Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

चिनारी

सहिद रुद्र स्मृति बाटिका, मकवानपुरगढी 

rudra-batika-1541863565.jpg

रुद्र स्मृति बाटिकामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सांसद प्रेमबहादुर पुलामी ‘छिन्तु’, सहिद पाख्रीनका सुपुत्र भीम पाख्रीन लगायत । तस्बिर : सहिद रुद्रकी बुहारी आशा नेपालीको फेशबुकबाट ।

रुद्र स्मृति बाटिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब २ किलो मिटर उत्तरतर्फको माथिल्लो बस्ती भएको क्षेत्र मकवानपुरगढी गाउँपालिकाको, मक्रान्चुली, कालिखोलास्थित शान्ति चोकमा बाटिका स्थापना गरिएको छ । तत्कालीन जनयुद्दका शहिद रुद्रबहादुर पाख्रीनको स्मृतिमा यो बाटिका निर्माण गरिएको हो । 
यो बाटिका वि.सं. २०६३ साल मंशिर ९ गते पहिलो पटक ७० जना व्यक्तिहरुको भेलाले ‘रुद्र स्मृति उद्यान’ निर्माण गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा वि.सं.२०६३ साल फाल्गुण ८ गते दर्ता नम्बर १०६२ मा दर्ता भयो । अहिले बाटिकाको क्षेत्रफल करिब ४० रोपनीमा मनमोहक बनाइएको छ । संस्थाको अहिले आफ्नै व्यवस्थित भवन, शौचालय र स्नानघर, पिकनिक स्थल, प्रतिक्षालय, चौचारो, सहिद रुद्रको शालिक लगायतका संरचना रहेका छन् । 
वि.सं. २०१९ साल साउन २७ गते बाबु समनमान पाख्रीन र आमा माया पाख्रीनको ज्येष्ठ सुपुत्रका रुपमा रुद्रबहादुर पाख्रीनको मकवानपुरको गोगनेस्थित कालीखोला बाङ्गे भन्ने ठाउँमा उनको जन्म भएको थियो । गोगनेबाट वि.संं.२०२० सालमा पाख्रीनको परिवार मकवानपुरगढीमा आएको हो । तीन कक्षासम्म मकवानपुरगढीस्थित भानु उच्चमाविबाट अध्ययन गरेका रुद्रले पालुङ्, मच्छेडाँडा स्थित मामाघरमा बसेर ६ कक्षासम्म अध्ययन गरे । पछि उनले ८ कक्षामा हेटौंडास्थित भुटनदेवी माविमा भर्ना भए तर पढाईलाई विविध घरायसी समस्याका कारण अगाडी बढाउन सकेनन् । विभिन्न राजनीतिक पार्टीमा आबद्द हुदै उनी तत्कालीन माओवादी पार्टीमा लागे । राजनीतिक कार्यक्रममा सहभागिताका लागि जादै गर्दै तत्कालीन शाही नेपाली सेनाले वि.सं.२०५९ साल पुष २८ गते उनको हत्या गर्यो  । उनै मनकारी नेता रुद्रको स्मृतिमा यो बाटिका निर्माण गरिएको हो । 
सहिद रुद्रको स्मृतिमा हरेक वर्ष यहि वाटिकामा कार्यक्रम आयोजना हुदै आएको छ । रुद्रको सामाजिक राजनीतिक अभियान तत्कालीन स्थानीय नेताहरुले समेत रुचाउथे । फरक पार्टीका नेता भएपनि सबैको भलो चिताउने नेता भएकाले रुद्र सबैका लागि प्रिय लाग्थे । उनकै सम्झनामा मकवानपुरगढीमा निर्माण गरिएको बाटिकालाई स्थानीय सरकारले पनि संरक्षणका लागि चासो देखाइरहेको छ । जनताको मुक्तिको लागि युद्घमा होमिएका व्यक्तित्वको स्मृतिमा निर्मित बाटिका संरक्षणका लागि सबैको साथ आवश्यक छ । 

प्रस्तुती : समिर दाहाल 

samir-dahal-pic-1541863768.jpg

लेखक : समीर

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg