Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सम्पादकीय

स्थानीय तहको निर्वाचन र भूकम्पको पीडा 

मकवानपुर लगायत देशैभर यहि वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला चुनावी चहलपहल छ । मकवानपुरका दलहरुले आफ्ना चुनावी एजेण्डा सुनाउँदै आफ्नो पार्टीलाई जिताउन नागरिकलाई आग्रह गरिरहेका छन् । नागरिकको बिचमा पुगेर आफ्नो पार्टीले विकासको एजेण्डा बोकेकाले आफूलाई विजयी गराएमा सबै कुरा प्राप्ती हुने आश्वासन यतिबेला बाँडीरहेका छन् । मकवानपुरका दलले आफ्नो चुनावी एजेण्डामा कृषि, सडक, पर्यटन, स्वास्थ्य, प्रविधि आदि समेटेका छन् । चुनावमा नागरिक आकर्षित गर्नैका लागि साँच्चै पूरा गर्न सकिने तथा पूरा गर्न अप्ठ्यारो हुने विभिन्न खालका एजेण्डाका विषयमा अब राम्ररी बहस हुनुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । किनभने नागरिकको वास्तविक चाहाना के हो भन्ने बुझ्न नसक्नेले स्थानीय तहमा आफ्नो जिम्मेवारी बहन गर्न सक्ला त भन्ने प्रश्न पनि उब्जिएको छ । मकवानपुरका दलले यतिखेर स्थानीय तहको निर्वाचनबारे आफ्ना चुनावी एजेण्डा बनाइरहँदा यो कति सम्भव छ, अहिलेको अवस्थामा पूरा गर्न सक्ने अवस्था हो कि होइन भन्नेमा हेक्का समेत नराखी यो गर्छु र उ गर्छु भनेर भाषणबाजी गर्नु पक्कै पनि सुखद मान्न सकिन्न । मकवानपुरका दलले अनेक सपना बाँडेपनि भूकम्प पीडितका सम्बन्धमा कुनै एजेण्डा समेट्न सकेनन् । यसर्थ वर्तमान नागरिकको आशा, चाहानाप्रति यी कत्तिको लाग्नसक्छन् भन्नेमा आशङ्का उब्जिएको छ । 
विनासकारी भूकम्प गएको दुई वर्ष पूरा भइसकेको छ । मकवानपुरमा ३० हजार २ सय ३८ भूकम्प पीडित रहेको सरकारी तथ्याङ्क छ । जिल्लाका ८ हजार ३ सय २४ जनासंग अझैसम्म पनि घर निर्माणका लागि सम्झौता हुन सकेको छैन । सम्झौता भएकाहरुले पनि पहिलो किस्तापछि रकम पाउँन सकिरहेका छैनन् । राज्यले किस्ताबापतको रकम नदिँदा दुई वर्षदेखि टहरा, गोठ अथवा अरुको घरमा आश्रय लिएर भूकम्प पीडित बसिरहेका छन् । यो विडम्बनाका बीच देशमा १९ वर्षपछि स्थानीय तहको निर्वाचनको वातावरण बनिरहेको छ । लामो समयपछि चुनावमार्फत स्थानीय तहका लागि आफ्ना प्रतिनिधी छान्न पाउँनु नागरिकका लागि अवसर पनि हो । यो अवसरको सदुपयोग गर्न नागरिक चाहान्छन् तर भूकम्प पीडितको सम्बोधन गर्ने खालको एजेण्डा मकवानपुरका दलले नसमेट्दा पीडित नागरिकको मन खल्लो हुनु स्वभाविक हो । आफूलाई जनताको चाहाना बुझ्ने नेता ठान्नेले साँच्चै नागरिकको चाहाना के हो भन्ने प्रस्ट रुपमा बुझ्न सक्नुपर्दछ । 
मकवानपुरमा पुनर्निर्माणको काममा सरकारी तथा गैर सरकारी क्षेत्रले काम गरिरहेको छ । सरकारी क्षेत्रको अनुदानबाट हालसम्म एउटै पनि घर निर्माण कार्य नसक्नु लाजमर्दो कुरा हो। बरु गैर सरकारी संस्थाको तर्फबाट घर निर्माण धमाधम भइरहेका छन् । यसबाट राज्यलाई गतिलो पाठ हुनुपर्ने हो । तर राज्य भूकम्पको पुनर्निर्माणको सवालमा चुकिरहेका छ । देशका हाँस्यकलाकार दम्पतिले तीन वटा बस्ती निर्माण गरिसक्दा पनि राज्यको अनुदानबाट घर निर्माण कार्य अत्यन्त सुस्त हुनु दुःखद कुरा हो । यस्तो अवस्थामा नागरिकका बिचमा चुनावका लागि भोट माग्न पुगिरहेका स्थानीय दलसंग भूकम्पको पीडा सम्बोधन गर्ने एजेण्डा नहुनु झन् पीडादायी कुरा हो । नागरिकको लागि काम गर्न फलानो पार्टीलाई जिताऔं भन्दै घरघर आउँनेले भूकम्पले थला परेको बस्ती, नागरिकको मनमा खुसी भर्नका लागि के छ योजना बाहिर ल्याउनुपर्छ ।  फ्रि वाइपाई, बीस तल्ले भ्यु टावर देखि हरेक गाउँपालिकामा अस्पताल खोल्नेसम्मको चुनावी एजेण्डा सुनाउने दलले भूकम्पको पीडाबाट तनाव भोगिरहेकाको चाहाना सम्बोधन गर्ने एजेण्डा पनि समेट्नुपर्छ । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...