत्र मासिने खालको विवादास्पद निर्णय गरेकोप्रति मकवानपुरका नागरिक आक्रोशित बनेका छन् ।
अहिले शिवम् सिमेन्ट उद्योगलाई स्थानीय प्रभावितले एक हप्ताको चेतावनी सहितको अल्टिमेटम पत्र बुझाएका छन् । बस्ती जोखिममा पारेर खानी सञ्चालन गरिएकाले उचित संरक्षणको माग गरिएको बेला सरकारको तर्फबाट स्थानीयलाई वेवास्ता गर्दै उद्योगलाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो । सोमबारको मन्त्रिपरिषद बैठकको विषयमा वास्तविकता बुझेर थप निर्णय लिने स्थानीय प्रभावितको योजना छ ।
 

सरकारको निर्णय अरु यस्ता
सरकारले ढाडखोला जलविद्युत आयोजनालाई पनि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । यस्तै, नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गरेको छ । घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको जनाइएको छ । बैठकले नेपाल यातायात व्यवसायी महासंघको विधानमा चौथो संशोधन गर्ने निर्णय पनि भएको छ । यस्तै सरकारले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको दोश्रो संशोधन स्वीकृत समेत भएको छ । यस्तै, मन्त्रिपरिषद बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु रानीजमरा कुलरीया सिंचाई आयोजना, निलगिरी जलविद्युत आयोजनालाई पनि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । यस्तै, तत्काली माओवादी जनयुद्दका क्रममा माओवादीद्वारा मारिएका स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिन बहादुर बानिया क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङलाई शहीद घोषणा गरेको छ ।

 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg