Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 

shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । स्टेट भिजन प्रा.लि.द्वारा संचालित अनलाईन पत्रिका तु खबर डटकमको प्रथम वार्षिकोत्सवका अवसरमा चौलागाईंलाई पुरस्कृत गरिएको हो । पुरस्कार मकवानपुर जागरण अभियान र तुखबरले संयुक्त रुपमा प्रदान गरेका हुन् । 
अनलाइनको वार्षिक उत्सव समारोहमा हरेक हरेक वर्ष प्रदान गर्ने पुरस्कार समकालीन पत्रकारबाट चौलागाईलाई नगद पाँच हजार एक रुपिया नगद तथा प्रमाणपत्र सहित प्रदान प्रदान गरिएको छ । यस्तै अग्रज पत्रकार एवम् अधिवक्ता स्वागत नेपाललाई दश हजार एक रुपैयाँ सहित अग्रज पत्रकारका रुपमा सम्मान गरिएको छ । हरेक वर्ष २ जना पत्रकारलाई सम्मान गर्ने गरि सामाजिक क्षेत्रमा अग्रसर मकवानपुर जागरण अभियान र तुखबरको सहकार्यमा पुरस्कार स्थापना गरिएको वार्षिकोत्सवमा अभियानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए । 
समारोहमा नेपालको पर्यटन विकासलाई टेवा पुराउने उदेश्यका साथमा तु खबरले आयोजना गरेको सेल्फी प्रतियोगिताको विजेता दिलबहादुर लामालाई समेत कार्यक्रममा सम्मान गरिएको छ । उनलाई नगद रु. ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा तु खबरलाई निरन्तर सहयोग गर्ने व्यक्तिहरुमध्येबाट साहित्यकार तथा अग्रज पत्रकार सञ्जय शाह मित्र, पत्रकार खेम बोलखे र होम कार्कीलाई समेत कदरपत्र प्रदान गरिएको थियो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता तथा तु खबर डटकमका प्रधान सम्पादक गिरिजा अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलको विशिष्ट आतिथ्यता र पूर्व गृहराज्यमन्त्री एवं ३ प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँको विशेष आतिथ्यता थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, नयाँ शक्ति नेपालका संयोजक सोनामसिं स्याङ्तान विजय, नेकपा माओवादी केन्द्रका संचार विभाग प्रमुख कमानसिं पाख्रिन पृथक, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईं, पत्रकार राममणि दाहाल, प्रकाश दाहाल लगायतको आतिथ्यता थियो । 
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg